Friday, September 14, 2018

यो बजार बिक्रिमा,

झकिझकाउ बनाएर राखिएको छ यो बजार बिक्रिमा, राखिएका छन बस्तुहरु सयौ हजार बिक्रिमा क्रर्के हेराइको को मोलतोल यहाँ, मुस्कान पनि बिक्छ
अनि राखिन्छन ती नजर बिक्रिमा

सबै बिक्छ आजकल इज्जत सम्मान पनि, पैसा भए
मान सम्मान पनि आदर बिक्रिमा




Sunday, September 9, 2018

भण्डारी वंशको साधारणसभा राष्ट्रपति निवासमा हुने

 शनिबारमात्र बालुवाटारमा ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा गरिएको छ। प्रधानमन्त्री केपी ओलीले यसक कार्यक्रमको लागि स्वीकृति दिएका थिए। यस्तो  राम्रो उदारणीय कामको अनुशरण अब राष्ट्रपति विद्या देवि भण्डारीले  गर्ने हुनु भएको छ । विशेष सुत्र प्राप्त जानकारी अनुसार असोजको दोस्रो हप्तामा भण्डारी वंश अक्षय कोषको बार्षिक साधारणसभा हुने भएको छ । त्यस दिन राष्ट्रपति भवन भण्डारी भबनको रुपमा परिणत हुने र भण्डारी बाहेक अन्य थरका व्यक्तिहरुको प्रवेशमा समेत रोक लगाइने यसै कार्यक्रममा संयोजक किशोर भण्डारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले निकै मितबेही तरिकाले कार्यक्रम सम्पन्न गर्नु भएको छ , यस्ता राम्रा कार्यहरु भण्डारी वंशमा पनि हुन जरुरी रहेको भन्दै आवश्यक तयारी सबै भएको कार्यक्रममा सचिब मनोज भण्डारीले जानकारी गराउनु भयो । नेपालका विभिन्न जिल्ला देखि कबि २५० जनाको सहभागिता रहने छ साथै दशैको शुभकामना आदन प्रदान गर्ने कार्यपनि तालिकामा रहेको छ । यस कार्यक्रममा लाग्ने सम्पुर्ण खर्च सरकारी कोषबाट हुने छ । त्यस दिन राष्ट्रपति भवन अन्य कार्यको लागि बन्द रहने पनि जानकारीमा आएको छ । जनताबाट लिइएको कर जनताकै कार्यको लागि खर्च गर्ने यो महान कार्यमा साथ दिन सबैलाई अनुरोध गरिएको छ ।

#माथि उल्लेखित कुराहरु व्यङ्गको लागि मात्र तयार गरिएको हो ।


Saturday, September 8, 2018

बुवाको मुख हेर्ने दिन

पिता स्वर्गः पिता धर्मः पिता परमकं तपः
पितरि प्रीतिमापन्ने सर्वाः प्रीयन्ति देवताः


महाभारतबाट लिइएको यस श्लोक को अर्थ हुन्छ ,
मेरो पिता मेरो लाागि स्वर्ग हुनुहुन्छ, मेरो पिता मेरो लागि मेरो धर्म हुनुहन्छ, उहाँ नै मेरो तपस्या हुनुहुन्छ , यदि उहाँ खुसी हुनुहुन्छ सबै देवताहरु खुसी हुनुहुन्छ । पितालाई गुरु, रक्षक, पालनकर्ताको रुपमा लिने गरिन्छ ।  जनक:, जनिता, जन्मद, सम्भु:, प्रजावन , धाता जस्ता संस्कृति शब्दको अर्थ पिता,बाबु नै हुन्छ ।

बाबाको मुख हेर्ने दिनलाई कुसे औसी साथै गोर्कण औसी पनि भन्ने गरिन्छ । भाद्रकृष्णपक्षको औशी तिथिका दिन जन्म दिने पिताको सम्मान गरी यो पर्व मनाइँदै आएको पाईन्छ  पितासँग भेटघाट गर्ने, उपहार दिने र मिठा परिकार खुबाउने गरी बुबाप्रति सम्मान व्यक्त गर्दछन साथै  छोराहरुले बुबाको गोडा ढोग्ने अनि बुवाको मुहारमा हेर्ने प्रचलन रहेको छ त्यसैले बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । मुख हेर्नुको अर्थ उहाँहरुले गर्नु भएको योग्दान तथा सफलताको सम्मान गर्नु हुन्छ । यस दिन देवकार्य र पितृकार्यमा नभईनहुने कुश ग्रहण गरिन्छ र बर्षभरीका दान, पुजा, जप तथा शुभ कार्यमा यसको प्रयोग गरिन्छ । कुशमा ब्रह्मा बिष्णु र मह्ेश्वरको बासहन्छ भन्ने मान्यत रहेको छ ।  साँस्कृतिक बनस्पति हुनुका साथै वातावरण शुद्ध राख्ने तथा रोगका किटाणुहरु नष्ट गर्ने बनस्पतिको रुपमा समेत लिने गरिन्छ  ।

दिवंगत पिताको पितृमोक्षको कामना गरी यस दिनमा पितृतर्पण दिई श्राद्ध गर्नले दुखमा परेका पितृले पनि मोक्ष प्राप्त गर्ने मान्यता रहेको छ । यस दिन काठमाडौको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृश्राद्ध गर्नेको निकै घुइँचो लाग्ने गर्दछ ।

Subash Bhandari
subash.bhandari17@gmail.com



Monday, September 3, 2018

मेरो जिवनसाथी

कहिलेकाही केटाहरु हावाकुरा गर्दा गर्दै निकै गम्भिर भैदिन्छन । आजपनि यस्तै भयो कुरा चल्दै थियो करियर, सपना, जिन्दगीको यसै बेला एक जना साथीले सोधी दियो , केटा हो कस्तो केटी सँग विवाह गर्ने सोच छ ? 
दिपेशको उत्तर थियो केटी भए हुन्छ मलाई बाहिरबाट पनि भित्रबाट पनि ।
हा हा हा एकछिन हासो चल्यो 

तर यो प्रश्न साच्ची निकै गम्भिर पनि थियो , सायद उसको उत्तर पनि गम्भिर नै थियो । उसले खोजेको बेहुली बेहुली जस्तै हुनुप¥यो रे । हो उ ठिक थियो ।

त्यसपछि अनिल आफनो कुरा सुनाउन लाग्यो ।
हेर केटा हो केटी भनेको कुलको खोज्ने हो, जसले मेरो घरमा आमा बुबालाई सम्मान गरोस । अतिथिलाई राम्रोसँग सत्कार गरोस अनि मैले भनेको मानोस । अरुको कुरा गर्ने  चाही नहोस । 

लाग्यो उसको कुरा पनि ठिकै हो , विवाह गरेपछि कति परिवारहरु वारपार भएका छन । विवाहको केही दिनमा अंशबन्डमा कुराहरु आउछन , परिवार धेरै भागमा विभाजन हुन्छन । अनी मुख्य कुरा अतिथि पाहुनासँग राम्रो बोली व्यवहार गर्नेृ, नातेदारको मान गर्ने एउटा महत्वपुर्ण कुरा पनि हो , जसले गर्दा एउटा पारिवारिक सम्बन्ध स्थापित गर्न महत्वपुर्ण भुमिका खेल्दछ ।

म चाही मेरो जिवनसाथी लगनशिल, मिलनसार, आत्मविश्वासी र आधुनिक सोच भएको चाहान्छु , विजयले पनि मुख खोल्यो । अब त एक्लै ले काही हुन्छ र दुबै जना मिलेर आ आफनो कार्यक्षेत्रमा लगनशिल भयौ भने मात्र जिन्दगी सहज हुन्छ ।
उसको कुरा निकै मन छुने थियो , हो श्रमतिलाई पनि आफनो कार्यक्षेत्रमा काम गराउने राम्रो कुरा । घरमै बसेर बालबच्चा हेर्ने पुरानो मान्यता धेरै पुरानो भैसकेको छ । श्रीमान श्रीमति दुवै मिलेर घर परिवार चलाउने काममा सहयोग भए बालबच्चाले गुणस्तरिय जिन्दगीको परिकल्पना गर्ने सकिन्छ । तर अझै पनि कति पुरुष साथीहरु श्रीमतिले बाहिर काम गरेको हेर्न खोज्दैन्न । खोत्रो पुरुषार्थ बोकिरहेका हुन्छन । आजका नारी कोहीभन्दा कम छैनन । मसँगै पढेका साथीसँगै मेरो विवाह भयो भने उनलाई मैले खाना मिठो भएन, कपडामा राम्ररी स्त्री लगाको खै भन्नुको अर्थ छैन । उनले पढेको पुस्तकमा यस्ता कुराहरु थिएनन । जुन मैले पनि पढेको छु । लाग्यो उसको आफनै कक्षाको कसैसगँ सम्बन्ध चलिरहेको छ ।

अब पालो मेरो थियो मेरी बेहुली कस्तो हुनु पर्छ , म सोच्दै थिए एउटा पात्र खोज्दै थिए । अनि भने , 
म बेहुली होइन एउटा असल साथीको अपेक्षा गर्दछु, उसँग जिन्दगी बिताउन छ , उसलाई विश्वास दिलाउन सकु कि म धेरै माया गर्छु र उसले पनि मेरो मायाको सम्मान गरोस । म चाहान्छु उ आधुनिक होस र व्यवहारिक पनि । म चाहान्छु उसले परिआए खेतबारी पनि गरोस अनि अफिसमा घुम्ने कुर्चिमा बसेर एउटा संस्था चलाउन सक्ने होस । चाहान्छु उ मनमा कुरा नराखोस , लागेको चित्त नबुझेका कुराहरु खुलेर भनोस । केही अवस्थामा सम्बन्ध निकै कठिन अवस्थामा हुन सक्छन , धैर्यता , विश्वास अनि सकारात्मक सोच उनमा होस जसले सम्बन्ध लाई बलियो बनाइ रहोस । रातभर सगै बसि उ किक्रेट पनि हेरोस, फुटबल अनि साउथ मुभि पनि । अनि मलाई माया गर्ने होस ।

एकछिन सबै साथीहरु अचम्म मानिरहे । 

केहीबेरमा दिपेश ले झन गम्झि प्रश्न गर्यो साच्ची केटीहरु कस्तो पुरुष आफनो श्रीमान होस भन्ने चाहान्छन होला है ?
एका एक सबै सोचमा प¥र्यौ साच्ची के नै थियो र हामी मा हामी भने ठुला ठला माग गरिरहेका थियौ आफनो जिबनसाथीमा हुनु पर्ने गुणहरुको

