Tuesday, August 28, 2018

यसपाली त Mbbsमा नाम निकाल्नै पर्छ


कक्षा २ मा पढ्दा शिक्षकले सोध्नु भाको थियो बाबु ठुलो भएर के बन्छौ । साथीहरु शिक्षक, पाइलट, इन्जिनियर त कोही को अनौठो सपना हुन्थयो बुबा, मम्मी बन्छु भन्ने म भने  म डाक्टर बन्छु भन्थे,   त्यस बेला न साथीहरुलाई थाहा थियो शिक्षक बन्न के गर्नु पर्छ , न त थाहा नै थियो इन्जिनियरको लागि के पढनु पर्छ न त यो नै थाहा थियो कि बाबा, मम्मी बन्न के गर्नु पर्छ । साथीहरु खेल्दा पनि म डाक्टर भएको अभिनय गर्थे । सिन्काले कोपेर सुइ हो अब ठिक हुन्छन भन्ने पनि मनै हु । ल यो खाउ त्यो नखाउ औषधी बेलैमा खानु, फलफुल खाउ, चुरोट रैउसी चाही नखाउ ।एक दिन दिक्षाले उल्टी गर्दा डराउनु पर्देन यो आमा बन्ने लक्षण हो भनेकै कारणले आजसम्म उसँग बोलचाल छैन , मलाई लाग्यो भनिदिए । कानमा earphone लगाउदा पनि stethoscope लगाए जस्तो , लाग्थ्यो  म मोवाइलको धड्कन सुन्दै छु । एक छिन चार्जमा राखेपछि डिसचार्ज गर्दा हुन्छ मोवाइल लाई। त्यही सपना पुरा गर्न लागिरहेको छु तर निकै कठिन लागिरहेको छ पुरा गर्न । डर पनि लागीरहेछ कतै सपना मै सिमित रहने पो हो की मेरो डाक्टर बन्ने सपना । डाक्टर बन्छु भन्दा भन्दा कतै विरामी पो हुने हो कि जस्तो लाग्छ । विरामी पनि नहुला भन्न सकिदैन रातदिन पढयो खान, सुत्न मन नलाग्ने तनाव लाको हो कि लाको जस्तो भाको केही थाहा नै नहुने । कसम दारी काटने फर्सद नि पाको छैन । हुदाँ हुदाँ आखा समेत कमजोर हुन लागेर चस्मा लाउन परेको छ ।
एमविविएस सपना बोकी काठमाण्डौ छिरेको पनि ३ वर्ष भैसक्यो । ३ वर्षको अबधिमा न त नाम नै निस्कियो न त थर नै । सगँैका साथीहरु कति जापान पुगी सके कति अष्ट्रेलिया कतिले विवाह पनि गरिसके । आफनो नाम निकाल्ने भन्यो बस्यो । अब घरबाट समेत जे भएपनि पढ, खाली नबस्नु बाबु मात्र भन्नु हुन्छ । एउटा अनौठो रहर जुन रहरले शहर छिरायो । दिनरातको तनाबले न त भोक लाग्छ न त निन्द्रा नै लाग्छ आजकल, सपना नै ठुलो कुरा रहेको जिन्दगीमा । यसपाली केही बढि मेहनत पनि गरेको छु । दिनको करिब १२ घण्टा त यसैको तयारीमा बिताउने गरेको छु विहान उठे देखीको समय आजकल कपि,कलम र पुस्तकको वरपर मै भए वितीरहेको छ, कहिलेकाही त लाग्छ यस्तो पाराले पनि के पढनु, जिन्दगीमा रमाइलो नै नभए जस्तो, आखा कमजोर भएजस्तो उमेर नपुग्दै कपाल फुले जस्तो, रातमा सपना पनि कुनै रोमान्टिक नभई परिक्षा दिइरहेको , तर केही समयको दुख पछि म एउटा सुख देख्ने पनि गर्छु  । आशा छ यसपाली त पक्कै नाम निकालेर छाडछु । अनि पुरा गर्ने छु मेरा बुबा आमाको सपना एउटा सफा अनि सेतो सपना, छोरालाई सेतो कोटमा देख्ने, विरामीको सेवामा लागेको देख्ने ।

