धेरै भएकाे थियाे कतै जान पाए हुन्थ्याे जहाँ हजुर , म अनि त्याे सुन्दर बाताबरण एक अर्का सङ बाधि मन मायाकाे कुरा साट्न केही हिचकिचाहट नहाेस्। उ भन्थि तपाई म सङ के Facebook मा नै भेट्नुहुन्छ, अनि जीवन पनि त्यसैमा

Goodmorning!!
खुब खुब


होएन म बाथरूम थिए बहाना बनाए घडि हेरेकाे ९ बजिसकेकाे रहेछ।
बल्ल बिहान भयेको हो अल्छि ? उ रिसाको जस्तो गर्दै थि
हिजो राती अबेर सम्म फूटबल हेरेको निन्द्रा मज्जाले नै परेछ।
अनि अारामै हुनुहुन्छ , के गर्दै हुनुहुन्छ आज्कल?
अ! आराम खायो ढिडाे हल्लियो हिंड्यो भाछ। अनि घर मा मामु बुवा सपैम आरम छ?
अ आराम हुनुहुन्छ, छोरी ठुलि भै रे बिहे गर्दिनु पर्याे भन्दैहुनुहुन्थ्याे


(म एकछिन अात्तिए फुटेकाे काैडि कमाइ नभएकाे अाफ्नाे कट्टु किन्न त बाबा सङ पैसा माग्नु छ, उसलाई पनि अरुलाई जस्तै सुन ढल्काएर चिटिक्क समयनुसार कसरी पुर्याउनु त्याे भन्दानि साथि भाईकाे बिबाहकाे प्लेटकाे पैंचाे तिर्न पर्छ भन्ने चलन छ, त्याे मात्रले कहाँ भयाे र हामी पाेखराका स्थानिय बिबाह त ठुलै गर्न पर्छ, हजुरबुवा मुवा,अामा,बाबा ,काका काकि सुन हाल्दिनै पर्ने कपडा त भनेसाध्य छैन तीन पुस्ता पुर्याउनु छ)
कता हराउनु भयाे? ठिक्क पर्याे बडारनु पर्ने धुलाे हावाले उडाउदै छ भन्नुभाछ क्या

पागल बढि नहाै त म झाेक्किए।
हैन मैले मजाक गरेकि, कस्ले गर्छ र बिहे अहिले


(मन अलिक ढुक्क भयाे)
अाज के गर्नुहुन्छ त , फुसर्द मा हुनुहुन्छ र?
अ खालि नै छु।
जाम न त कतै घुम्न।
कहाँ जाने हाे र?( केटि सङ हिड्न डर, लाज लाग्थ्याे कसैले देख्छ कि, के भन्ने हुन)
भयाे भाे जान पर्दैन हामी त काे हाे र, गएभाे तपाईकि अस्मिता सङ

( कल्पनिक नाम अस्मिता )
पागल बढि हुने हाेइन। ल खाना खाएर लिन अाउछु तयार भएर बस्नु,बढि नक्कल पारेकाे मलाई मन पर्दैन,सिम्पल भएर निस्कनु पाइन्ट सर्ट चिसाे हाेला ज्याकेट लाउ, बढि नखरा देखायाै भने फर्किन्छु म

हवस हजुर भन्दै फाेन राखि।।।।
म जन्ती उ लाेकन्ति
अामा खाना पस्किनु त अाज साथिकाे घरमा पुजा रहेछ मुख देखाएर अाउनु पर्याे ,मैले ढाटे। भनु पनि कसरी केटिले भेट्न बाेलाइछ भनेर। बुबा अरबकाे खाडिमा, दाइ डिग्रि पढ्न काठमाडौं जानुभएकाे घरमा हामी दुई मात्र थियाै। अामा पनि खासै कुरा नबुझ्ने अल्लि पुरानै पाराकाे जाे हुनुहुन्थ्यो। एक गाँस मात्र के हाल्न लागेकाे थिए त्याे दिन याद अायाे जुन हाम्राे पहिलेा नजर जुधेकाे थियाे। छिमेक दाईकाे बिबाहा थियाे म जन्ति त उ लाेकन्ति। जन्ति पर्सिए लग्त्तै बिहे भन्ने कुरा जाने बित्तिकै खाना तर्फ लागियाे ।
उचाई ५'५" गहुगाेराे मुहार छिनेकाे कम्मर र चलनचल्तिकाे जिराे फिगर मान्नुस बिहेमा सबै जन्तिले अाखा गाडेका कल्पिए पक्कै यी नै जस्ता हाेलान स्वर्गका अप्सरा अझ लाग्थ्याे उ भन्दा राम्रा त हुनै सक्दैनन् लाग्थ्याे भगवानले फुर्सदमै बनाएका हुनुपर्छ। म त फेरि बिज्ञानकाे बिधार्थि भगवान त खै, बुबा अामा नि भगवानकै रुप त हुन। उ म भज्दा दुई ब्यत्ति अघि थि, मासु खादिरहिनछ साेचे शाहाकारि रहेछ, एक मनले भन्याे "मासु नहाल उसलाई देखाउन भएनि" उ सिट खाेज्दै थि झुक्किएर नजर म मा नि थियाे तर मन के मान्ने हालियाे टन्न खसिकाे मासु र कुखुराकाे राेष्ट



