बिहानै उठेर म पनि तयार हुन्छु, जस्ते गरि छिमेककी दिदि । उहाँ सर्ट पाइन्टमा सजिनु हुन्छ, म केही शृङ्गारका सामाग्रीमा । अनि दुवै आ-आफनो कर्मथलो लाग्छौ। उहाँ साझ ५ बजे सम्म काम गर्नु हुन्छ, मेरो भने कुनै समयको निश्चितता छैन । उहाँलाई कामबाट मानसिक तनाव हुदो हो मलाई मानसिक अनि शाररिक दुवै तनाव छ । उहाँको काम निकै सम्मानित छ तर मेरो निकै अपमानित अनि विवाधित । उहाँ बैकमा जागरि गर्नुहुन्छ अनि म एउटी बेश्या ।
हो म बेश्या हु , यहि नै मेरो पेशा हो अरुको जस्तै शिक्षकले पढाउनु हुन्छ, डाक्टरले विरामीलाई उपचार गर्नु हुन्छ, हो म पनि मेरो काम गर्छु । नाङ्गगिनु सबैभन्दा पिडा दायक कुरा, एकपटक ऐनाको अघि उभिएर आफुलाई नग्न अवस्थामा हेर्ने कोशिस गर्नुहोस , पक्कै लाज मान्नु हुनेछ आफैसगँ सायद केही पलमै तपाई ऐनामा हेर्न पनि नसक्नु होला, तपाईको लाज आफैसग छ तर मेरो कुरा बेग्लै छ यहाँ म हरपल नाङ्गीरहेकी छु अपरिचित मुहारहुसँग । बाध्यताको अघि यहाँ लाज पनि मुख छोपेर बसिरहेको छ , आखाँ बन्द गरी । हो म बाध्य छु लाजको मुख थुनेर लाजलाई निस्यासियाउन,लाज जिन्दगीको भिक माग्छ रुन्छ, कराउछ, चिच्याउछ, छटपाउछ सबै देख्दा देख्दै सुन्दा सुन्दै म बाध्य छु नदेखेको नसुनेको झै गर्न अनि गरिदिन्छु त्यो लाजको हत्या ।
म हरपल ती कठोर दवाव सहिरहेकी छु , किनकी दवाव लाई अभावले दवाई रहेको छ, अभावका अगाडि ती दवाद शुन्य लाग्छ । ती दुखद झटकाहरु भुकम्पका कम्पनहरु भन्दा पनि कम लाग्दैनन । तर झटका आए भनेर म खुल्ला ठाउँमा सुरक्षित हुन जाने अवस्था छैन । हरपल म भुकम्प महसुस गरिरहन्छु , जसको चोट मलाई बानी परिसकेको छ ।
मेरो पेशालाई रहरको संज्ञा दिने हरु, एकपटक मेरो जुत्तामा आफनो पैतला राखी केही पाइला हिड्ने कोशिस गरेर हेर्नु अनि थाहा हुनेछ, कति पिडा असहजता, मजबुरी अनि चोटले भरिएका छन मेरा पाइलाहरु ।
मेरो पेशालाई रहरको संज्ञा दिने हरु, एकपटक मेरो जुत्तामा आफनो पैतला राखी केही पाइला हिड्ने कोशिस गरेर हेर्नु अनि थाहा हुनेछ, कति पिडा असहजता, मजबुरी अनि चोटले भरिएका छन मेरा पाइलाहरु ।
समाजमा बिकृति फैलायो भनी त्यसको कारण मान्नेहरु यो कहिले स्विकार गर्न सकेन्न् कि मेरा कारणले पनि सायद केही हिसाका घटनाहरु कम भएका छन ।
:Subash Bhandari
![]() |
Subash Bhadari |
No comments:
Post a Comment