Saturday, September 1, 2018

महतगौडा ढुङ्गेसाघुँ



महतहरुले वस्ती बसाउने क्रममा आवज जावतको लागि गौडा बनाएको हुदाँ यस स्थानको नाम महतगौडा रहेको भन्ने मान्यता छ । पोखरा १७ मा पर्ने यस स्थान ढुङ्गेसाघुको नामले पनि परिचित छ । प्राकृतिक रुपमा निर्माण भएको पुल ढुङ्गाले बनेको पुल (साघु) । संसारमै एउटा पुल केही संख्यामा मात्र रहेको तथ्याङ्क छ, प्राकुतिक रुपमा निमार्ण भएको उक्त पुल पर्यटकीय दृष्टिकोणले निकै महत्वपुर्ण रहेको छ । वडा न १७ र १५ लाई जोडने यस पुल पर्यटकीय दृदेष्टिकोणबाट पनि निकै महत्वपुर्ण मानिन्छ । यसै पुलको नाममा माघ १ गते मकर सक्रान्तिको दिन ठुलो मेला लाग्ने गर्दछ । यस दिन मकर स्नान गर्न आउने श्रादालु भक्तजनको निकै भिड लाग्ने गर्दछ ।

Mahatgaunda



पुर्वमा बग्ने सेती नदि अनि दक्षिण बग्ने फुस्रे खोलाले सौन्दर्यतामा मिठास थप्ने काम गरेको छ ।

Seti

मशिरमा वेहुली गहनामा सजिएझै झुलेका धानका पहेला बालामा सजिने विरुवाफाट निकै मनमोहक देखिन्छ जसलाई हेरेर हासिरहेको माछापुच्छे देख्दा त्यस पलमा नरमाउने कमै हुन्छन ।



धार्मिक क्षेत्र महतगौडामा विभिनि द्वी देवताका मठ मन्दिरहरु रहेका छन । हरिहरि मन्दिर, रामसिता मन्दिर,सिताको पाइला , सिद्धबाबा मन्दिर यस क्षेत्रका प्रमुख धार्मिक स्थलहरु हुन ।
Sita Paela

Harihar Mandir

महतगौडामा खेलकुदको लागि आवश्यक मैदान पनि रहेको छ । विभिन्न अवसरमा विभिन्न विद्यालय तथा क्लबहरुद्धारा फुटबल प्रतियोगिताहरु सञ्चालनमा आउने गर्दछन । यस खेलकुद मैदानको संरक्षण स्थानीय क्लब तथा जानकी आधारभुत विद्यालयद्धारा भइरहेको छ ।



Mahatgauda Footaball ground


सामाजिक क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरुले यस स्थानमा रही आफनो कार्य सञ्चालन गरिरहेको छन । दृव्यर्सनमुक्त समाजको लागि नौलो घुम्तीले पुर्नस्थापना केन्द्र सञ्चालन गरेको छ, पोखरा वृद्धाश्रम जहाँ वृद्धवृद्धाहरुको लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा छन । त्यस्तै गरी द्धन्द पिडित वालवालिकाको लागि स्थापित सृजना बाल गृहले वालबालीकाको विकासका लागी कार्यहरु सञ्चालन गरिरहेको छ ।




निर्माणको क्रममा रहेका पर्यटकीय स्थल  फन पार्क तथा बन्जी जमले पनि आगामी दिनमा यस क्षेत्रमा पर्यटकीय विकासको गति लिने कुरामा कुनै दुइमत छैन ।

#Mahatgaunda
#pokhara 17


Tuesday, August 28, 2018

यसपाली त Mbbsमा नाम निकाल्नै पर्छ


कक्षा २ मा पढ्दा शिक्षकले सोध्नु भाको थियो बाबु ठुलो भएर के बन्छौ । साथीहरु शिक्षक, पाइलट, इन्जिनियर त कोही को अनौठो सपना हुन्थयो बुबा, मम्मी बन्छु भन्ने म भने  म डाक्टर बन्छु भन्थे,   त्यस बेला न साथीहरुलाई थाहा थियो शिक्षक बन्न के गर्नु पर्छ , न त थाहा नै थियो इन्जिनियरको लागि के पढनु पर्छ न त यो नै थाहा थियो कि बाबा, मम्मी बन्न के गर्नु पर्छ । साथीहरु खेल्दा पनि म डाक्टर भएको अभिनय गर्थे । सिन्काले कोपेर सुइ हो अब ठिक हुन्छन भन्ने पनि मनै हु । ल यो खाउ त्यो नखाउ औषधी बेलैमा खानु, फलफुल खाउ, चुरोट रैउसी चाही नखाउ ।एक दिन दिक्षाले उल्टी गर्दा डराउनु पर्देन यो आमा बन्ने लक्षण हो भनेकै कारणले आजसम्म उसँग बोलचाल छैन , मलाई लाग्यो भनिदिए । कानमा earphone लगाउदा पनि stethoscope लगाए जस्तो , लाग्थ्यो  म मोवाइलको धड्कन सुन्दै छु । एक छिन चार्जमा राखेपछि डिसचार्ज गर्दा हुन्छ मोवाइल लाई। त्यही सपना पुरा गर्न लागिरहेको छु तर निकै कठिन लागिरहेको छ पुरा गर्न । डर पनि लागीरहेछ कतै सपना मै सिमित रहने पो हो की मेरो डाक्टर बन्ने सपना । डाक्टर बन्छु भन्दा भन्दा कतै विरामी पो हुने हो कि जस्तो लाग्छ । विरामी पनि नहुला भन्न सकिदैन रातदिन पढयो खान, सुत्न मन नलाग्ने तनाव लाको हो कि लाको जस्तो भाको केही थाहा नै नहुने । कसम दारी काटने फर्सद नि पाको छैन । हुदाँ हुदाँ आखा समेत कमजोर हुन लागेर चस्मा लाउन परेको छ ।
एमविविएस सपना बोकी काठमाण्डौ छिरेको पनि ३ वर्ष भैसक्यो । ३ वर्षको अबधिमा न त नाम नै निस्कियो न त थर नै । सगँैका साथीहरु कति जापान पुगी सके कति अष्ट्रेलिया कतिले विवाह पनि गरिसके । आफनो नाम निकाल्ने भन्यो बस्यो । अब घरबाट समेत जे भएपनि पढ, खाली नबस्नु बाबु मात्र भन्नु हुन्छ । एउटा अनौठो रहर जुन रहरले शहर छिरायो । दिनरातको तनाबले न त भोक लाग्छ न त निन्द्रा नै लाग्छ आजकल, सपना नै ठुलो कुरा रहेको जिन्दगीमा । यसपाली केही बढि मेहनत पनि गरेको छु । दिनको करिब १२ घण्टा त यसैको तयारीमा बिताउने गरेको छु विहान उठे देखीको समय आजकल कपि,कलम र पुस्तकको वरपर मै भए वितीरहेको छ, कहिलेकाही त लाग्छ यस्तो पाराले पनि के पढनु, जिन्दगीमा रमाइलो नै नभए जस्तो, आखा कमजोर भएजस्तो उमेर नपुग्दै कपाल फुले जस्तो, रातमा सपना पनि कुनै रोमान्टिक नभई परिक्षा दिइरहेको , तर केही समयको दुख पछि म एउटा सुख देख्ने पनि गर्छु  । आशा छ यसपाली त पक्कै नाम निकालेर छाडछु । अनि पुरा गर्ने छु मेरा बुबा आमाको सपना एउटा सफा अनि सेतो सपना, छोरालाई सेतो कोटमा देख्ने, विरामीको सेवामा लागेको देख्ने ।

MBBS को तयारी गरिरहेको विद्यार्थी


Saturday, August 11, 2018

म बेश्या

बिहानै उठेर म पनि तयार हुन्छु, जस्ते गरि छिमेककी दिदि । उहाँ सर्ट पाइन्टमा सजिनु हुन्छ, म केही शृङ्गारका सामाग्रीमा । अनि दुवै आ-आफनो कर्मथलो लाग्छौ। उहाँ साझ ५ बजे सम्म काम गर्नु हुन्छ, मेरो भने कुनै समयको निश्चितता छैन । उहाँलाई कामबाट मानसिक तनाव हुदो हो मलाई मानसिक अनि शाररिक दुवै तनाव छ । उहाँको काम निकै सम्मानित छ तर मेरो निकै अपमानित अनि विवाधित  । उहाँ बैकमा जागरि गर्नुहुन्छ अनि म एउटी बेश्या ।
हो म बेश्या हु , यहि नै मेरो पेशा हो अरुको जस्तै शिक्षकले पढाउनु हुन्छ, डाक्टरले विरामीलाई उपचार गर्नु हुन्छ, हो म पनि मेरो काम गर्छु । नाङ्गगिनु सबैभन्दा पिडा दायक कुरा, एकपटक ऐनाको अघि  उभिएर आफुलाई नग्न अवस्थामा हेर्ने कोशिस गर्नुहोस , पक्कै लाज मान्नु हुनेछ आफैसगँ सायद केही पलमै तपाई ऐनामा हेर्न पनि नसक्नु होला, तपाईको लाज आफैसग छ तर मेरो कुरा बेग्लै छ यहाँ म हरपल नाङ्गीरहेकी छु अपरिचित मुहारहुसँग । बाध्यताको अघि यहाँ लाज पनि मुख छोपेर बसिरहेको छ , आखाँ बन्द गरी । हो म बाध्य छु लाजको मुख थुनेर लाजलाई निस्यासियाउन,लाज जिन्दगीको भिक माग्छ रुन्छ, कराउछ, चिच्याउछ, छटपाउछ सबै देख्दा देख्दै सुन्दा सुन्दै म बाध्य छु नदेखेको नसुनेको झै गर्न अनि गरिदिन्छु त्यो लाजको हत्या ।

म हरपल ती कठोर दवाव सहिरहेकी छु , किनकी दवाव लाई अभावले दवाई रहेको छ, अभावका अगाडि ती दवाद शुन्य लाग्छ । ती दुखद झटकाहरु भुकम्पका कम्पनहरु भन्दा पनि कम  लाग्दैनन । तर झटका आए भनेर म खुल्ला ठाउँमा सुरक्षित हुन जाने अवस्था छैन । हरपल म भुकम्प महसुस गरिरहन्छु , जसको चोट मलाई बानी परिसकेको छ ।
मेरो पेशालाई रहरको संज्ञा दिने हरु, एकपटक मेरो जुत्तामा आफनो पैतला राखी केही पाइला हिड्ने कोशिस गरेर हेर्नु अनि थाहा हुनेछ, कति पिडा असहजता, मजबुरी अनि चोटले भरिएका छन मेरा पाइलाहरु ।
समाजमा बिकृति फैलायो भनी त्यसको कारण मान्नेहरु यो कहिले स्विकार गर्न सकेन्न् कि मेरा कारणले पनि सायद केही हिसाका घटनाहरु कम भएका छन ।
:Subash Bhandari
Subash Bhadari