खानाकाे त के कुरा गर्ने टन्न खाइयाे,केटिकाे जात त पर्याे खाना बसेकाे एकछिन भकाेथिएन उठिहाले मुस्किलले ५ चमच खाए हाेलान झनक्कै रिस उठ्याे सिलिम हुन्छु भन्दा कहिले चिलिम हाेलिस





हतपत Facebook खाेले र Search गर्न तर्फ लागे। नाम पनि सार्है गार्हाे परेछ, अाजकल नामकै अाधारमा मात्र साथि खाेज्न अप्ठ्यारो भैसकेकाे छ, फाेटाे पनि अाफ्नाे राखे हुनेनि के हाे के हाे । यसाे फ्रेन्डलिस्ट हेर्नू पर्छ १०% साथी हरु त रोनाल्डाे फलानाे र मेस्सि डिस्कानाे नै छन्, राजतन्त्र अन्त्य भाकाे हाम्राे देशमा राेयल खानदान बाट पनि राम्रै काेटा थ्याे king त्याे, Queen म, Prince, princess सबै । थाेप्डा न साेप्डा प्रियङका चाेपडा हरु पनि कम छैनन्। कता पाेष्ट देखिएथ्याे " एन्जल परि म भेट्न गकाे टपरि रहिछ" , " Bullet Boy Ma चाहिँ बाउकाे बुढाे साइकल चाेरेर फरार" यस्तै यस्तै। उमेरकाे हकबन्दि अलि बढाउन लगाउने हाे भने अलि कम हुन्थ्याेकि जुकरब्रर्ग दाइ सग सल्लाह गर्नुछ। नाम त मेरै सजिलाे, Subekshya, subecchhha, subeyXya सर्च गरे सबै प्राेफाइल चियाउन पनि पछि परिन माेरिकाटे पाउने हाेइन। लाग्याे Angel Pari नै परिछ क्या



नब बिबाहित जाेडि दुराने फर्काएर अाएका रहेछन् काेसेलि छाड्न हाम्राेमा ठ्याक्कै अाइपुगे। "अजिङ्गर काे अाहारा दैबले पुर्याउछन" भन्थे अाफुलाई अजिङ्गर ठानियाे।
"भाउजू दर्शन "
"दर्शन बाबू" अल्लि लजाउदै मन्द हासाेमा
" कहिले फर्कनुभयाे माइतबाट?"
"अघि भर्खर"
म अाैपचारिकता निभाउदै थिए, एक्कासि साेध्न नि मिलेन।
जे परे पर्ला मनकाे पाेकाे खाेलाहाले
" भाउजू शुभेच्छाले Facebook चलाउदिन?"
"के हाे बाबू पारा मन पर्याे क्या" भाउजू पनि मजाक गर्न थाल्नु भयाे ।
"त्यस्ताे खासै केही हैन, साथि बनाउकि भनेर मात्र"
" साथि मात्र हाे कि जीवन पनि



म स्तब्ध


"शुभेच्छा बराल छ बाबू नेपालीमा लेखिछन क्या"
" नेपाली पन देखाउनु भएछ Facebook मा भएपनि"



"जान्छु बाबू"
"हवस् भाउजू"
त्यहि दिनमा प्राेफाइल पिक्चर चेञ्ज गरिरहिछ, कालाे साडिमा सेताे बदन देखाकि






प्रत्येक ५ मिनटमा चेक गर्थे खै त्याे दिन भरि नचलाकि हाे कि Ignore हाे गाराे पर्याे





भाेलिमात्र Notification Bar मा राताे देखियाे र अान्नदकाे अनुभूति भयाे Accept गरिछ बरालनि ले



"Namaskar"
Hi
अाराम छाै?
टाउकाे दुखेछ

किन हाे र? कहिले देखि हाे?


