#माथि उल्लेखित कुराहरु व्यङ्गको लागि मात्र तयार गरिएको हो ।
Sunday, September 9, 2018
भण्डारी वंशको साधारणसभा राष्ट्रपति निवासमा हुने
शनिबारमात्र बालुवाटारमा ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा गरिएको छ। प्रधानमन्त्री केपी ओलीले यसक कार्यक्रमको लागि स्वीकृति दिएका थिए। यस्तो राम्रो उदारणीय कामको अनुशरण अब राष्ट्रपति विद्या देवि भण्डारीले गर्ने हुनु भएको छ । विशेष सुत्र प्राप्त जानकारी अनुसार असोजको दोस्रो हप्तामा भण्डारी वंश अक्षय कोषको बार्षिक साधारणसभा हुने भएको छ । त्यस दिन राष्ट्रपति भवन भण्डारी भबनको रुपमा परिणत हुने र भण्डारी बाहेक अन्य थरका व्यक्तिहरुको प्रवेशमा समेत रोक लगाइने यसै कार्यक्रममा संयोजक किशोर भण्डारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले निकै मितबेही तरिकाले कार्यक्रम सम्पन्न गर्नु भएको छ , यस्ता राम्रा कार्यहरु भण्डारी वंशमा पनि हुन जरुरी रहेको भन्दै आवश्यक तयारी सबै भएको कार्यक्रममा सचिब मनोज भण्डारीले जानकारी गराउनु भयो । नेपालका विभिन्न जिल्ला देखि कबि २५० जनाको सहभागिता रहने छ साथै दशैको शुभकामना आदन प्रदान गर्ने कार्यपनि तालिकामा रहेको छ । यस कार्यक्रममा लाग्ने सम्पुर्ण खर्च सरकारी कोषबाट हुने छ । त्यस दिन राष्ट्रपति भवन अन्य कार्यको लागि बन्द रहने पनि जानकारीमा आएको छ । जनताबाट लिइएको कर जनताकै कार्यको लागि खर्च गर्ने यो महान कार्यमा साथ दिन सबैलाई अनुरोध गरिएको छ ।
#माथि उल्लेखित कुराहरु व्यङ्गको लागि मात्र तयार गरिएको हो ।
#माथि उल्लेखित कुराहरु व्यङ्गको लागि मात्र तयार गरिएको हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment