एउटा निकै प्रभावकारी बस्तु छाता । दुवै समय घाम होस या पानी छाताको महत्व बेग्लै । दुलाहलाई छाता, बटुवालाई छाता यता छाता उता छाता । जोडिलाई जोडने छाता एउटा छाता दुई व्यक्ति पानीवाट जोगिन, जोडिएका जोडिहरु ।
२०७५ साल असार १७ गते एउटा पार्सल बुझाउन पर्ने थियो । उहाँ कलंकीमा ठिक ११ः३० मा आउछु भन्नु भयो । जापन पुराउनु पर्ने थियो त्यो डकुमेन्ट । हिजो देखीको झरीले दिन निकै शितल बनाएको थियो भने बाटो कुनै रोपन बनाइएको खेत भन्दा कम थिएन । कोठामा भएको एउटा छाता कता परेछ कता । खोज्दा नपाएपछि उतै किनौला यदि पानी विदा भए झन किन्नै परेन । जुत्ता हुदैन आज चप्पल पडकाउदै हिडनु पर्छ भन्दै लागे कलंकी तिर । रुझदै रूझदै लागे पागा दोवाटो पानी परेकाले होला खासै भिड थिएन नत्र अन्य दिन बसमा बस्ने सिटको अभाव हुन्थ्यो । सबैको हातमा छाता मेरो हातमा मात्र नाई । बुल्खु झर्ने अगाडी आउनुहोस कन्डकटरको आवजले म अगाडि आए र बल्खुमा ओर्लिए । बल्खुमा झन पानी दर्किएर परयो । सबै छातामा थिए । छाता सबैसगँ थियो नाता कसैसँग थिएन । म रुझदै हिडन बाध्य थिए । बल्यकालको गित याद आयो पानी परयो असिना झर्यो, दाईको रुमाल भाउजुलाई मन परयो । बाटो भरी हिलो, हिलोले चप्पललाई चपक्क समाएको थियो कुनै प्रेमीले प्रेमीकालाई समाए सरी कुनै मुभिमा म भने भिलेन गरी हिलो र चप्पलको सम्बन्धको बिचमा उभिएको थिए भिलेन सरी । हिलो र चप्पललाई छुटाउने कोसिस गर्दा झण्डै म नलडेको । बसमा एउटा दाईको आडमा बसे मेरो भिजेको ज्याकेटले त्यो दाईको नभिजेको सर्टमा केही चिसो बनाइदियो , त्यो दाईको हातमा पनी छाता । पानी परेको दिन सायद छाता नलिइ हिडन नहुने थियो, डर पनि लाग्यो कतै यो समाजले मलाई नस्विकारने पो होनी ।
बस कलंकीमा रोकियो बसबाट झरने वितैकै त्यही बाटोमा एक व्यापारी दिदी छाता ओढी छाता नै बेच्दै हुनुहुन्थ्यो , यो दृश्य देखेर रमाइलो लाग्यो । हतार हतार दिदिको छातामा ओत लाग्दै भने दिदि छाता कसरी हो । ४२५ हो दिदिको जवाफ थियो । कति महङगो हो मेरो प्रतिउत्तर थियो । राम्रो छाता होनी भाई । मलाई छाता किन्नु थियो , उहाँलाई बेच्नु यदि छाता नकिने म खतरै रुझने थिए उहँले पनि छाता बेच्न नसके सायद कमाई नहुने थियो । मैले भने म त ३०० दिन्छु , दिदिले ३५०को माग गर्नु भयो । मैले अडकल गरे ३०० मा पक्कै पाइन्छ । त्यसैबखत दुई जना छाता किन्न आउनु भयो एउटा छाता ओढी २०,२१ बर्षका थिए होलान केटिहरु । दिदि यो छाता कति हो , यो प्रश्नमा उहाँको उत्तर थियो ४५० म हेर्दै थिए उहँको व्यापारको शैली । सबै वोलीको कुरा थियो उनीहरु भन्दै थिए दिदि ४०० मा दिनु न । ४०० त मेरै पर्छ नानी , राम्रो छाता हो । छाता खोलेर हेरी उनीहरुले रु ५०० दिए १०० रुपैया फिर्ता दिदै दिदिले भन्नु भयो नानी २५ रुपैयाको खुजुरा छ होला । नानीहरुले पनि २५ रुपैया दिदै छाता ओढेर लागे म बिजनेसको विद्यार्थी तर उहाँले सायद विजनेसका कुनै साध्य नपढे पनि समय, व्यक्ति , अवस्था अनुसार व्यापार गर्ने पढेका पुस्तकहरुमा पनि थिएनन ति कुराहरु । मैले रु३०० दिएर छाता लिए, भर्खरै ४२५ मा बेचेको तिमीलाई ३०० मै भैगो दिदिको मायाले भरिएको उत्तर । सोचे आज जे होस रु १२५ जोगाए । जोगाउन के जोगाउनु तिरनु पर्ने भए पो जोगिने नतिरकन कसरी जोगियो र म छाता ओढदै बाटो काददै थिए अनि सोचे यो छाता त्यो दिदिले रु १०० मा किनेको भए नि साला म रु २०० ठगिए ।
wah
ReplyDelete