MBBS को तयारी गरिरहेको विद्यार्थी


Saturday, August 11, 2018

म बेश्या

बिहानै उठेर म पनि तयार हुन्छु, जस्ते गरि छिमेककी दिदि । उहाँ सर्ट पाइन्टमा सजिनु हुन्छ, म केही शृङ्गारका सामाग्रीमा । अनि दुवै आ-आफनो कर्मथलो लाग्छौ। उहाँ साझ ५ बजे सम्म काम गर्नु हुन्छ, मेरो भने कुनै समयको निश्चितता छैन । उहाँलाई कामबाट मानसिक तनाव हुदो हो मलाई मानसिक अनि शाररिक दुवै तनाव छ । उहाँको काम निकै सम्मानित छ तर मेरो निकै अपमानित अनि विवाधित  । उहाँ बैकमा जागरि गर्नुहुन्छ अनि म एउटी बेश्या ।
हो म बेश्या हु , यहि नै मेरो पेशा हो अरुको जस्तै शिक्षकले पढाउनु हुन्छ, डाक्टरले विरामीलाई उपचार गर्नु हुन्छ, हो म पनि मेरो काम गर्छु । नाङ्गगिनु सबैभन्दा पिडा दायक कुरा, एकपटक ऐनाको अघि  उभिएर आफुलाई नग्न अवस्थामा हेर्ने कोशिस गर्नुहोस , पक्कै लाज मान्नु हुनेछ आफैसगँ सायद केही पलमै तपाई ऐनामा हेर्न पनि नसक्नु होला, तपाईको लाज आफैसग छ तर मेरो कुरा बेग्लै छ यहाँ म हरपल नाङ्गीरहेकी छु अपरिचित मुहारहुसँग । बाध्यताको अघि यहाँ लाज पनि मुख छोपेर बसिरहेको छ , आखाँ बन्द गरी । हो म बाध्य छु लाजको मुख थुनेर लाजलाई निस्यासियाउन,लाज जिन्दगीको भिक माग्छ रुन्छ, कराउछ, चिच्याउछ, छटपाउछ सबै देख्दा देख्दै सुन्दा सुन्दै म बाध्य छु नदेखेको नसुनेको झै गर्न अनि गरिदिन्छु त्यो लाजको हत्या ।

म हरपल ती कठोर दवाव सहिरहेकी छु , किनकी दवाव लाई अभावले दवाई रहेको छ, अभावका अगाडि ती दवाद शुन्य लाग्छ । ती दुखद झटकाहरु भुकम्पका कम्पनहरु भन्दा पनि कम  लाग्दैनन । तर झटका आए भनेर म खुल्ला ठाउँमा सुरक्षित हुन जाने अवस्था छैन । हरपल म भुकम्प महसुस गरिरहन्छु , जसको चोट मलाई बानी परिसकेको छ ।
मेरो पेशालाई रहरको संज्ञा दिने हरु, एकपटक मेरो जुत्तामा आफनो पैतला राखी केही पाइला हिड्ने कोशिस गरेर हेर्नु अनि थाहा हुनेछ, कति पिडा असहजता, मजबुरी अनि चोटले भरिएका छन मेरा पाइलाहरु ।
समाजमा बिकृति फैलायो भनी त्यसको कारण मान्नेहरु यो कहिले स्विकार गर्न सकेन्न् कि मेरा कारणले पनि सायद केही हिसाका घटनाहरु कम भएका छन ।
:Subash Bhandari
Subash Bhadari

प्रसुति वार्ड

सानु उठ त , भान्जा उठनुस ।
माइजुले ढोका ढकढकाउनु भयो , हस्पिटल जानु प¥यो ल छिटो उठ ।
फेरी कसलाई के भयो । केही गहिरो निन्द्रमा थिए, उठन मन नलागे पनि उठे, बिचरा ती सपनाहरु बिचमै छाडन मन नहुदा नहुदै छाडन बाध्य भए , छिटट्ै आएर ति सपनाहरु पुरा गर्ने आशामा सपनालाई विधाई गर्न म बाध्य भए । कसलाई के भयो दाजु ?
खै ।

