पिता स्वर्गः पिता धर्मः पिता परमकं तपः
पितरि प्रीतिमापन्ने सर्वाः प्रीयन्ति देवताः
महाभारतबाट लिइएको यस श्लोक को अर्थ हुन्छ ,
मेरो पिता मेरो लाागि स्वर्ग हुनुहुन्छ, मेरो पिता मेरो लागि मेरो धर्म हुनुहन्छ, उहाँ नै मेरो तपस्या हुनुहुन्छ , यदि उहाँ खुसी हुनुहुन्छ सबै देवताहरु खुसी हुनुहुन्छ । पितालाई गुरु, रक्षक, पालनकर्ताको रुपमा लिने गरिन्छ । जनक:, जनिता, जन्मद, सम्भु:, प्रजावन , धाता जस्ता संस्कृति शब्दको अर्थ पिता,बाबु नै हुन्छ ।
बाबाको मुख हेर्ने दिनलाई कुसे औसी साथै गोर्कण औसी पनि भन्ने गरिन्छ । भाद्रकृष्णपक्षको औशी तिथिका दिन जन्म दिने पिताको सम्मान गरी यो पर्व मनाइँदै आएको पाईन्छ पितासँग भेटघाट गर्ने, उपहार दिने र मिठा परिकार खुबाउने गरी बुबाप्रति सम्मान व्यक्त गर्दछन साथै छोराहरुले बुबाको गोडा ढोग्ने अनि बुवाको मुहारमा हेर्ने प्रचलन रहेको छ त्यसैले बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । मुख हेर्नुको अर्थ उहाँहरुले गर्नु भएको योग्दान तथा सफलताको सम्मान गर्नु हुन्छ । यस दिन देवकार्य र पितृकार्यमा नभईनहुने कुश ग्रहण गरिन्छ र बर्षभरीका दान, पुजा, जप तथा शुभ कार्यमा यसको प्रयोग गरिन्छ । कुशमा ब्रह्मा बिष्णु र मह्ेश्वरको बासहन्छ भन्ने मान्यत रहेको छ । साँस्कृतिक बनस्पति हुनुका साथै वातावरण शुद्ध राख्ने तथा रोगका किटाणुहरु नष्ट गर्ने बनस्पतिको रुपमा समेत लिने गरिन्छ ।
दिवंगत पिताको पितृमोक्षको कामना गरी यस दिनमा पितृतर्पण दिई श्राद्ध गर्नले दुखमा परेका पितृले पनि मोक्ष प्राप्त गर्ने मान्यता रहेको छ । यस दिन काठमाडौको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृश्राद्ध गर्नेको निकै घुइँचो लाग्ने गर्दछ ।
Subash Bhandari
subash.bhandari17@gmail.com
dami dami dami
ReplyDelete