Friday, September 14, 2018

यो बजार बिक्रिमा,

झकिझकाउ बनाएर राखिएको छ यो बजार बिक्रिमा, राखिएका छन बस्तुहरु सयौ हजार बिक्रिमा क्रर्के हेराइको को मोलतोल यहाँ, मुस्कान पनि बिक्छ
अनि राखिन्छन ती नजर बिक्रिमा

सबै बिक्छ आजकल इज्जत सम्मान पनि, पैसा भए
मान सम्मान पनि आदर बिक्रिमा




Sunday, September 9, 2018

भण्डारी वंशको साधारणसभा राष्ट्रपति निवासमा हुने

 शनिबारमात्र बालुवाटारमा ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा गरिएको छ। प्रधानमन्त्री केपी ओलीले यसक कार्यक्रमको लागि स्वीकृति दिएका थिए। यस्तो  राम्रो उदारणीय कामको अनुशरण अब राष्ट्रपति विद्या देवि भण्डारीले  गर्ने हुनु भएको छ । विशेष सुत्र प्राप्त जानकारी अनुसार असोजको दोस्रो हप्तामा भण्डारी वंश अक्षय कोषको बार्षिक साधारणसभा हुने भएको छ । त्यस दिन राष्ट्रपति भवन भण्डारी भबनको रुपमा परिणत हुने र भण्डारी बाहेक अन्य थरका व्यक्तिहरुको प्रवेशमा समेत रोक लगाइने यसै कार्यक्रममा संयोजक किशोर भण्डारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले निकै मितबेही तरिकाले कार्यक्रम सम्पन्न गर्नु भएको छ , यस्ता राम्रा कार्यहरु भण्डारी वंशमा पनि हुन जरुरी रहेको भन्दै आवश्यक तयारी सबै भएको कार्यक्रममा सचिब मनोज भण्डारीले जानकारी गराउनु भयो । नेपालका विभिन्न जिल्ला देखि कबि २५० जनाको सहभागिता रहने छ साथै दशैको शुभकामना आदन प्रदान गर्ने कार्यपनि तालिकामा रहेको छ । यस कार्यक्रममा लाग्ने सम्पुर्ण खर्च सरकारी कोषबाट हुने छ । त्यस दिन राष्ट्रपति भवन अन्य कार्यको लागि बन्द रहने पनि जानकारीमा आएको छ । जनताबाट लिइएको कर जनताकै कार्यको लागि खर्च गर्ने यो महान कार्यमा साथ दिन सबैलाई अनुरोध गरिएको छ ।

#माथि उल्लेखित कुराहरु व्यङ्गको लागि मात्र तयार गरिएको हो ।


Saturday, September 8, 2018

बुवाको मुख हेर्ने दिन

पिता स्वर्गः पिता धर्मः पिता परमकं तपः
पितरि प्रीतिमापन्ने सर्वाः प्रीयन्ति देवताः


महाभारतबाट लिइएको यस श्लोक को अर्थ हुन्छ ,
मेरो पिता मेरो लाागि स्वर्ग हुनुहुन्छ, मेरो पिता मेरो लागि मेरो धर्म हुनुहन्छ, उहाँ नै मेरो तपस्या हुनुहुन्छ , यदि उहाँ खुसी हुनुहुन्छ सबै देवताहरु खुसी हुनुहुन्छ । पितालाई गुरु, रक्षक, पालनकर्ताको रुपमा लिने गरिन्छ ।  जनक:, जनिता, जन्मद, सम्भु:, प्रजावन , धाता जस्ता संस्कृति शब्दको अर्थ पिता,बाबु नै हुन्छ ।

बाबाको मुख हेर्ने दिनलाई कुसे औसी साथै गोर्कण औसी पनि भन्ने गरिन्छ । भाद्रकृष्णपक्षको औशी तिथिका दिन जन्म दिने पिताको सम्मान गरी यो पर्व मनाइँदै आएको पाईन्छ  पितासँग भेटघाट गर्ने, उपहार दिने र मिठा परिकार खुबाउने गरी बुबाप्रति सम्मान व्यक्त गर्दछन साथै  छोराहरुले बुबाको गोडा ढोग्ने अनि बुवाको मुहारमा हेर्ने प्रचलन रहेको छ त्यसैले बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । मुख हेर्नुको अर्थ उहाँहरुले गर्नु भएको योग्दान तथा सफलताको सम्मान गर्नु हुन्छ । यस दिन देवकार्य र पितृकार्यमा नभईनहुने कुश ग्रहण गरिन्छ र बर्षभरीका दान, पुजा, जप तथा शुभ कार्यमा यसको प्रयोग गरिन्छ । कुशमा ब्रह्मा बिष्णु र मह्ेश्वरको बासहन्छ भन्ने मान्यत रहेको छ ।  साँस्कृतिक बनस्पति हुनुका साथै वातावरण शुद्ध राख्ने तथा रोगका किटाणुहरु नष्ट गर्ने बनस्पतिको रुपमा समेत लिने गरिन्छ  ।