प्रसुति वार्ड

सानु उठ त , भान्जा उठनुस ।
माइजुले ढोका ढकढकाउनु भयो , हस्पिटल जानु प¥यो ल छिटो उठ ।
फेरी कसलाई के भयो । केही गहिरो निन्द्रमा थिए, उठन मन नलागे पनि उठे, बिचरा ती सपनाहरु बिचमै छाडन मन नहुदा नहुदै छाडन बाध्य भए , छिटट्ै आएर ति सपनाहरु पुरा गर्ने आशामा सपनालाई विधाई गर्न म बाध्य भए । कसलाई के भयो दाजु ?
खै ।

हस्पिटल नजिक भएको हुदाँ आफन्त, चिनाजनका सबैले सम्झनु हुन्छ , अनी सहयोग गर्ने भनेको नै विरामी पर्दा, दुख पर्दा त हो नी । घडी हेरे १२बजेर २७ मिनेट गएको थियो । ठिक बिहान ८ बजे उठने म राती १२ बजे मुख धुदै थिए । त्यस बेला प्रतिकको याद आयो , जसले सुत्नमा कुम्भकर्णलाई पनि जित्ने हिम्मत राख्छ । एकपटक फोन गरौ कि जस्तो लाग्यो तर के डिस्र्टव गरु भनेर गरिन ।
माइजुले एउटा थर्मसमा सुप अनि केही कपडाहरु लिएर निस्कनु भयो । दाईले र मैले कपडा लियौ र हस्पिटल तर्फ लाग्यौ । भाउजुको अन्टीको हस्पिटलमा भर्ना हुनु भएको रहेछ, नजिकै भएकोले माइजु आफनो जिम्मेवारी पुरा गदै हुनुहुन्थ्यो भने हामी उहाँको साथे गएका थियौ ।

यहाँ भन्दा पहिला म सुत्केरी वार्डमा प्रवेश गरेको थिइन । लाग्थ्यो त्यो महिलाहरुको मात्र क्षेत्र हो, बच्चाबच्चीको रुवाई, मान्छेहरुको भिड ,अनौठो फिनेलको गन्ध अनि त्यसैमाथी हस्पिटल । तर त्यस वार्डमा केहीबेर प्रवेश गरिसकेपछि मलाई लाग्यो यो वार्ड अरुभन्दा भिन्न अनि निकै बिशेष  । एउटा वार्ड जहाँ एउटा शरिरको आगमन हुन्छ, एउटा यस्तो वार्ड जहाँ परिवारको सपना,आशा अनि मायाले पुर्णाता पाउछ । यसतो वार्ड जहाँ निस्कने रुवाईले आमाहरुको ओठमा मुस्कान आउछ । त्यही वार्डले एउटा पुरुषलाई पिता र महिलालाई आमामा परिवर्तन गर्छ । एउटा यस्तो वार्ड जहाँ महिलाले आफनो बच्चालाई पहिलो पटक स्तनपान गराउदा आफुलाई पुर्ण ठान्छीन ।
केही समय अघि बाबु भएछ, एउटा परिवारमा खुसीको आगमन भएको थियो । ठ्याक्कै बाबु जस्तै रहेछन , नाक चाही आमाको जस्तो , कोही भन्दै हुनुहुन्थ्यो । सायद अन्य देशमा भएको भए कस्तो किउट बेबी भन्थे हाम्रो पन निकै प्यारो छ ।
उभिदा उभिदा थकाई लागेर त्यही नजिकैको बेन्चमा दाई र म बस्यौ । छेउमै दुइजना महिलाहरु कुरा गर्दै हुनुहन्थ्यो । उहाँहरुको गफ मेरो कानमा प्रष्ट आएको थियो  । कति ज्ञानी रैचन यि नानीहरु, उहाँहर नर्सहरुको कुरा गर्दै हुनुहुन्थ्यो । मिठो बोल्ने, नबुझेकालाई बुझाउने, बेला बेलामा औषधि दिने निन्द्राको मतलब नगरि खटिने नानीहरु । मलाई पनि उहाँहरुको कुरा सुनेर नर्सहरुप्रति अनौठो सम्मान जाग्यो कति निष्ठावान छन आफनो काम प्रति तनावमा हुदा पनि कति हसिलो मुहार । आधा रोग र पिडा त यहि हसिलो मुहार देखेरै रोग निको हुन्छ होला ।
सेतो पोसाक देख्दा अप्सराको याद आयो । अप्सराहरु जसले स्वर्गको सुन्दरता कायम राखेका छन अनि धर्तिलाई स्वर्ग बनाइ रहेका छन नर्सहरुले । मायाले, सेवाले,मिठो बोलीले ।
गाउँका सुरविरकी छोरी पनि यस्ते पढदै छे रे अर्की महिला भन्दै हुनुहुन्थ्यो । कति समय लागेको हो अब त हुनु पर्ने हो ? उहाँहरुपनि कुनै नयाँ जिवनको स्वागतको लागी निकै आतुर हुनुहुन्थ्यो । भित्तामा टासिएका स्वस्थ्य सम्बन्धि सुचना हेर्दे थिए । दुई सन्तान, जन्मान्तर,पोषण, खोप आदि । केही समयपछि एउटा दाई उहाँहरुको नजिक आउनु भयो, केही निराश जस्तो सायद अनिधोले होला । छोरी एक छिन तिनै जना चुपचाप हुनुभयो, अचानक र्कफ्यु लागे जस्तो । केही पछि मौनता तोडियो ।
आमालाई कस्तो छ ?
अ, उसलाई त ठिकै छ ।
घरमा फोन गरिस त?
छैन, भोली थाहा पाइहाल्छन नि , दाईको जवाफ असन्तृष्टि मिसिएको थियो ।
बाटुलीले बहिनी पाई, यसपाली त भाई पाको भए नि हुने नि ।
हो के रे हाम्ले भनेर नहुने, हेरेका रैनचन क्या, लक्ष्मीले त हेरेर फालेकोे रैछ ।
म उहाँहरुको कुरा सुनेर एकछिन सोचमग्न भए । यो वार्डमा सन्तान प्राप्त गर्दा खुसीमात्र हुन्छन ठान्ने दुख मान्ने पनि अवस्था देख्दा अचम्म लाग्यो । केही समय अघि नर्सहरुको कामको तेति धेरै प्रसंसा गरिरहनु भएका उहाँहरले कसरी बिसिनुभयो कि बाटुली र उनकी बहिनी पनि त्यस्तै नर्स बन्न सक्छन । पासाङ्ग लामुले जस्तै सर्वेच्च शिखर सगरमाथामा चन्द्रसुर्य ध्वजा फरफराउन सक्छन । प्रधानन्याधिस होस वा राष्ट्रपति अनि सभामुख पनि त महिला नै हुनुहुन्छ हाम्रो देशमा पनि ।  अवसर र विश्वास गरे गर्न नसक्ने केही छैन, उहाँहरु स्वयम आफैमा विश्वास गर्न सक्नुभएन ।
हामी हस्पिटलबाट करिब २ः३० बजे फर्कियौ
त्यसपछि म निदाउन सकिन त्यही कुराहरु मेरो दिमागमा खेलिरहे । ं
कति बेला निदाए छु थाहा भएन ।
बिहान ८ बजे आखा खोलिए । उठेर चियाको प्रतिक्षा गरिरहे म आफै गएर चिया बनाउन सकिन । सायद मेरो मानसिकता कमजोर थियो, हिजो रातभर समनताको कुरा गर्ने म आज आफुलाई चिया बनाउने होइन, पिउने मात्र ठान्दैछु, भाडाँ सफा गर्ने होइन भाडा जुठो गर्ने मान्दैछु ।

यसैगरी यस महिला हक हितका क्षेत्रमा काम गर्ने र म निकै समानता पाए गफगाफ निकै ठुलो व्यवहार भने निकै भिन्न । वास्तविकता

Western Regional Hosptal Pokhara
https://www.facebook.com/subash.bhandari.17
Subash Bhandari



Wednesday, August 8, 2018

Behuli

निकै माया लाग्छ उनी हास्दा, रिसाउदा, हर साझँ मेरो प्याकमा पानी मिसाउदा । म सँग त पिउने बाहना छ अफिसको कामको तनाव छ तिमीले त नपिए पनि भयो भन्दा ,उनी आफनो वाहाना सुनाउछिन मेरो बुढो लाई तनाब छ यसैले पिएको । कयौ चुरोटका खिली उनले अनि मैले पालै पालो तान्दा ठुटा भएका छन । आजपनि टेवलमा प्याक यथावत नै छ चुरोटका खिली पनि छन तर प्याकमा पानी मिसाउने अनि त्यो चुरोट सल्काउने मेरी बेहुली .......
Subash Bhandari

Monday, July 23, 2018

आधार तिमी नै


मेरो लागि जिउनुको आधार तिमी नै
भन्नुपर्दा मेरो जिबनको सार तिमी नै

म सँग निकै निकट छै तिमी
मेरो हेरक सोच अनि बिचार तिमी नै

दुखका तालहरुमा दुब्दा कहिलेकाहि
आशारुपी त्यो अदभुत किनार तीमी नै

तिमी मै हास्छु, खेल्छु अनि रम्छु आजकल,
मरो लागि त एउटा पुर्ण संसार तिमी नै

बैशाख १२


सुख दुखमा मलाई उनको सदा साथ थियो
जिन्दगीका प्रत्येक खुसीमा उनको हात थियो

निकै सुन्दर थियो संसार हाम्रो मायाको,
जहाँ रमाइलो भविष्यको मिठो मिठो बात थियो

हाम्रो खुसी सदाको लागि रहन सकेन, उनलाई
टिपी लग्यो दैबले समय बैशाख १२ को कालो रात थियो

जब सुने उनी धरहरा वरपर कतै परिन भन्ने,
आत्तिएर म जादा त्यहाँ लासहरुको ठुलो खात थियो

डराई डराई खोज्न थाले उनलाई म रोकियो मेरो धडकन,
जब एउटा हात देखे त्यहाँ हाम्रो मायाको औठी सौगात थियो

