Saturday, August 11, 2018

प्रसुति वार्ड

सानु उठ त , भान्जा उठनुस ।
माइजुले ढोका ढकढकाउनु भयो , हस्पिटल जानु प¥यो ल छिटो उठ ।
फेरी कसलाई के भयो । केही गहिरो निन्द्रमा थिए, उठन मन नलागे पनि उठे, बिचरा ती सपनाहरु बिचमै छाडन मन नहुदा नहुदै छाडन बाध्य भए , छिटट्ै आएर ति सपनाहरु पुरा गर्ने आशामा सपनालाई विधाई गर्न म बाध्य भए । कसलाई के भयो दाजु ?
खै ।

हस्पिटल नजिक भएको हुदाँ आफन्त, चिनाजनका सबैले सम्झनु हुन्छ , अनी सहयोग गर्ने भनेको नै विरामी पर्दा, दुख पर्दा त हो नी । घडी हेरे १२बजेर २७ मिनेट गएको थियो । ठिक बिहान ८ बजे उठने म राती १२ बजे मुख धुदै थिए । त्यस बेला प्रतिकको याद आयो , जसले सुत्नमा कुम्भकर्णलाई पनि जित्ने हिम्मत राख्छ । एकपटक फोन गरौ कि जस्तो लाग्यो तर के डिस्र्टव गरु भनेर गरिन ।
माइजुले एउटा थर्मसमा सुप अनि केही कपडाहरु लिएर निस्कनु भयो । दाईले र मैले कपडा लियौ र हस्पिटल तर्फ लाग्यौ । भाउजुको अन्टीको हस्पिटलमा भर्ना हुनु भएको रहेछ, नजिकै भएकोले माइजु आफनो जिम्मेवारी पुरा गदै हुनुहुन्थ्यो भने हामी उहाँको साथे गएका थियौ ।