दिवंगत पिताको पितृमोक्षको कामना गरी यस दिनमा पितृतर्पण दिई श्राद्ध गर्नले दुखमा परेका पितृले पनि मोक्ष प्राप्त गर्ने मान्यता रहेको छ । यस दिन काठमाडौको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृश्राद्ध गर्नेको निकै घुइँचो लाग्ने गर्दछ ।

Subash Bhandari
subash.bhandari17@gmail.com



Monday, September 3, 2018

मेरो जिवनसाथी

कहिलेकाही केटाहरु हावाकुरा गर्दा गर्दै निकै गम्भिर भैदिन्छन । आजपनि यस्तै भयो कुरा चल्दै थियो करियर, सपना, जिन्दगीको यसै बेला एक जना साथीले सोधी दियो , केटा हो कस्तो केटी सँग विवाह गर्ने सोच छ ? 
दिपेशको उत्तर थियो केटी भए हुन्छ मलाई बाहिरबाट पनि भित्रबाट पनि ।
हा हा हा एकछिन हासो चल्यो 

तर यो प्रश्न साच्ची निकै गम्भिर पनि थियो , सायद उसको उत्तर पनि गम्भिर नै थियो । उसले खोजेको बेहुली बेहुली जस्तै हुनुप¥यो रे । हो उ ठिक थियो ।

त्यसपछि अनिल आफनो कुरा सुनाउन लाग्यो ।
हेर केटा हो केटी भनेको कुलको खोज्ने हो, जसले मेरो घरमा आमा बुबालाई सम्मान गरोस । अतिथिलाई राम्रोसँग सत्कार गरोस अनि मैले भनेको मानोस । अरुको कुरा गर्ने  चाही नहोस । 

लाग्यो उसको कुरा पनि ठिकै हो , विवाह गरेपछि कति परिवारहरु वारपार भएका छन । विवाहको केही दिनमा अंशबन्डमा कुराहरु आउछन , परिवार धेरै भागमा विभाजन हुन्छन । अनी मुख्य कुरा अतिथि पाहुनासँग राम्रो बोली व्यवहार गर्नेृ, नातेदारको मान गर्ने एउटा महत्वपुर्ण कुरा पनि हो , जसले गर्दा एउटा पारिवारिक सम्बन्ध स्थापित गर्न महत्वपुर्ण भुमिका खेल्दछ ।

म चाही मेरो जिवनसाथी लगनशिल, मिलनसार, आत्मविश्वासी र आधुनिक सोच भएको चाहान्छु , विजयले पनि मुख खोल्यो । अब त एक्लै ले काही हुन्छ र दुबै जना मिलेर आ आफनो कार्यक्षेत्रमा लगनशिल भयौ भने मात्र जिन्दगी सहज हुन्छ ।
उसको कुरा निकै मन छुने थियो , हो श्रमतिलाई पनि आफनो कार्यक्षेत्रमा काम गराउने राम्रो कुरा । घरमै बसेर बालबच्चा हेर्ने पुरानो मान्यता धेरै पुरानो भैसकेको छ । श्रीमान श्रीमति दुवै मिलेर घर परिवार चलाउने काममा सहयोग भए बालबच्चाले गुणस्तरिय जिन्दगीको परिकल्पना गर्ने सकिन्छ । तर अझै पनि कति पुरुष साथीहरु श्रीमतिले बाहिर काम गरेको हेर्न खोज्दैन्न । खोत्रो पुरुषार्थ बोकिरहेका हुन्छन । आजका नारी कोहीभन्दा कम छैनन । मसँगै पढेका साथीसँगै मेरो विवाह भयो भने उनलाई मैले खाना मिठो भएन, कपडामा राम्ररी स्त्री लगाको खै भन्नुको अर्थ छैन । उनले पढेको पुस्तकमा यस्ता कुराहरु थिएनन । जुन मैले पनि पढेको छु । लाग्यो उसको आफनै कक्षाको कसैसगँ सम्बन्ध चलिरहेको छ ।