झम्टिएर उनको लासलाई रोइरहे म, त्यही नै उनीसँगको
मेो अन्तिम साथ थियो

केही पलमै मो सबै सपना चक्नाचुर भए,
त्यसदिन दैबले मलाई दिएको ठुलो घात थियो

Saturday, July 21, 2018

काले

  उनी मलाई काले भन्छिन, अनी म भन्छु
हेर त्यो शितल रात कालो छन
मेहेनिती किसानको हात कालो छन,

उब्जाउशिल त्यो माटो कालो छन
याद गर्नु तिमी हिडने बाटो कालो छन,

तिमीले पुज्ने शिबलिङ्ग, गोकुलका प्यारा कालो छन
विष्णुका रुप शालिग्राम ति ढुङ्ग सारा कालो छन,

विर्सियौ तिम्रो ती सुन्दर केस कालो छन
अझ यो संसार हेर्ने आखाको नानी बिशेष कालो छन,

अनी उनी हास्दै भन्छिन "गोरे सुन चोर, काले मुन चोर"😂
   

Wednesday, July 18, 2018

अङगमाथी मेरो अङग भयो

अदभुत त्यो पल जब उनको अङगमाथी मेरो अङग भयो,
लाग्यो मेरो कयौ वर्षदेखिको एकाग्रता आज अचानक भङग भयो,

 दुवै एक किसिमको डरमा थियौ, अनुहारमा के होला कस्तो होला,
भन्ने त्रासले रातो निलो रङग भयो ,

उनी आफनो तर्फबाट पुरा तयारिमा म पनि के कम थिए र,
दुबैको बिचमा एक बिशाल जङग भयो

कुनै शब्द छैन त्यो पलको वर्णनको लागि सम्झदा पनि
मनै सिरीङग हुन्छ के के हो के के उनी सङग भयो

श्वास चले सम्म

हर साझ बिहान तिमीलाई हेरिरहु म श्वास चले सम्म,
मायाका शब्दहरु तिम्रालागि केरिरहु म श्वास चले सम्म

प्रत्येक पल छुट्ट्र मायाको महसुस  गर्नेछौ,
पल पलमा नयाँ नयाँ मायाको स्वरुप फेरिरहु म श्वास चले सम्म

बन्धन छ अटुट मेरो मायाको तिम्रो लागि,
 त्यहि बन्धनले सदा अगालोमा बेरिरहु म श्वास चले सम्म ,

तिम्रो मुहारमा मुस्कान म टुटन नदिउ
हरपल हासो खुसि आनि मायाले तिमीलाई घेरीरहु म श्वास चले सम्म

नानु

Wednesday, July 4, 2018

हजुरबाबा अनि चकलेट

धमिला आखाँहरु, हिड्न खोज्ने तर लडबढाउने पाइलाहरु, फुलेका दारी जुगाँ, चाउरीएको गाला,केहीमात्र अशंरहेका दातका टुक्राहरु, कम सुन्ने तर सुन्न खोजने कानहरु, सबै कुरा बुझन खोज्ने मन,रोगहरु अनि समय समयमा खानुपर्ने औषधिका पोकाहरु । एकदिन म पनि यस्तै अवस्थाबाट गुज्रिन्छु मेरो बुढेसकालको अनुभव म मेरो हजुरबाबालाई हेरेर गर्न सक्छु त्यसैले उहाँले खोज्ने, साथ,सम्बाद, हासो मा केही समय बिताउदा म रमाउछु अनि उहाँ पनि ।



खल्तीबाट चक्लेट निकाल्दै हाजुरबाबाले चक्लेट मेरो हातमा राखीदिनु भयो । नातीनातीनालाई भुलाउने यही मिठाई दिएर त हो । हजुरबाबा भन्नु हुन्छ । यी चकलेटको स्वादमा आत्मियता, आर्शिवाद,माया,साथ अनि आफनोपन मिसीएको छ । चकलेट खाएपछि भन्नु हुन्छ खोल पनि खायौ कया ? जतापायो उतै फोहोर गर्छन भनेर होला खोल चाही उहाँलाई नै बुझाउनु पर्छ ।

धेरै वर्ष भयो यसरी चकलेट दिन लाग्नु भएको । मलाई मात्र होइन घरमा आउने जो कोही, चीनेको, नचिनेको, बुटुवा,व्यापारी,आफन्त,ठुला,साना सबैको स्वागत चकलेट बाटै गर्नुहुन्छ । उहाँको खल्तीभरी हुन्छन चकलेट । भिस हो राम्रो गर्च , ८५ वर्षको उमेरमा पनि उहाँ रोग देखी टाढा हुनुहुन्छ उहाँले औषधी खाएको विरलै थाहापाएको छु । पातीको पात, निमको पात, बोदो,घोटाप्रे चाही निकै खानुहुन्छ , सायद यही नै हो की उहाँको स्वस्थ हुनुको रहस्य मलाई पनि दिनु हुन्छ खान तर मेरो घाँटी त्यी पाताहरु निल्न निकै कठिन मान्छ ,कसरी खान सक्नु हुन्छ ।  पानी , पानी नियमित पिउनु पर्छ भन्नुहुन्छ । पानी धेरै पिए पिसाव मात्र लाग्छ म चाही अली कमै नै पानी पिउछु ।
मलाई चकलेट दिइ आफु भने सुर्ति मुखमा हाल्दै सुर्तिको स्वाद लिनु हुन्छ , म हजुरबाबालई जिस्काउदै भन्छु मलाई भिस दिएर आफु भने मीठो सुर्ति खानु हुन्छ । नाई म पनि सुर्ति खान्छु ।
मिठो छ भन्दैमा कसरी नातीलाई विष दिउ र मेरो पो बानी प¥यो । सुर्ति छाडन कोसिस नगर्नुभाको पनि हैन , सुर्तिको संगत छाडन ल्वाड,सुकमेल पनि चवाउन थाल्नु भयो तर भनिन्छनी पहिलो माया निकै प्यारो हुन्छ । उहाँको माया पनि सुर्तिसगैको त्यस्तै निकै प्यारो ।

छीमेकी घरको सानो भाईको पनि बानी परेको छ मिठाइको । गेट बाहीर निस्कीयो कि त आइपुग्छ दौडदै, बा मिठाई भन्दै । हजुरबाबा पनि खल्तीमा हात हाल्दै दिन हुन्छ एउटा चकलेट । अच्ममको कुरा त यो छ कि राती सुत्दा पनि उहाँको मुखमा मिठाइ रहीरहन्छ । रातको २,३ बजे मिठाइको खोलको आवज आउनु सामान्य हो ।

सानै उमेरमा टुहुरो हुनुभएको आफनो दुखद सर्घषका कथाहरु समय समयमा सुनाउनुहुन्छ । मिठाईको स्वदमा म ति मीठा नमिठा कथाहरु सुनिरहन्छु ।  बाल्यकाल,टुहुरो, दिदिको माया, विवाह, घर, जग्गा, सन्तान, शिक्षा, छोरा छोरीको विवाह, अशं यी विभिन्न अवस्थाका आफनै मन छुने कथाहरु छन । घरमा आगलागी भएको, फेवातालको बाध गएको ४,५ वर्ष सम्म बाध नबन्दा अकंलले चामलको बोर्का कस्तो हुन्च भनी सोध्नु भको प्रसङ्ग निकै घतलाग्दो तरिकाले सुनाउनु हुन्छ । एउटा सानो विरुवा विशाल रुप लियो, हागाँहरु मजबुत भए , खडेरी, सुख्खा, हावा हुरी बीच लडदै आजको अवस्थामा आउदाको उहाँको कथामा कयौ दुख, सुखका कथाहरु लुकेका छन । यी कथाहरु कुनै उपन्यास भन्द कम छैनन । मार्मिक अनि यथार्थ ।

ठटटा गर्ने उहाँको शैली निकै रमाइलो लाग्छ ।
हजुरबाबा गुड नाइट
भेरी गुट, मकै भुट, फुल उठाई

कहिलेकाही विवाहको कुराले उहाँसँग जिस्कन रमाइलो लाग्छ । म सोध्छु हजुरले कति वर्षको उमेरमा विवाह गर्नु भएको ।
१६,१७ को उमेरमा हो ।
म चाही २५ पुगे मेरो त केही सुरसार नै छ्रैन । आफु भने २ पटक विवाह गर्ने नाती को एक पटक पनि होला जस्तो छैन ।
मेरो कुरा सुनेर हजुरबाबाट मेरो अकगणीतलाई सच्चाउदै भन्नुहुन्छ, दूई होइन ३ पटक हो विवाह भएको । तेस्रो पटक आक सग ।
ए अर्को पनि हुनुहुन्छ हजुरआमा म हास्छु । मुलको पानी र कुलकी छोरी याद राखनु भन्दै विह्ेको कुरा मजाक होइन भन्ने आभास दिलाउनु हुन्छ हजुरबाबा ।

मिठाइ सगै का मिठा गफ हजुरबाबा सँग

Monday, July 2, 2018

झरी अनि छाता


एउटा निकै प्रभावकारी बस्तु छाता । दुवै समय घाम होस या पानी छाताको महत्व बेग्लै । दुलाहलाई छाता, बटुवालाई छाता यता छाता उता छाता । जोडिलाई जोडने छाता एउटा छाता दुई व्यक्ति पानीवाट जोगिन, जोडिएका जोडिहरु ।