भर्खर हजुर सङ बोलेपछी।
अाैषधि पठाउछु खाउ



No, thanks

तिमी यस्तै हाे कि, म सङ मात्र ?

गको म
र अफलाइन भै।
उसका सबै फाेटाेमा लाइक र कमेन्ट् गर्ने नीति पारित गरियाे मनाेज सरकार बाट र पञ्चमिनेट याेजनामा पारियाे र सुरु भयाे Cutie,gorgeous,awesome,adorable, sweet, pretty,lovely, hot comment ।
नाेटिफिकेसन थुप्रै भएछ क्या Screenshot नै गरेर पठाई म हासिदिए।
बिस्तारै नजिकिदै गई Sense of humour नि मजाकै रहेछ, मध्यरात सम्म Messanger मा ड्युटि पर्न थाल्याे, एक दिन पनि ड्युटी छाड्न मन नलाग्ने अझ Overtime भएपनि गरु जस्ताे उ पनि यस्तै भन्थि



खासै प्राइभेट कुरा त केही हुदैनथ्याे उहीँ पढाइ , घरपरिवार, सञ्चाेबिसञ्चाे कहिले काहीँ स्विक्रिति लिएर Adult Joke नि गर्थे उ छि तपाईं भन्दै हास्थिं। बेला माैकामा मायाकाे कुरा नि जाेड्थे उ हासेरै टारिदिन्थि हाेस् हामी दुईमा माया थियाे थिएन तर माया भन्दा गाढा सम्बन्ध थ्याे। एकदिन उ Online अाकि थिइन मलाई जुन असह्य थियाे, धेरै चिन्ता लिएर हाेकि ज्वराे नै अायाे नि

भाेलिपल्ट Message काे रिप्लाई अाकाे जुन मेराे हिजाे गरेकाे थिए।
हेर्नुन( typing...)
देखाउन



जे पनि


हेर्नुन, हिजाेकाे हावाहुरिले गर्दा दिनभर बत्ति अाएन माेबाइल Off भैसकेथ्याे





तिमी सङ किन रिसाउनु, तिमिलाई केही फरक पर्ने भएपाे। रिसाएनि अाफै फक्किनु पर्छ, तिमिले मनाउनि भएपाे रिसाउनुमा नि छुट्टै मजा हुन्थ्याे।( अलिक भाउ खाकाे जस्ताे गरे)
है !




( फेश्बूक मा बोल्न थालेको ३,४ महिना भैसकेको थियो तर पनि हामिमा मोबाईल नम्बर आदनप्रदान भएको थिएन )
तिम्राे माेबाईल नम्बर ९८०००१११११ हाे र ?

हैन मेराे त। म त ९८०००२२२२२ लिन्छु।धन्यवाद





त्यहिबाट नम्बर Save गरेर कल गरे।
"अाेई, शिबे कता हाेस त?



( उसले केही बोल्न नपाउदै एकै सासमा एउटा कथा बनाईहाले)
"कसलाई खाेज्नु भकाे हाे र"
"भाउजू दर्शन, दाइ हुनुहुन्न? कता जानुभएको छ र, हाई हैल्लाे नै छैन अाजकल


( म यत्तिकै जिस्किदिए)
"काे शिव अनि काे भाउजू


स्वर पनि कति मिठाे माेरिकाे अलि बेर बाेले त सुगरकै बिमारी हुन्छु जस्ताे


रिसाएछ क्या फोन काटिदि। अब Message काे बिकल्प थिएन।
म:O vauju dai sanga busy ho kya phone ni katidinu vayo





Message sent र एकछिनमा received पनि।
उ:Tapailai pagal kam xaina hai






म: अ दादा को भाईलाई साह्रै मन परेछ रे



उ: हुति भए भर्खरै अाउनु नत्र गईदैन, हामी पनि हेरम न कतिकाे अाटिलाे हुनुहुन्छ।
(लाै फसाद पारि हासाे गरिकि त हाे,तै पनि मुखनै बन्द गरिदि के Reply दिने)
म: ल अाउन त केही अापत्ती छैन, अहिले ल्याएर के गर्नु, तिमी अाफ्नाे सिउदाे जाेगाउ म बिहे गर्ने पैसाे गर्दै छु