अब पालो मेरो थियो मेरी बेहुली कस्तो हुनु पर्छ , म सोच्दै थिए एउटा पात्र खोज्दै थिए । अनि भने , 
म बेहुली होइन एउटा असल साथीको अपेक्षा गर्दछु, उसँग जिन्दगी बिताउन छ , उसलाई विश्वास दिलाउन सकु कि म धेरै माया गर्छु र उसले पनि मेरो मायाको सम्मान गरोस । म चाहान्छु उ आधुनिक होस र व्यवहारिक पनि । म चाहान्छु उसले परिआए खेतबारी पनि गरोस अनि अफिसमा घुम्ने कुर्चिमा बसेर एउटा संस्था चलाउन सक्ने होस । चाहान्छु उ मनमा कुरा नराखोस , लागेको चित्त नबुझेका कुराहरु खुलेर भनोस । केही अवस्थामा सम्बन्ध निकै कठिन अवस्थामा हुन सक्छन , धैर्यता , विश्वास अनि सकारात्मक सोच उनमा होस जसले सम्बन्ध लाई बलियो बनाइ रहोस । रातभर सगै बसि उ किक्रेट पनि हेरोस, फुटबल अनि साउथ मुभि पनि । अनि मलाई माया गर्ने होस ।

एकछिन सबै साथीहरु अचम्म मानिरहे । 

केहीबेरमा दिपेश ले झन गम्झि प्रश्न गर्यो साच्ची केटीहरु कस्तो पुरुष आफनो श्रीमान होस भन्ने चाहान्छन होला है ?
एका एक सबै सोचमा प¥र्यौ साच्ची के नै थियो र हामी मा हामी भने ठुला ठला माग गरिरहेका थियौ आफनो जिबनसाथीमा हुनु पर्ने गुणहरुको

Saturday, September 1, 2018

महतगौडा ढुङ्गेसाघुँ



महतहरुले वस्ती बसाउने क्रममा आवज जावतको लागि गौडा बनाएको हुदाँ यस स्थानको नाम महतगौडा रहेको भन्ने मान्यता छ । पोखरा १७ मा पर्ने यस स्थान ढुङ्गेसाघुको नामले पनि परिचित छ । प्राकृतिक रुपमा निर्माण भएको पुल ढुङ्गाले बनेको पुल (साघु) । संसारमै एउटा पुल केही संख्यामा मात्र रहेको तथ्याङ्क छ, प्राकुतिक रुपमा निमार्ण भएको उक्त पुल पर्यटकीय दृष्टिकोणले निकै महत्वपुर्ण रहेको छ । वडा न १७ र १५ लाई जोडने यस पुल पर्यटकीय दृदेष्टिकोणबाट पनि निकै महत्वपुर्ण मानिन्छ । यसै पुलको नाममा माघ १ गते मकर सक्रान्तिको दिन ठुलो मेला लाग्ने गर्दछ । यस दिन मकर स्नान गर्न आउने श्रादालु भक्तजनको निकै भिड लाग्ने गर्दछ ।

Mahatgaunda



पुर्वमा बग्ने सेती नदि अनि दक्षिण बग्ने फुस्रे खोलाले सौन्दर्यतामा मिठास थप्ने काम गरेको छ ।

Seti

मशिरमा वेहुली गहनामा सजिएझै झुलेका धानका पहेला बालामा सजिने विरुवाफाट निकै मनमोहक देखिन्छ जसलाई हेरेर हासिरहेको माछापुच्छे देख्दा त्यस पलमा नरमाउने कमै हुन्छन ।



धार्मिक क्षेत्र महतगौडामा विभिनि द्वी देवताका मठ मन्दिरहरु रहेका छन । हरिहरि मन्दिर, रामसिता मन्दिर,सिताको पाइला , सिद्धबाबा मन्दिर यस क्षेत्रका प्रमुख धार्मिक स्थलहरु हुन ।
Sita Paela

Harihar Mandir

महतगौडामा खेलकुदको लागि आवश्यक मैदान पनि रहेको छ । विभिन्न अवसरमा विभिन्न विद्यालय तथा क्लबहरुद्धारा फुटबल प्रतियोगिताहरु सञ्चालनमा आउने गर्दछन । यस खेलकुद मैदानको संरक्षण स्थानीय क्लब तथा जानकी आधारभुत विद्यालयद्धारा भइरहेको छ ।



Mahatgauda Footaball ground


सामाजिक क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरुले यस स्थानमा रही आफनो कार्य सञ्चालन गरिरहेको छन । दृव्यर्सनमुक्त समाजको लागि नौलो घुम्तीले पुर्नस्थापना केन्द्र सञ्चालन गरेको छ, पोखरा वृद्धाश्रम जहाँ वृद्धवृद्धाहरुको लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा छन । त्यस्तै गरी द्धन्द पिडित वालवालिकाको लागि स्थापित सृजना बाल गृहले वालबालीकाको विकासका लागी कार्यहरु सञ्चालन गरिरहेको छ ।




निर्माणको क्रममा रहेका पर्यटकीय स्थल  फन पार्क तथा बन्जी जमले पनि आगामी दिनमा यस क्षेत्रमा पर्यटकीय विकासको गति लिने कुरामा कुनै दुइमत छैन ।

#Mahatgaunda
#pokhara 17