२०७५ साल असार १७ गते एउटा पार्सल बुझाउन पर्ने थियो । उहाँ कलंकीमा ठिक ११ः३० मा आउछु भन्नु भयो । जापन पुराउनु पर्ने थियो त्यो डकुमेन्ट । हिजो देखीको झरीले दिन निकै शितल बनाएको थियो भने बाटो कुनै रोपन बनाइएको खेत भन्दा कम थिएन । कोठामा भएको एउटा छाता कता परेछ कता । खोज्दा नपाएपछि उतै किनौला यदि पानी विदा भए झन किन्नै परेन । जुत्ता हुदैन आज चप्पल पडकाउदै हिडनु पर्छ भन्दै लागे कलंकी तिर । रुझदै रूझदै लागे पागा दोवाटो पानी परेकाले होला खासै भिड थिएन नत्र अन्य दिन बसमा बस्ने सिटको अभाव हुन्थ्यो । सबैको हातमा छाता मेरो हातमा मात्र नाई । बुल्खु झर्ने अगाडी आउनुहोस कन्डकटरको आवजले म अगाडि आए र बल्खुमा ओर्लिए । बल्खुमा झन पानी दर्किएर परयो । सबै छातामा थिए । छाता सबैसगँ थियो नाता कसैसँग थिएन । म रुझदै हिडन बाध्य थिए । बल्यकालको गित याद आयो पानी परयो असिना झर्यो, दाईको रुमाल भाउजुलाई मन परयो । बाटो भरी हिलो, हिलोले चप्पललाई चपक्क समाएको थियो कुनै प्रेमीले प्रेमीकालाई समाए सरी कुनै मुभिमा म भने भिलेन गरी हिलो र चप्पलको सम्बन्धको बिचमा उभिएको थिए भिलेन सरी । हिलो र चप्पललाई छुटाउने कोसिस गर्दा झण्डै म नलडेको । बसमा एउटा दाईको आडमा बसे मेरो भिजेको ज्याकेटले त्यो दाईको नभिजेको सर्टमा केही चिसो बनाइदियो , त्यो दाईको हातमा पनी छाता । पानी परेको दिन सायद छाता नलिइ हिडन नहुने थियो, डर पनि लाग्यो कतै यो समाजले मलाई नस्विकारने पो होनी । 
बस कलंकीमा रोकियो बसबाट झरने वितैकै त्यही बाटोमा एक व्यापारी दिदी छाता ओढी छाता नै बेच्दै हुनुहुन्थ्यो , यो दृश्य देखेर रमाइलो लाग्यो ।  हतार हतार दिदिको छातामा ओत लाग्दै भने दिदि छाता कसरी हो । ४२५ हो दिदिको जवाफ थियो । कति महङगो हो मेरो प्रतिउत्तर थियो । राम्रो छाता होनी भाई । मलाई छाता किन्नु थियो , उहाँलाई बेच्नु यदि छाता नकिने म खतरै रुझने थिए उहँले पनि छाता बेच्न नसके सायद कमाई नहुने थियो । मैले भने म त ३०० दिन्छु , दिदिले ३५०को माग गर्नु भयो । मैले अडकल गरे ३०० मा पक्कै पाइन्छ । त्यसैबखत दुई जना छाता किन्न आउनु भयो एउटा छाता ओढी २०,२१ बर्षका थिए होलान केटिहरु । दिदि यो छाता कति हो , यो प्रश्नमा उहाँको उत्तर थियो ४५० म हेर्दै थिए उहँको व्यापारको शैली । सबै वोलीको कुरा थियो उनीहरु भन्दै थिए दिदि ४०० मा दिनु न । ४०० त मेरै पर्छ नानी , राम्रो छाता हो । छाता खोलेर हेरी उनीहरुले रु ५०० दिए १०० रुपैया फिर्ता दिदै दिदिले भन्नु भयो नानी २५ रुपैयाको खुजुरा छ होला । नानीहरुले पनि २५ रुपैया दिदै छाता ओढेर लागे म बिजनेसको विद्यार्थी तर उहाँले सायद विजनेसका कुनै साध्य नपढे पनि समय, व्यक्ति , अवस्था अनुसार व्यापार गर्ने पढेका पुस्तकहरुमा पनि थिएनन ति कुराहरु । मैले रु३०० दिएर छाता लिए, भर्खरै ४२५ मा बेचेको तिमीलाई ३०० मै भैगो दिदिको मायाले भरिएको उत्तर । सोचे आज जे होस रु १२५ जोगाए । जोगाउन के जोगाउनु तिरनु पर्ने भए पो जोगिने नतिरकन कसरी जोगियो र म छाता ओढदै बाटो काददै थिए अनि सोचे  यो छाता त्यो दिदिले रु १०० मा किनेको भए नि साला म रु २०० ठगिए ।

Saturday, June 30, 2018

सुन्दर आखा,

निर्दोष, चञ्चल तिम्रा ति
सुन्दर आखा, अनी त्यही आखाका वरिपरि रहेका मेरा सपनाहरु । सधै हेर्न खोज्छु तिम्रा आखा तर जब तिम्रा आखासँग मेरा आखा जुध्छन तब झुक्छन अनि लुक्छन मेरा आखा । आखा  आखा बिचको यो अनौठो युद्धमा सधै जित तिम्रै आखाको । ठुला अनि खैरो नानी देख्दा लाग्छ तिमी कुनै बघिनि हौ, हो जुन बघिनिका आखा नै कामी छन मेरो ज्यान लिनलाई ।

सायद तिमीले धेरैको मुखबाट सुन्यौ पनि होला, धेरैले भने पनि होलान तर पनि म चुपचाप बस्न सकिन कसम निकै सुन्दर छन तिम्रा आखा । कति अनौठो छ है यो आखाको संसार तिम्रा आखाँलाई सम्झीदै गर्दा किन किन मेरा आखाँहरु टिलपिल भैदिन्छन कहिलेकाही अनि तप्प तप्प चुहिन्छन सम्झनाका ति पलहरु जुन आखामा निकै ताजा ताजा छन ।

बाटो ढुक्ने गर्छन सधै तिमो अनि तिम्रो आगमनमा निकै मुस्कुराउनछन मेरा आखा अनि अरुतिर , अन्त ध्यान नदिई केबल तिमीलाई नै हेरिरहन्छन एकोहोरो । गाजलुको घेरोले घेरीएको सुन्दर घेरो त्यो घेरो भित्र प्यारो आखा मेरो अनि त्यही आखासँग जोडिएका सपना,वर्तमान,सोच,साथ,सम्बन्धहरु ।

Monday, June 25, 2018

त्याे एक दिन

शुभ बिहानि
धेरै भएकाे थियाे कतै जान पाए हुन्थ्याे जहाँ हजुर , म अनि त्याे सुन्दर बाताबरण एक अर्का सङ बाधि मन मायाकाे कुरा साट्न केही हिचकिचाहट नहाेस्। उ भन्थि तपाई म सङ के Facebook मा नै भेट्नुहुन्छ, अनि जीवन पनि त्यसैमा😏 । हाम्राे कुराकानि सदा भैराख्थाे तर भेटघाट भन्ने त परै काे थियाे। दिन एकिन याद चाहिँ भएन उ परीक्षा सिध्याएर बसेकि थि र म सदाकाे बेराेजगारि। मेराे बिहान अझै भएकाे थिएन माेबाइलकाे RingTone ले ब्युझायाे पहिलाेचाेटि त ह्या भन्दै उठाइन, फेरि फाेन अायाे उहीँ च्याखुरिकाे रहेछ।
Goodmorning!!
खुब खुब😏 फोन उठाउनु नि कति गारो😈
होएन म बाथरूम थिए बहाना बनाए घडि हेरेकाे ९ बजिसकेकाे रहेछ।
बल्ल बिहान भयेको हो अल्छि ? उ रिसाको जस्तो गर्दै थि
हिजो राती अबेर सम्म फूटबल हेरेको निन्द्रा मज्जाले नै परेछ।
अनि अारामै हुनुहुन्छ , के गर्दै हुनुहुन्छ आज्कल?
अ! आराम खायो ढिडाे हल्लियो हिंड्यो भाछ। अनि घर मा मामु बुवा सपैम आरम छ?
अ आराम हुनुहुन्छ, छोरी ठुलि भै रे बिहे गर्दिनु पर्याे भन्दैहुनुहुन्थ्याे😑😑
(म एकछिन अात्तिए फुटेकाे काैडि कमाइ नभएकाे अाफ्नाे कट्टु किन्न त बाबा सङ पैसा माग्नु छ, उसलाई पनि अरुलाई जस्तै सुन ढल्काएर चिटिक्क समयनुसार कसरी पुर्याउनु त्याे भन्दानि साथि भाईकाे बिबाहकाे प्लेटकाे पैंचाे तिर्न पर्छ भन्ने चलन छ, त्याे मात्रले कहाँ भयाे र हामी पाेखराका स्थानिय बिबाह त ठुलै गर्न पर्छ, हजुरबुवा मुवा,अामा,बाबा ,काका काकि सुन हाल्दिनै पर्ने कपडा त भनेसाध्य छैन तीन पुस्ता पुर्याउनु छ)
कता हराउनु भयाे? ठिक्क पर्याे बडारनु पर्ने धुलाे हावाले उडाउदै छ भन्नुभाछ क्या😏
पागल बढि नहाै त म झाेक्किए।
हैन मैले मजाक गरेकि, कस्ले गर्छ र बिहे अहिले😀😁
(मन अलिक ढुक्क भयाे)
अाज के गर्नुहुन्छ त , फुसर्द मा हुनुहुन्छ र?
अ खालि नै छु।
जाम न त कतै घुम्न।
कहाँ जाने हाे र?( केटि सङ हिड्न डर, लाज लाग्थ्याे कसैले देख्छ कि, के भन्ने हुन)
भयाे भाे जान पर्दैन हामी त काे हाे र, गएभाे तपाईकि अस्मिता सङ😏
( कल्पनिक नाम अस्मिता )
पागल बढि हुने हाेइन। ल खाना खाएर लिन अाउछु तयार भएर बस्नु,बढि नक्कल पारेकाे मलाई मन पर्दैन,सिम्पल भएर निस्कनु पाइन्ट सर्ट चिसाे हाेला ज्याकेट लाउ, बढि नखरा देखायाै भने फर्किन्छु म😐
हवस हजुर भन्दै फाेन राखि।।।।

म जन्ती उ लाेकन्ति
अामा खाना पस्किनु त अाज साथिकाे घरमा पुजा रहेछ मुख देखाएर अाउनु पर्याे ,मैले ढाटे। भनु पनि कसरी केटिले भेट्न बाेलाइछ भनेर। बुबा अरबकाे खाडिमा, दाइ डिग्रि पढ्न काठमाडौं जानुभएकाे घरमा हामी दुई मात्र थियाै। अामा पनि खासै कुरा नबुझ्ने अल्लि पुरानै पाराकाे जाे हुनुहुन्थ्यो। एक गाँस मात्र के हाल्न लागेकाे थिए त्याे दिन याद अायाे जुन हाम्राे पहिलेा नजर जुधेकाे थियाे। छिमेक दाईकाे बिबाहा थियाे म जन्ति त उ लाेकन्ति। जन्ति पर्सिए लग्त्तै बिहे भन्ने कुरा जाने बित्तिकै खाना तर्फ लागियाे ।
उचाई ५'५" गहुगाेराे मुहार छिनेकाे कम्मर र चलनचल्तिकाे जिराे फिगर मान्नुस बिहेमा सबै जन्तिले अाखा गाडेका कल्पिए पक्कै यी नै जस्ता हाेलान स्वर्गका अप्सरा अझ लाग्थ्याे उ भन्दा राम्रा त हुनै सक्दैनन् लाग्थ्याे भगवानले फुर्सदमै बनाएका हुनुपर्छ। म त फेरि बिज्ञानकाे बिधार्थि भगवान त खै, बुबा अामा नि भगवानकै रुप त हुन। उ म भज्दा दुई ब्यत्ति अघि थि, मासु खादिरहिनछ साेचे शाहाकारि रहेछ, एक मनले भन्याे "मासु नहाल उसलाई देखाउन भएनि" उ सिट खाेज्दै थि झुक्किएर नजर म मा नि थियाे तर मन के मान्ने हालियाे टन्न खसिकाे मासु र कुखुराकाे राेष्ट😀😂 उसकाे पछि पछि म पनि बस्ने सिट खाेज्दै थिए पछाडिबाट कसैले बाेलायाे" अाेई, शुभेच्छा " उ पछि फर्कि र मुस्कुराउदै साथितिर गई।" अस्विना तिमी" । साथिकाे नाम रहेछ क्या।डल्लि डल्लि हिस्सि परेकि गुरुङ,मगर जस्ति साह्रै राम्रि , बेला पुगेर हाेला जाे केटि पनि राम्राे लाग्ने। धन्यबाद दिए भित्रभित्रै साथिलाई एकतर्फि परिचय जाे गराईदि।😉
खानाकाे त के कुरा गर्ने टन्न खाइयाे,केटिकाे जात त पर्याे खाना बसेकाे एकछिन भकाेथिएन उठिहाले मुस्किलले ५ चमच खाए हाेलान झनक्कै रिस उठ्याे सिलिम हुन्छु भन्दा कहिले चिलिम हाेलिस😈 अब बर्बाद पर्याे अाफुलाई खाना अाधा घण्टा लाग्ने उ पाँच मिनटमै भागिहालि, मन खाकिलाई यसै छाड्न त भएन अाजै हाे जे गरेनि भाेलि त हुनेवाला केही छैन। हतनर हतार निस्किए बिछ्ट्टै राम्राे नाच्दि रहिछ अाफु भने समाचार, भजन, दाेहाेरि ,हिन्दी,अङ्ग्रेजी जे बजेनि नाच्नै त्यहि जानेकाे घुम्न मात्र। नाच्न नजानेकाेमा पनि दुख लाग्याे त्यहि दिन। बिद्यालयमा कार्यक्रम मा नाच भन्दा नाक खुम्च्याकाे अाज लात हानेकाे अनुभव साह्रै नमिठाे। एकछिन नाच हेर्दे कराउदै थपडि बजा जस्ताे गरे उस्काे नजरमा देखिन भएनि। उ नाचेर थाकि र एक छेउ लागेर बसि। अाफुलाई चाहिँ के भनेर बाेल्ने हाे,कसरी सुरु गरु भाथ्याे। जन्तिकाे मान पनि राख्नु पर्याे,लागियाे मण्डप तिर।।। भाउजुकि बहिनि (सालि) कि सहपाठि रहिछ, नया भेना जिस्काउदै थि माेरि, त्यसलाई मैले जानेथे मनमनै अाफैलाई भने।केटि जिस्काउन घरगाउमा चलेकाे नाम थियाे मेराे तर खै त्याे दिन उचित ठाउँ नमिलेर हाे कि, डर हाे बाेल्न सकिएन। जुत्ताकाे माेल गर्ने बेला उ पनि त्यहि थि ५०,००० नभई छाडिन्न ,कति सजिलाे है ५०,००० भन्न घरमा बुबाले त दैनिक खाजा ५० मा टार्नु हुनछ हाेला यहाँ ठुला कुरा गर्छे😈 " कान्छि जुत्ता २००० काे हाे तिम्ले त पसलकै भाउ गरेउ त" मैले भने। " हामी भिनाजु सङ डिल गर्छाे अरु बाेल्न पर्देन दुख नपाउनु" भन्छे नखरमाउलि।अनि त्यहा बाट हिडे समय पनि भाथ्याे जन्ति फर्कन लागेथे खै २५००० मा जुत्ताकाे कुरा मिल्याे रे😏😏 फर्कदा अाखा जुदाइयाे र लाटा पारामा बाई बाई। अब घर पुगेरै नया भाउजू सङ साेधेर फेसबुकमा रिक्वेस्ट पठाउने साेच गरि अमिलाे अङ्गुर भन्दै घर लागियाे। थर रहेछ बराल ✌

हतपत Facebook खाेले र Search गर्न तर्फ लागे। नाम पनि सार्है गार्हाे परेछ, अाजकल नामकै अाधारमा मात्र साथि खाेज्न अप्ठ्यारो भैसकेकाे छ, फाेटाे पनि अाफ्नाे राखे हुनेनि के हाे के हाे । यसाे फ्रेन्डलिस्ट हेर्नू पर्छ १०% साथी हरु त रोनाल्डाे फलानाे र मेस्सि डिस्कानाे नै छन्, राजतन्त्र अन्त्य भाकाे हाम्राे देशमा राेयल खानदान बाट पनि राम्रै काेटा थ्याे king त्याे, Queen म, Prince, princess सबै । थाेप्डा न साेप्डा प्रियङका चाेपडा हरु पनि कम छैनन्। कता पाेष्ट देखिएथ्याे " एन्जल परि म भेट्न गकाे टपरि रहिछ" , " Bullet Boy Ma चाहिँ बाउकाे बुढाे साइकल चाेरेर फरार" यस्तै यस्तै। उमेरकाे हकबन्दि अलि बढाउन लगाउने हाे भने अलि कम हुन्थ्याेकि जुकरब्रर्ग दाइ सग सल्लाह गर्नुछ। नाम त मेरै सजिलाे, Subekshya, subecchhha, subeyXya सर्च गरे सबै प्राेफाइल चियाउन पनि पछि परिन माेरिकाटे पाउने हाेइन। लाग्याे Angel Pari नै परिछ क्या😑😑 अब के भनेर साेध्नु कसलाई साेध्नु अाफुलाइ यहाँ कहिले उस्काे फाेटाेमा लव रिएक्ट गरु भैसक्याे😒
नब बिबाहित जाेडि दुराने फर्काएर अाएका रहेछन् काेसेलि छाड्न हाम्राेमा ठ्याक्कै अाइपुगे। "अजिङ्गर काे अाहारा दैबले पुर्‍याउछन" भन्थे अाफुलाई अजिङ्गर ठानियाे।
"भाउजू दर्शन "
"दर्शन बाबू" अल्लि लजाउदै मन्द हासाेमा
" कहिले फर्कनुभयाे माइतबाट?"
"अघि भर्खर"
म अाैपचारिकता निभाउदै थिए, एक्कासि साेध्न नि मिलेन।
जे परे पर्ला मनकाे पाेकाे खाेलाहाले
" भाउजू शुभेच्छाले Facebook चलाउदिन?"
"के हाे बाबू पारा मन पर्याे क्या" भाउजू पनि मजाक गर्न थाल्नु भयाे ।
"त्यस्ताे खासै केही हैन, साथि बनाउकि भनेर मात्र"
" साथि मात्र हाे कि जीवन पनि😀😀😁"
म स्तब्ध 😒😑
"शुभेच्छा बराल छ बाबू नेपालीमा लेखिछन क्या"
" नेपाली पन देखाउनु भएछ Facebook मा भएपनि"
😁😁😂
"जान्छु बाबू"
"हवस् भाउजू"

त्यहि दिनमा प्राेफाइल पिक्चर चेञ्ज गरिरहिछ, कालाे साडिमा सेताे बदन देखाकि 😀😁💕💞 Request Sent✌✌
प्रत्येक ५ मिनटमा चेक गर्थे खै त्याे दिन भरि नचलाकि हाे कि Ignore हाे गाराे पर्याे😏😐😑😑😒
भाेलिमात्र Notification Bar मा राताे देखियाे र अान्नदकाे अनुभूति भयाे Accept गरिछ बरालनि ले😂😂😂 Online रहिछ साचे बाेल्नुपर्याे
"Namaskar"
Hi
अाराम छाै?
टाउकाे दुखेछ 😏
किन हाे र? कहिले देखि हाे?😑😏
भर्खर हजुर सङ बोलेपछी।
अाैषधि पठाउछु खाउ😀😁😁
No, thanks😏
तिमी यस्तै हाे कि, म सङ मात्र ?😈
गको म
र अफलाइन भै।
उसका सबै फाेटाेमा लाइक र कमेन्ट् गर्ने नीति पारित गरियाे मनाेज सरकार बाट र पञ्चमिनेट याेजनामा पारियाे र सुरु भयाे Cutie,gorgeous,awesome,adorable, sweet, pretty,lovely, hot comment ।
नाेटिफिकेसन थुप्रै भएछ क्या Screenshot नै गरेर पठाई म हासिदिए।
बिस्तारै नजिकिदै गई Sense of humour नि मजाकै रहेछ, मध्यरात सम्म Messanger मा ड्युटि पर्न थाल्याे, एक दिन पनि ड्युटी छाड्न मन नलाग्ने अझ Overtime भएपनि गरु जस्ताे उ पनि यस्तै भन्थि😁😁😁 भईपरि अाउने बिदा पनि लिइएन अझ।।
खासै प्राइभेट कुरा त केही हुदैनथ्याे उहीँ पढाइ , घरपरिवार, सञ्चाेबिसञ्चाे कहिले काहीँ स्विक्रिति लिएर Adult Joke नि गर्थे उ छि तपाईं भन्दै हास्थिं। बेला माैकामा मायाकाे कुरा नि जाेड्थे उ हासेरै टारिदिन्थि हाेस् हामी दुईमा माया थियाे थिएन तर माया भन्दा गाढा सम्बन्ध थ्याे। एकदिन उ Online अाकि थिइन मलाई जुन असह्य थियाे, धेरै चिन्ता लिएर हाेकि ज्वराे नै अायाे नि 😑खाना खाएर ८ बज्न नपाउदै अाैषधि खाएर सुते।
भाेलिपल्ट Message काे रिप्लाई अाकाे जुन मेराे हिजाे गरेकाे थिए।
हेर्नुन( typing...)
देखाउन😁😁😂
जे पनि😏😈
हेर्नुन, हिजाेकाे हावाहुरिले गर्दा दिनभर बत्ति अाएन माेबाइल Off भैसकेथ्याे😑😑😑 रिसाउनु भकाे?😑😑
तिमी सङ किन रिसाउनु, तिमिलाई केही फरक पर्ने भएपाे। रिसाएनि अाफै फक्किनु पर्छ, तिमिले मनाउनि भएपाे रिसाउनुमा नि छुट्टै मजा हुन्थ्याे।( अलिक भाउ खाकाे जस्ताे गरे)
है !😀😀😉😉
( फेश्बूक मा बोल्न थालेको ३,४ महिना भैसकेको थियो तर पनि हामिमा मोबाईल नम्बर आदनप्रदान भएको थिएन )
तिम्राे माेबाईल नम्बर ९८०००१११११ हाे र ?😏५ Misscalled रहेछ, तिम्ले गरेछाैकि जस्ताे लागेर के! ( नम्बरकाे अाशमा एक बाहाना)
हैन मेराे त। म त ९८०००२२२२२ लिन्छु।धन्यवाद 😀😁✌✌✌

त्यहिबाट नम्बर Save गरेर कल गरे।
"अाेई, शिबे कता हाेस त?😈😈 देख भेट नै छैन, बिहे गरेको साथि बिर्सिस है😏"
( उसले केही बोल्न नपाउदै एकै सासमा एउटा कथा बनाईहाले)
"कसलाई खाेज्नु भकाे हाे र"
"भाउजू दर्शन, दाइ हुनुहुन्न? कता जानुभएको छ र, हाई हैल्लाे नै छैन अाजकल😀😁"
( म यत्तिकै जिस्किदिए)
"काे शिव अनि काे भाउजू😈😈 चिन्दिन म कसैलाई Wrong Number पर्याे राम्राे सङ check गर्नु अनि Call, बेकारमा Tension दिने हाेईन यहाँ।"( रिस १०० मै पुगेछ क्या काटिदिइ)
स्वर पनि कति मिठाे माेरिकाे अलि बेर बाेले त सुगरकै बिमारी हुन्छु जस्ताे😍😍 फुसदमै बनाउनु भएकाे रहेछ, हुनेवाला सासू ससुराले मनमा यत्तिकै लड्डु फुटिराथ्याे।। सोचे फेरि एकपटक कल गर्छु र रिडायल गरे।
रिसाएछ क्या फोन काटिदि। अब Message काे बिकल्प थिएन।
म:O vauju dai sanga busy ho kya phone ni katidinu vayo😀😁😁 Manoj vai le phone garethyo vandinu hai dai lai✌✌
Message sent र एक‌छिनमा received पनि।
उ:Tapailai pagal kam xaina hai😈😈 k ko vauju hora dai sanga bihe gardine bichar xa kya😂😂😋😋
म: अ दादा को भाईलाई साह्रै मन परेछ रे 😀😀😉 बिहे गर्छु भनेछ, कहिले लिन अाउने हाे साेध्नु भन्दैथ्याे।
उ: हुति भए भर्खरै अाउनु नत्र गईदैन, हामी पनि हेरम न कतिकाे अाटिलाे हुनुहुन्छ।
(लाै फसाद पारि हासाे गरिकि त हाे,तै पनि मुखनै बन्द गरिदि के Reply दिने)
म: ल अाउन त केही अापत्ती छैन, अहिले ल्याएर के गर्नु, तिमी अाफ्नाे सिउदाे जाेगाउ म बिहे गर्ने पैसाे गर्दै छु😀😀😀
उ: कति अाउने हाे याे मान्छेलाई, गफाडी हजुर त।
म: तिमी त हाै नि गुरु, मेराे उत्प्रेरणा
उ: फेरि गफ😏 म गकाे, सम्झिदै गर्नु ।।
म: हवस्।।
( यस्ताे लाग्थ्यो कि गफ गरेरै पालिने भए मैले राजकिय भन्दा कम सुबिधा उपभाेग गराउथिन हाेला, साेल्टि हाेटलबाट उठेर,चार वटा सुरक्षा गार्ड अघि पछि Audi मा हायात गएर बिहानकाे नास्ता पछि अाफ्नै जेट बाट फिस्टेल मा भाेजन गरेर , दिनमा एक पटक सुर्य नेपाल मा गल्फ खेलेर खाजाकाे लागि Pokhara Grande र बेलुकाकाे खाना फुलबारि रिसोर्ट सङ Casino काे मजा पछि साेलटिका बिस्तारामा निन्द्रा )
उ पढाइमा अब्बल थि लिन त BBA हाे तर 4/4 थियाे सधै Grade म काम चलाउ भएपनि BE Civil गर्दै थिए Retake दिदै कटाउदै । बिहान उसकै फाेन बाट सुरु हुन्थ्यो र रात पनि उसैको, बिहानकाे Alarm बनेकि थि र रातकाे जनाउ घन्टि तर हामी Friendzoned मै थियौं यदपि।।
"दर्शन हजुर"
"साैभाग्यबति भए।"
😀😀 😀😁
"के गर्दै ?"
"पढिराछु अनि हजुर?"
"खायो पढाई ले खायो तिमी लाई"
(उ अल्लि पातली नै थि)
"है😀😁😁 परीक्षा अाउद‌ै छ यसाे हेरे जस्ताे गरेकाे हल्का😀😀😉"
"के काे हल्का हाे र, गरुँगो मानेरै हेर्नू नि परीक्षा जस्ताे कुराे, नम्बर मात्र कमि अाअाेस न म सङ बाेल्न पर्दैन भन्देछु😈😈"
"अाबि😐😑😒 भाे म पढ्न जान्छु Take care, bieee"
"हुन्छ, राम्राे सङ पढ्नु, You too✌✌"

परीक्षा
उस्काे परीक्षा एक साता पछि रहेछ दाेस्राे बर्ष ( 3rd semester) त्यसपछि मैले उसलाई फाेन, SMS गर्न केही कम गरे बिहान ५ बजे उठाउथे , दिनमा एकपटक कति सकियाे पढेर जान्न खाेज्थे र शुभरात्रिकाे कामना गर्थे, उ पनि पढ्नदास त परि, मलाई पनि खासै समय दिन्थिन। परीक्षा का प्रत्येक दिन शुभकामनमा र कस्ताे गरेउ भन्ने केबल सन्देश प्रवाह हुन्थ्याे। झन्झ१ महिना लियाे पापि परीक्षा अाफुलाई यहाँ कति बेला बाेलु मात्र हुन्थ्याे। उ र पढाइ लाग्थयाे पर्यायवाची नै हुन् म त हुला नहुला तर किताब उस्काे सबथाेक थियाे, उस्ले किताब च्यापेकाे देख्दानि किताब हुन पाएनि भन्ने रहर र किताब सङ उत्तिकै रिस र डाहा लाग्थ्याे।परीक्षा सकेपछि म तपाईंलाई Treat दिन्छु भनेकि थि, जीवन याद रहने छ थप्थि अझ, लाग्थ्यो चन्द्रमामै लगेर " राेमियाे जुलेट" हेर्दै CandleNightDinner नै गराउछे। म मा पनि छुट्टै उत्साह र रमाइलो थियाे, काेहि अाफ्नाे साेच्ने पाएकाे छु कहि कतै मिठाे डर पनि थ्याे, अहिले सम्म कुनै केटि सङ यति सार्है नजिकिएकाे थिइन र भेट कस्ताे हाेला के लगाएर जाने हाे First Impression त जसै राम्राे पार्नु छ। यसाे केटिकाे केशमा फरवार्ड दाइ, भाइ सङ नजानिदाे तबरले Dating Tips लिदै जान्थ्यो मेराे दिन। सुबास एउटा स्त्रिलम्पट साथि थियाे, उ अल्लि छटाहा र उछुङखल सल्लाह दिन्थ्याे भन्थ्याे
" हेर केटा केटि Opposite sex, sex भनेकाे के? काेहि जाेडि भेट्छन भने कुराे त्यहि हाे, संसार त्यसैमा अडिएकाे छ, डराउने त कुरै छैन, केटिहरु त्यस्ता कुरामा झन अगाडि हुन्छन्, अाफु शुरु त गर्दैनन् तर नाई नास्ति भन्ने उनिहरुकाे Dictionary मा हुदैन"
यस्तै यस्तै त अर्काे एक साथि पनि थ्याे उसले लवगुरुकाे उपमा पनि समालेकाे थ्याे "रिदम"
नाम पनि बाहुनले त जानेरै राखेका रहेछन्, जे केही पनि गर्ने दम राख्थ्याे केटाे, उसकाे वाणी:
हेर सुरुमै केटापना नदेखा, कतै सुनसान रमणिय ठाउ घुम्न लैजानुपर्छ,जहाँ एक अर्कासङ खुलेर कुरा गर्न मिलेस,काेहि कसैकाे डर नहाेस,Oversmart र Nervousness दुबै घरमै दराजमा पाेकाे पारेर निस्कनु जरुरि छ बाहिर जस्ताे छस् त्यस्तै Behave देखाउनु छ Blaw blaw......
फाेनमा बाेलेजस्ताे नहुदाे रहेछ, भेट भन्ने कुराे के कस्ताे हुने हाे, पहिलाे कुराे त कहाँ भेट्ने अझ प्रहरी जाँच पनि अाउछन भन्ने डर
एकछिन त झसङ्ग नै भएनि कतै प्रहरीले लगेर चौकिमा जाकदिने हाे, कसलाई के मुख देखाउनु 😑😑😑😑😑
बनकाे बाघले खाअाेस नखाअाेस मनकाे बाघले निलिसकेथ्याे तर रमाइलाे पनि उत्तिकै लागिराथ्याे। उ भन्थि दुई तीन दिनमा फाेन गर्छु।
परीक्षा सकिएकाे भाेलिबिहान JustTheWayYouAre बाेलकाे Ringtone बज्याे हेरेकाे उसैकाे रहेछ।
Calling....
Subey Xya😀😁
एकछिन गित गुनगुनाए फाेन नउठाइकन, साेच्न बाध्य भए एकछिन त Bruno Mars गित लेख्दा उसलाई देखेकाे हुनुपर्ने 😉 नत्र कसरी गित साेह्रै अाना उ सङ मिल्नु पर्नै😀😀😁
उ: कति गार्हाे हाे फाेन उठाउन नि😏
म: गरुङ्गाे छ के😀😁
उ: है?😋 के गर्दै हुनुहुन्छ ?
म: तिमिलाई नै सम्झदै थिए😉
उ: खुब बाडुल्कि लागेन के रे मलाई😐
म: कान्छि, समझेर बाडुलकि लाग्ने भए तिमिलाई त सास फेर्न पनि गार्हाे हुन्थ्याे😂😂
उ: भाेलि घुम्न जाउ😀😀
म: कहाँ जाने हाे?😐 (कुनै Idea थिएन)
उ: केटा मान्छे ले सब Manage गर्ने जता लगेनि लैजानु म त Ready😉
(लौ फसाद के भनु केही साेच्नै सकिन,)
म: (फुत्त मुखबाट निस्कियाे ) फिलिम जाम😑
उ: हुन्छ, भाेलि २-५ काे शाे मलाई घरमा लिन अाउनु।😀😁
म: अ अाउछ नि घर😈 जन्ति लिएर अाए अाइन्छ नत्र त्य्स्तै हाे, चाेकमा निस्केर बस्नु।।
उ: हबस्।।।।

