Tuesday, August 28, 2018

यसपाली त Mbbsमा नाम निकाल्नै पर्छ


कक्षा २ मा पढ्दा शिक्षकले सोध्नु भाको थियो बाबु ठुलो भएर के बन्छौ । साथीहरु शिक्षक, पाइलट, इन्जिनियर त कोही को अनौठो सपना हुन्थयो बुबा, मम्मी बन्छु भन्ने म भने  म डाक्टर बन्छु भन्थे,   त्यस बेला न साथीहरुलाई थाहा थियो शिक्षक बन्न के गर्नु पर्छ , न त थाहा नै थियो इन्जिनियरको लागि के पढनु पर्छ न त यो नै थाहा थियो कि बाबा, मम्मी बन्न के गर्नु पर्छ । साथीहरु खेल्दा पनि म डाक्टर भएको अभिनय गर्थे । सिन्काले कोपेर सुइ हो अब ठिक हुन्छन भन्ने पनि मनै हु । ल यो खाउ त्यो नखाउ औषधी बेलैमा खानु, फलफुल खाउ, चुरोट रैउसी चाही नखाउ ।एक दिन दिक्षाले उल्टी गर्दा डराउनु पर्देन यो आमा बन्ने लक्षण हो भनेकै कारणले आजसम्म उसँग बोलचाल छैन , मलाई लाग्यो भनिदिए । कानमा earphone लगाउदा पनि stethoscope लगाए जस्तो , लाग्थ्यो  म मोवाइलको धड्कन सुन्दै छु । एक छिन चार्जमा राखेपछि डिसचार्ज गर्दा हुन्छ मोवाइल लाई। त्यही सपना पुरा गर्न लागिरहेको छु तर निकै कठिन लागिरहेको छ पुरा गर्न । डर पनि लागीरहेछ कतै सपना मै सिमित रहने पो हो की मेरो डाक्टर बन्ने सपना । डाक्टर बन्छु भन्दा भन्दा कतै विरामी पो हुने हो कि जस्तो लाग्छ । विरामी पनि नहुला भन्न सकिदैन रातदिन पढयो खान, सुत्न मन नलाग्ने तनाव लाको हो कि लाको जस्तो भाको केही थाहा नै नहुने । कसम दारी काटने फर्सद नि पाको छैन । हुदाँ हुदाँ आखा समेत कमजोर हुन लागेर चस्मा लाउन परेको छ ।
एमविविएस सपना बोकी काठमाण्डौ छिरेको पनि ३ वर्ष भैसक्यो । ३ वर्षको अबधिमा न त नाम नै निस्कियो न त थर नै । सगँैका साथीहरु कति जापान पुगी सके कति अष्ट्रेलिया कतिले विवाह पनि गरिसके । आफनो नाम निकाल्ने भन्यो बस्यो । अब घरबाट समेत जे भएपनि पढ, खाली नबस्नु बाबु मात्र भन्नु हुन्छ । एउटा अनौठो रहर जुन रहरले शहर छिरायो । दिनरातको तनाबले न त भोक लाग्छ न त निन्द्रा नै लाग्छ आजकल, सपना नै ठुलो कुरा रहेको जिन्दगीमा । यसपाली केही बढि मेहनत पनि गरेको छु । दिनको करिब १२ घण्टा त यसैको तयारीमा बिताउने गरेको छु विहान उठे देखीको समय आजकल कपि,कलम र पुस्तकको वरपर मै भए वितीरहेको छ, कहिलेकाही त लाग्छ यस्तो पाराले पनि के पढनु, जिन्दगीमा रमाइलो नै नभए जस्तो, आखा कमजोर भएजस्तो उमेर नपुग्दै कपाल फुले जस्तो, रातमा सपना पनि कुनै रोमान्टिक नभई परिक्षा दिइरहेको , तर केही समयको दुख पछि म एउटा सुख देख्ने पनि गर्छु  । आशा छ यसपाली त पक्कै नाम निकालेर छाडछु । अनि पुरा गर्ने छु मेरा बुबा आमाको सपना एउटा सफा अनि सेतो सपना, छोरालाई सेतो कोटमा देख्ने, विरामीको सेवामा लागेको देख्ने ।

MBBS को तयारी गरिरहेको विद्यार्थी


1 comment: