कहिलेकाही केटाहरु हावाकुरा गर्दा गर्दै निकै गम्भिर भैदिन्छन । आजपनि यस्तै भयो कुरा चल्दै थियो करियर, सपना, जिन्दगीको यसै बेला एक जना साथीले सोधी दियो , केटा हो कस्तो केटी सँग विवाह गर्ने सोच छ ?
दिपेशको उत्तर थियो केटी भए हुन्छ मलाई बाहिरबाट पनि भित्रबाट पनि ।
हा हा हा एकछिन हासो चल्यो
तर यो प्रश्न साच्ची निकै गम्भिर पनि थियो , सायद उसको उत्तर पनि गम्भिर नै थियो । उसले खोजेको बेहुली बेहुली जस्तै हुनुप¥यो रे । हो उ ठिक थियो ।
त्यसपछि अनिल आफनो कुरा सुनाउन लाग्यो ।
हेर केटा हो केटी भनेको कुलको खोज्ने हो, जसले मेरो घरमा आमा बुबालाई सम्मान गरोस । अतिथिलाई राम्रोसँग सत्कार गरोस अनि मैले भनेको मानोस । अरुको कुरा गर्ने चाही नहोस ।
लाग्यो उसको कुरा पनि ठिकै हो , विवाह गरेपछि कति परिवारहरु वारपार भएका छन । विवाहको केही दिनमा अंशबन्डमा कुराहरु आउछन , परिवार धेरै भागमा विभाजन हुन्छन । अनी मुख्य कुरा अतिथि पाहुनासँग राम्रो बोली व्यवहार गर्नेृ, नातेदारको मान गर्ने एउटा महत्वपुर्ण कुरा पनि हो , जसले गर्दा एउटा पारिवारिक सम्बन्ध स्थापित गर्न महत्वपुर्ण भुमिका खेल्दछ ।
म चाही मेरो जिवनसाथी लगनशिल, मिलनसार, आत्मविश्वासी र आधुनिक सोच भएको चाहान्छु , विजयले पनि मुख खोल्यो । अब त एक्लै ले काही हुन्छ र दुबै जना मिलेर आ आफनो कार्यक्षेत्रमा लगनशिल भयौ भने मात्र जिन्दगी सहज हुन्छ ।
उसको कुरा निकै मन छुने थियो , हो श्रमतिलाई पनि आफनो कार्यक्षेत्रमा काम गराउने राम्रो कुरा । घरमै बसेर बालबच्चा हेर्ने पुरानो मान्यता धेरै पुरानो भैसकेको छ । श्रीमान श्रीमति दुवै मिलेर घर परिवार चलाउने काममा सहयोग भए बालबच्चाले गुणस्तरिय जिन्दगीको परिकल्पना गर्ने सकिन्छ । तर अझै पनि कति पुरुष साथीहरु श्रीमतिले बाहिर काम गरेको हेर्न खोज्दैन्न । खोत्रो पुरुषार्थ बोकिरहेका हुन्छन । आजका नारी कोहीभन्दा कम छैनन । मसँगै पढेका साथीसँगै मेरो विवाह भयो भने उनलाई मैले खाना मिठो भएन, कपडामा राम्ररी स्त्री लगाको खै भन्नुको अर्थ छैन । उनले पढेको पुस्तकमा यस्ता कुराहरु थिएनन । जुन मैले पनि पढेको छु । लाग्यो उसको आफनै कक्षाको कसैसगँ सम्बन्ध चलिरहेको छ ।
अब पालो मेरो थियो मेरी बेहुली कस्तो हुनु पर्छ , म सोच्दै थिए एउटा पात्र खोज्दै थिए । अनि भने ,
म बेहुली होइन एउटा असल साथीको अपेक्षा गर्दछु, उसँग जिन्दगी बिताउन छ , उसलाई विश्वास दिलाउन सकु कि म धेरै माया गर्छु र उसले पनि मेरो मायाको सम्मान गरोस । म चाहान्छु उ आधुनिक होस र व्यवहारिक पनि । म चाहान्छु उसले परिआए खेतबारी पनि गरोस अनि अफिसमा घुम्ने कुर्चिमा बसेर एउटा संस्था चलाउन सक्ने होस । चाहान्छु उ मनमा कुरा नराखोस , लागेको चित्त नबुझेका कुराहरु खुलेर भनोस । केही अवस्थामा सम्बन्ध निकै कठिन अवस्थामा हुन सक्छन , धैर्यता , विश्वास अनि सकारात्मक सोच उनमा होस जसले सम्बन्ध लाई बलियो बनाइ रहोस । रातभर सगै बसि उ किक्रेट पनि हेरोस, फुटबल अनि साउथ मुभि पनि । अनि मलाई माया गर्ने होस ।
एकछिन सबै साथीहरु अचम्म मानिरहे ।
केहीबेरमा दिपेश ले झन गम्झि प्रश्न गर्यो साच्ची केटीहरु कस्तो पुरुष आफनो श्रीमान होस भन्ने चाहान्छन होला है ?
एका एक सबै सोचमा प¥र्यौ साच्ची के नै थियो र हामी मा हामी भने ठुला ठला माग गरिरहेका थियौ आफनो जिबनसाथीमा हुनु पर्ने गुणहरुको
मेरो जिज्ञासा नि त्यही हो! मैले कस्तो बन्नु पर्यो?
ReplyDelete