यहाँ भन्दा पहिला म सुत्केरी वार्डमा प्रवेश गरेको थिइन । लाग्थ्यो त्यो महिलाहरुको मात्र क्षेत्र हो, बच्चाबच्चीको रुवाई, मान्छेहरुको भिड ,अनौठो फिनेलको गन्ध अनि त्यसैमाथी हस्पिटल । तर त्यस वार्डमा केहीबेर प्रवेश गरिसकेपछि मलाई लाग्यो यो वार्ड अरुभन्दा भिन्न अनि निकै बिशेष  । एउटा वार्ड जहाँ एउटा शरिरको आगमन हुन्छ, एउटा यस्तो वार्ड जहाँ परिवारको सपना,आशा अनि मायाले पुर्णाता पाउछ । यसतो वार्ड जहाँ निस्कने रुवाईले आमाहरुको ओठमा मुस्कान आउछ । त्यही वार्डले एउटा पुरुषलाई पिता र महिलालाई आमामा परिवर्तन गर्छ । एउटा यस्तो वार्ड जहाँ महिलाले आफनो बच्चालाई पहिलो पटक स्तनपान गराउदा आफुलाई पुर्ण ठान्छीन ।
केही समय अघि बाबु भएछ, एउटा परिवारमा खुसीको आगमन भएको थियो । ठ्याक्कै बाबु जस्तै रहेछन , नाक चाही आमाको जस्तो , कोही भन्दै हुनुहुन्थ्यो । सायद अन्य देशमा भएको भए कस्तो किउट बेबी भन्थे हाम्रो पन निकै प्यारो छ ।
उभिदा उभिदा थकाई लागेर त्यही नजिकैको बेन्चमा दाई र म बस्यौ । छेउमै दुइजना महिलाहरु कुरा गर्दै हुनुहन्थ्यो । उहाँहरुको गफ मेरो कानमा प्रष्ट आएको थियो  । कति ज्ञानी रैचन यि नानीहरु, उहाँहर नर्सहरुको कुरा गर्दै हुनुहुन्थ्यो । मिठो बोल्ने, नबुझेकालाई बुझाउने, बेला बेलामा औषधि दिने निन्द्राको मतलब नगरि खटिने नानीहरु । मलाई पनि उहाँहरुको कुरा सुनेर नर्सहरुप्रति अनौठो सम्मान जाग्यो कति निष्ठावान छन आफनो काम प्रति तनावमा हुदा पनि कति हसिलो मुहार । आधा रोग र पिडा त यहि हसिलो मुहार देखेरै रोग निको हुन्छ होला ।
सेतो पोसाक देख्दा अप्सराको याद आयो । अप्सराहरु जसले स्वर्गको सुन्दरता कायम राखेका छन अनि धर्तिलाई स्वर्ग बनाइ रहेका छन नर्सहरुले । मायाले, सेवाले,मिठो बोलीले ।
गाउँका सुरविरकी छोरी पनि यस्ते पढदै छे रे अर्की महिला भन्दै हुनुहुन्थ्यो । कति समय लागेको हो अब त हुनु पर्ने हो ? उहाँहरुपनि कुनै नयाँ जिवनको स्वागतको लागी निकै आतुर हुनुहुन्थ्यो । भित्तामा टासिएका स्वस्थ्य सम्बन्धि सुचना हेर्दे थिए । दुई सन्तान, जन्मान्तर,पोषण, खोप आदि । केही समयपछि एउटा दाई उहाँहरुको नजिक आउनु भयो, केही निराश जस्तो सायद अनिधोले होला । छोरी एक छिन तिनै जना चुपचाप हुनुभयो, अचानक र्कफ्यु लागे जस्तो । केही पछि मौनता तोडियो ।
आमालाई कस्तो छ ?
अ, उसलाई त ठिकै छ ।
घरमा फोन गरिस त?
छैन, भोली थाहा पाइहाल्छन नि , दाईको जवाफ असन्तृष्टि मिसिएको थियो ।
बाटुलीले बहिनी पाई, यसपाली त भाई पाको भए नि हुने नि ।
हो के रे हाम्ले भनेर नहुने, हेरेका रैनचन क्या, लक्ष्मीले त हेरेर फालेकोे रैछ ।
म उहाँहरुको कुरा सुनेर एकछिन सोचमग्न भए । यो वार्डमा सन्तान प्राप्त गर्दा खुसीमात्र हुन्छन ठान्ने दुख मान्ने पनि अवस्था देख्दा अचम्म लाग्यो । केही समय अघि नर्सहरुको कामको तेति धेरै प्रसंसा गरिरहनु भएका उहाँहरले कसरी बिसिनुभयो कि बाटुली र उनकी बहिनी पनि त्यस्तै नर्स बन्न सक्छन । पासाङ्ग लामुले जस्तै सर्वेच्च शिखर सगरमाथामा चन्द्रसुर्य ध्वजा फरफराउन सक्छन । प्रधानन्याधिस होस वा राष्ट्रपति अनि सभामुख पनि त महिला नै हुनुहुन्छ हाम्रो देशमा पनि ।  अवसर र विश्वास गरे गर्न नसक्ने केही छैन, उहाँहरु स्वयम आफैमा विश्वास गर्न सक्नुभएन ।
हामी हस्पिटलबाट करिब २ः३० बजे फर्कियौ
त्यसपछि म निदाउन सकिन त्यही कुराहरु मेरो दिमागमा खेलिरहे । ं
कति बेला निदाए छु थाहा भएन ।
बिहान ८ बजे आखा खोलिए । उठेर चियाको प्रतिक्षा गरिरहे म आफै गएर चिया बनाउन सकिन । सायद मेरो मानसिकता कमजोर थियो, हिजो रातभर समनताको कुरा गर्ने म आज आफुलाई चिया बनाउने होइन, पिउने मात्र ठान्दैछु, भाडाँ सफा गर्ने होइन भाडा जुठो गर्ने मान्दैछु ।

यसैगरी यस महिला हक हितका क्षेत्रमा काम गर्ने र म निकै समानता पाए गफगाफ निकै ठुलो व्यवहार भने निकै भिन्न । वास्तविकता

Western Regional Hosptal Pokhara
https://www.facebook.com/subash.bhandari.17
Subash Bhandari



No comments:

Post a Comment