हस्पिटल नजिक भएको हुदाँ आफन्त, चिनाजनका सबैले सम्झनु हुन्छ , अनी सहयोग गर्ने भनेको नै विरामी पर्दा, दुख पर्दा त हो नी । घडी हेरे १२बजेर २७ मिनेट गएको थियो । ठिक बिहान ८ बजे उठने म राती १२ बजे मुख धुदै थिए । त्यस बेला प्रतिकको याद आयो , जसले सुत्नमा कुम्भकर्णलाई पनि जित्ने हिम्मत राख्छ । एकपटक फोन गरौ कि जस्तो लाग्यो तर के डिस्र्टव गरु भनेर गरिन ।
माइजुले एउटा थर्मसमा सुप अनि केही कपडाहरु लिएर निस्कनु भयो । दाईले र मैले कपडा लियौ र हस्पिटल तर्फ लाग्यौ । भाउजुको अन्टीको हस्पिटलमा भर्ना हुनु भएको रहेछ, नजिकै भएकोले माइजु आफनो जिम्मेवारी पुरा गदै हुनुहुन्थ्यो भने हामी उहाँको साथे गएका थियौ ।

यहाँ भन्दा पहिला म सुत्केरी वार्डमा प्रवेश गरेको थिइन । लाग्थ्यो त्यो महिलाहरुको मात्र क्षेत्र हो, बच्चाबच्चीको रुवाई, मान्छेहरुको भिड ,अनौठो फिनेलको गन्ध अनि त्यसैमाथी हस्पिटल । तर त्यस वार्डमा केहीबेर प्रवेश गरिसकेपछि मलाई लाग्यो यो वार्ड अरुभन्दा भिन्न अनि निकै बिशेष  । एउटा वार्ड जहाँ एउटा शरिरको आगमन हुन्छ, एउटा यस्तो वार्ड जहाँ परिवारको सपना,आशा अनि मायाले पुर्णाता पाउछ । यसतो वार्ड जहाँ निस्कने रुवाईले आमाहरुको ओठमा मुस्कान आउछ । त्यही वार्डले एउटा पुरुषलाई पिता र महिलालाई आमामा परिवर्तन गर्छ । एउटा यस्तो वार्ड जहाँ महिलाले आफनो बच्चालाई पहिलो पटक स्तनपान गराउदा आफुलाई पुर्ण ठान्छीन ।
केही समय अघि बाबु भएछ, एउटा परिवारमा खुसीको आगमन भएको थियो । ठ्याक्कै बाबु जस्तै रहेछन , नाक चाही आमाको जस्तो , कोही भन्दै हुनुहुन्थ्यो । सायद अन्य देशमा भएको भए कस्तो किउट बेबी भन्थे हाम्रो पन निकै प्यारो छ ।
उभिदा उभिदा थकाई लागेर त्यही नजिकैको बेन्चमा दाई र म बस्यौ । छेउमै दुइजना महिलाहरु कुरा गर्दै हुनुहन्थ्यो । उहाँहरुको गफ मेरो कानमा प्रष्ट आएको थियो  । कति ज्ञानी रैचन यि नानीहरु, उहाँहर नर्सहरुको कुरा गर्दै हुनुहुन्थ्यो । मिठो बोल्ने, नबुझेकालाई बुझाउने, बेला बेलामा औषधि दिने निन्द्राको मतलब नगरि खटिने नानीहरु । मलाई पनि उहाँहरुको कुरा सुनेर नर्सहरुप्रति अनौठो सम्मान जाग्यो कति निष्ठावान छन आफनो काम प्रति तनावमा हुदा पनि कति हसिलो मुहार । आधा रोग र पिडा त यहि हसिलो मुहार देखेरै रोग निको हुन्छ होला ।
सेतो पोसाक देख्दा अप्सराको याद आयो । अप्सराहरु जसले स्वर्गको सुन्दरता कायम राखेका छन अनि धर्तिलाई स्वर्ग बनाइ रहेका छन नर्सहरुले । मायाले, सेवाले,मिठो बोलीले ।