सिनेमा हल
फिल्म त जाने भनियो तर फिल्म हल सङ खासै राम्रो सम्बन्ध थिएन, अर्को कुरो कुन कुन फिल्म लागिराखेछ त्याे पनि अत्तो पत्तो थिएन। पहिलो भेट हल थुप्रै नै थिए तर QFX बाहेक अरु मन मा राखेको थिएन। फिल्ममा खासै कुनै चाख थिएन मात्र २,२.५ घन्टा उ सङ समय काट्न पाईन्थ्याे त्यति हाे डर र रमाइलो अाधि अाधि ठाउँ अाेगटेका थिए। बाहिर कतै त जाे काेहि अादरणिय भेट हुनहुन्थ्याे , हल मा अाए साथि भाइ अाउलान तिनिहरुले देखे खासै केही हुदैन, अझ तिनिहरु नि couple नै त हाेलान अाए नि, तै चुप मै चुप हिसाब बराबर😀😀 बाहिर काेहिले देख्नु भयाे भने यति चाडाे खबर फैलिन्छकि BBC, CNN नि छक्कै पर्थे हाेलान्। उस्तै परे त अाफु घर पुग्नु भन्दा पहिला खबर घर पुग्न बेर लाग्दैन, कल्पना गरे, घरमा थाहा पाउनुभएछ बाबा अामा मुख फुलाएर बस्नु भएकाे 😂😂
बुबा( कता पुगेर अाईस्, ठिक छैन है चालामाला केटि लिएर हिड्छस रे, पढाइ सकेर अलि राम्राे तलब नभई केटिकाे चक्करमा लाग्ने हाेईन भन्देछु, अाइन्दामात्र केही सुने घर नअाएपनि हुन्छ अाफ्नै सुर कसे हुन्छ के ठिक लाग्छ😡😡😡) बुढा पुरै Fire! अब पालाे थियाे अामाकाे जे भनेनि अलि कमलाे नै हुन्छ अामाकाे मन, जति ठुलाे भएजस्ताे लागेनि उहाले सानै नबुज्ने साेच्नुहुन्छ भन्नुहुन्थ्यो :
" बाबू अहिलेकाे जमाना ठिक छैन, कसैकाे भर गर्नुहुदैन, सबै हामिजस्ता हुन्नन् नि के के छल कपट गरिराखेका हुन्छन् कस्काे मनमा काे पस्न सक्छ र😑😑😒 " ह्या सङै पढ्ने साथि हाे, कलेजकाे काम परेर निस्केकाे थियौँ त्यहि पल्ला घरकि सबिना काकिले देखिथिन बिगुल फसकिसक्न भ्याएकि😈😈" मैले भने रे।
" केटि कस्क्ति छ, जात भात पनि हेर्नू ख‌ै फाेटाे देखा त हेर्छु कस्ति रहिछन्" अामाकाे मन पग्लिएछ। " त्यस्ताे केही हाेईन मिल्ने साथि मात्र हाे" भन्दै त्यहा बाट निस्किए।(कल्पेकाे)
बेलुका खाना खाएपछि उसलाई सम्पर्क गर्न खाेजे, घरमा खासै फाेनमा बाेल्थिन Message गरे।
म: के गर्दै छाै, भुँडी भरेउ?
उ: कस्ताे भुँडी भरेउ हाे र, खाना खाएउ भने हुन्छ भाे😏😏 उ खाए, खानुभयाे?
म:कस्तो भुँडी हुन्छ र! म जिस्किए😂😂 कुन फिल्म जाने हाे के चलेछ र?
उ: नेपाली मा "Classic" र English मा " Fifty Shades of Gray" चलेछ ।
("Love me like you do" भन्ने गित बेला मौका गुन्गुनाइन्थ्याे Trailer पनि अलि 18+ नै थियाे क्या मैले त्यहि कुरा समाय)
म: "Fifty shades of Gray" जाम 😂😂
उ: त्यस्तो हेर्न काे जान्छ र😏 छि
म: कस्ताे छ र, हेरिसकेकाे हाे र😀😁
उ: अलि छाडा छ, Trailer देखेरै थाहा हुन्छ भाे, गित राम्राे हाे त्याे माेबाइलमै छ😏
म: जाम जाम अलि अलि English पनि बुझिन्छ 😀😁😁
उ: जय नेपाल, Classic हेर्न जाने ✌
म: शास्त्रीय भन शुद्ध नेपाली😂😂😃
उ: 😏😏😏 सुत्छु GoodNight, sweet dream
म: सपनामा अाउ एसै Sweet हुन्छ ।
उ: कति जान्नु भा छ है, Huss!!
भाेलि बिहान खाना खाइयाे, खाना अलि ढिलै हुन्छ हाम्राे घर उ पनि यसै भन्थि। खाना खाएपछि एकछिन हाम्रै Chat Conversation पढ्दै हास्दै बसिराखेकाे थिए अामाले देख्नुभएछ "काे सङ्ग बाेल्दै छस् खुब मुस्कुराछस् त" भन्नुभयाे ए झसङ्ग भए र केही हाेईन माेबाईल मात्र चलाउदै हाे। नुहाईधुवाई गरे अनि तयार भएर निस्कन लागेकाे भन्दै उसलाई Call गरे, उ पनि तयार र हतारमा रहिछ। १:३० बजिसकेकाे रहेछ, टिकट पहिले नै Booking गरिसकेकाे थिए D-07 र D-08 , मनमनै कुरा खेलाए अझ एउटामात्र सिटमा दुई बस्न मिल्न पाउन पर्ने हाे, उसलाई अाफ्नाे काखमा लिएर २ घण्टा बस्नु स्वर्गीय अान्नदै हुन्थ्याे हाेला 😀😁😂
१:५० मा हलमा प्रबेस गरियो, खोइ पहिलो शो त रहेनछ क्या धेरैनै भएछ क्या फिलिम लागेकाे नि दर्सकको मास खासै ठुलाे देखिराकाे थिईन। मन अात्तिराखेकाे थियाे यत्तिकै तर उ बिन्दास थि, साह्रै फतौरि बाेलिछ बाेलिछ😀😀😁। पहिलाेपटक कुनै केटि सङ सङ्गै बसेकाे थिए, अझ हलमा त के बस्नुथियाे र पहिले। उसले लगाएकाे Shampoo, conditioner साथै त्याे Perfume काे बास्नाले लाग्थयाे कि कुनै बगैचामा बसिराखेकाे छु। स्वस्थानिकाे त्याे अंश याद अायाे १००८ जिब्रो भएका शेषनागले वर्णन गर्न नसक्ने..... यस्तै यस्तै लाग्थ्याे, गाजलु ती ठुला ठुला अाखा, अाेठमा पाेतिएकाे त्याे राताे लिपस्टिक उस्काे साैन्द्रयताले अाफैलाई राेक्न सकिराखेकाे थिईन।
"के हाे नबाेल्ने व्रत छ क्या हाे" उसले भनी।
" हाेईन, के बाेलु खै बाेलिनै फुटेन kryptonite काे काम गरेउ अाज त अाज"
"घरकाे अाफ्नाे काम त नभ्याई अाएकाे, काे हाे त्याे krytonite" उ जिस्कि
" तिम्राे टाउकाे हाे😏" म साह्रै Nervous भएकाे थिए के गरु के नाई, के बाेलु के खै यस्ताे त कहिले हुदैनथ्याे College मा पनि भण्डारी भनेपछि गफाडिकाे उपमा झुन्डिएको थियाे।
फिल्म सुरु हुने तर्खर थ्याे विभिन्न कम्पनी का Ad अाउद‌ै थियाे । यतिकै नाम नाम दिन सुरु गर्याे
Aryan Sigdel
Namrata Shrestha...........
म उस्काे सुग्न्धका मग्न थिए, उ तालि पड्काई अाैधि रुचाउदि रहिछ क्या अार्यनलाई। "तिमिलाईनि खुब रुचाउछ रे त्यसले" बल्लतल्ल बाेल्ने साहस अायाे, माेबाईलमा त खुबै बाेलिन्थ्याे खै भेटमा त नुन खाकाे कुखुराे। " है? तपाईंलाई जलन हुदैन😁😁😂" उ मजाककाे मुडमा थि।
" के गर्नु अाफ्नै त्यस्तै परेपछि के काे खरुलाई डस्नु"😂😂😂
उ हास्दै मलाई हचकाई म मा उस्काे स्पर्शले एउटा मिठाे अाभाष दिएकाे थियाे, Screen मा त खाेई बिरलै अाखां गयाे हाेला, फिल्म भन्दा उ कति हाे कति राम्रि, Compare गर्न पनि मिल्दैन थ्याे, लाग्थ्याे उसलाई नै Morning,Day,Evening, Night शाे हेर्न पाए त १०० अाैं दिन मनाइदिन्थे हाेला। खै के सुर चल्याे र उसकाे हात समात्न पुगेछु, उ हासिं बिना अापत्ति 💞💕💞💕💕
खै कति चाडाे Interval भएछ थाहा पत्ताे नै भएन, लाग्याे कि एक महिना सम्म नसकिएनि हुने नि याे चलचित्र 😒😑😑
ल जाम बाहिर चिसाे खाजा खाने हाेला Washroom पनि जानू छ, खाजा त अर्डर गर्न पाईने तर एक नम्बर गर्न त अाफै जानू पर्नै😀😁😁 चिसाे र Popcorn लिएर भित्र छिरियाे,
अब त अलिक साहस थियाे बकाईदा हात समातेर बसियाे अब त छाेराे अलि टाठाे भईसकेकाे थियाे, दुई टाउकाे जाेडेर कानाखुसि गर्नु पनि मजै हुदाे रहेछ, कहिले काहीँ अाबेगमै अाएर कान नै टाेकु जस्ताे नि भयाे। मनमा कता कता डर, रमाईलाे अनि काउकुति काे अनुभव दुबैमा। उसकाे छाेडेकाे कपाल खेलाउदै थिए, उ झस्किछ र हातमा भएकाे चिसाे भुइमा खस्न पुग्याे र म निन्द्राबाट ब्युझन घडि हेर्छु बिहानकाे९ बजिसकेकाे रहेछ।