गाउँका सुरविरकी छोरी पनि यस्ते पढदै छे रे अर्की महिला भन्दै हुनुहुन्थ्यो । कति समय लागेको हो अब त हुनु पर्ने हो ? उहाँहरुपनि कुनै नयाँ जिवनको स्वागतको लागी निकै आतुर हुनुहुन्थ्यो । भित्तामा टासिएका स्वस्थ्य सम्बन्धि सुचना हेर्दे थिए । दुई सन्तान, जन्मान्तर,पोषण, खोप आदि । केही समयपछि एउटा दाई उहाँहरुको नजिक आउनु भयो, केही निराश जस्तो सायद अनिधोले होला । छोरी एक छिन तिनै जना चुपचाप हुनुभयो, अचानक र्कफ्यु लागे जस्तो । केही पछि मौनता तोडियो ।
आमालाई कस्तो छ ?
अ, उसलाई त ठिकै छ ।
घरमा फोन गरिस त?
छैन, भोली थाहा पाइहाल्छन नि , दाईको जवाफ असन्तृष्टि मिसिएको थियो ।
बाटुलीले बहिनी पाई, यसपाली त भाई पाको भए नि हुने नि ।
हो के रे हाम्ले भनेर नहुने, हेरेका रैनचन क्या, लक्ष्मीले त हेरेर फालेकोे रैछ ।
म उहाँहरुको कुरा सुनेर एकछिन सोचमग्न भए । यो वार्डमा सन्तान प्राप्त गर्दा खुसीमात्र हुन्छन ठान्ने दुख मान्ने पनि अवस्था देख्दा अचम्म लाग्यो । केही समय अघि नर्सहरुको कामको तेति धेरै प्रसंसा गरिरहनु भएका उहाँहरले कसरी बिसिनुभयो कि बाटुली र उनकी बहिनी पनि त्यस्तै नर्स बन्न सक्छन । पासाङ्ग लामुले जस्तै सर्वेच्च शिखर सगरमाथामा चन्द्रसुर्य ध्वजा फरफराउन सक्छन । प्रधानन्याधिस होस वा राष्ट्रपति अनि सभामुख पनि त महिला नै हुनुहुन्छ हाम्रो देशमा पनि ।  अवसर र विश्वास गरे गर्न नसक्ने केही छैन, उहाँहरु स्वयम आफैमा विश्वास गर्न सक्नुभएन ।
हामी हस्पिटलबाट करिब २ः३० बजे फर्कियौ
त्यसपछि म निदाउन सकिन त्यही कुराहरु मेरो दिमागमा खेलिरहे । ं
कति बेला निदाए छु थाहा भएन ।
बिहान ८ बजे आखा खोलिए । उठेर चियाको प्रतिक्षा गरिरहे म आफै गएर चिया बनाउन सकिन । सायद मेरो मानसिकता कमजोर थियो, हिजो रातभर समनताको कुरा गर्ने म आज आफुलाई चिया बनाउने होइन, पिउने मात्र ठान्दैछु, भाडाँ सफा गर्ने होइन भाडा जुठो गर्ने मान्दैछु ।

यसैगरी यस महिला हक हितका क्षेत्रमा काम गर्ने र म निकै समानता पाए गफगाफ निकै ठुलो व्यवहार भने निकै भिन्न । वास्तविकता

Western Regional Hosptal Pokhara
https://www.facebook.com/subash.bhandari.17
Subash Bhandari



Wednesday, August 8, 2018

Behuli

निकै माया लाग्छ उनी हास्दा, रिसाउदा, हर साझँ मेरो प्याकमा पानी मिसाउदा । म सँग त पिउने बाहना छ अफिसको कामको तनाव छ तिमीले त नपिए पनि भयो भन्दा ,उनी आफनो वाहाना सुनाउछिन मेरो बुढो लाई तनाब छ यसैले पिएको । कयौ चुरोटका खिली उनले अनि मैले पालै पालो तान्दा ठुटा भएका छन । आजपनि टेवलमा प्याक यथावत नै छ चुरोटका खिली पनि छन तर प्याकमा पानी मिसाउने अनि त्यो चुरोट सल्काउने मेरी बेहुली .......
Subash Bhandari