उ: कति अाउने हाे याे मान्छेलाई, गफाडी हजुर त।
म: तिमी त हाै नि गुरु, मेराे उत्प्रेरणा
उ: फेरि गफ

म: हवस्।।
( यस्ताे लाग्थ्यो कि गफ गरेरै पालिने भए मैले राजकिय भन्दा कम सुबिधा उपभाेग गराउथिन हाेला, साेल्टि हाेटलबाट उठेर,चार वटा सुरक्षा गार्ड अघि पछि Audi मा हायात गएर बिहानकाे नास्ता पछि अाफ्नै जेट बाट फिस्टेल मा भाेजन गरेर , दिनमा एक पटक सुर्य नेपाल मा गल्फ खेलेर खाजाकाे लागि Pokhara Grande र बेलुकाकाे खाना फुलबारि रिसोर्ट सङ Casino काे मजा पछि साेलटिका बिस्तारामा निन्द्रा )
उ पढाइमा अब्बल थि लिन त BBA हाे तर 4/4 थियाे सधै Grade म काम चलाउ भएपनि BE Civil गर्दै थिए Retake दिदै कटाउदै । बिहान उसकै फाेन बाट सुरु हुन्थ्यो र रात पनि उसैको, बिहानकाे Alarm बनेकि थि र रातकाे जनाउ घन्टि तर हामी Friendzoned मै थियौं यदपि।।
"दर्शन हजुर"
"साैभाग्यबति भए।"




"के गर्दै ?"
"पढिराछु अनि हजुर?"
"खायो पढाई ले खायो तिमी लाई"
(उ अल्लि पातली नै थि)
"है






"के काे हल्का हाे र, गरुँगो मानेरै हेर्नू नि परीक्षा जस्ताे कुराे, नम्बर मात्र कमि अाअाेस न म सङ बाेल्न पर्दैन भन्देछु


"अाबि



"हुन्छ, राम्राे सङ पढ्नु, You too


परीक्षा
उस्काे परीक्षा एक साता पछि रहेछ दाेस्राे बर्ष ( 3rd semester) त्यसपछि मैले उसलाई फाेन, SMS गर्न केही कम गरे बिहान ५ बजे उठाउथे , दिनमा एकपटक कति सकियाे पढेर जान्न खाेज्थे र शुभरात्रिकाे कामना गर्थे, उ पनि पढ्नदास त परि, मलाई पनि खासै समय दिन्थिन। परीक्षा का प्रत्येक दिन शुभकामनमा र कस्ताे गरेउ भन्ने केबल सन्देश प्रवाह हुन्थ्याे। झन्झ१ महिना लियाे पापि परीक्षा अाफुलाई यहाँ कति बेला बाेलु मात्र हुन्थ्याे। उ र पढाइ लाग्थयाे पर्यायवाची नै हुन् म त हुला नहुला तर किताब उस्काे सबथाेक थियाे, उस्ले किताब च्यापेकाे देख्दानि किताब हुन पाएनि भन्ने रहर र किताब सङ उत्तिकै रिस र डाहा लाग्थ्याे।परीक्षा सकेपछि म तपाईंलाई Treat दिन्छु भनेकि थि, जीवन याद रहने छ थप्थि अझ, लाग्थ्यो चन्द्रमामै लगेर " राेमियाे जुलेट" हेर्दै CandleNightDinner नै गराउछे। म मा पनि छुट्टै उत्साह र रमाइलो थियाे, काेहि अाफ्नाे साेच्ने पाएकाे छु कहि कतै मिठाे डर पनि थ्याे, अहिले सम्म कुनै केटि सङ यति सार्है नजिकिएकाे थिइन र भेट कस्ताे हाेला के लगाएर जाने हाे First Impression त जसै राम्राे पार्नु छ। यसाे केटिकाे केशमा फरवार्ड दाइ, भाइ सङ नजानिदाे तबरले Dating Tips लिदै जान्थ्यो मेराे दिन। सुबास एउटा स्त्रिलम्पट साथि थियाे, उ अल्लि छटाहा र उछुङखल सल्लाह दिन्थ्याे भन्थ्याे
" हेर केटा केटि Opposite sex, sex भनेकाे के? काेहि जाेडि भेट्छन भने कुराे त्यहि हाे, संसार त्यसैमा अडिएकाे छ, डराउने त कुरै छैन, केटिहरु त्यस्ता कुरामा झन अगाडि हुन्छन्, अाफु शुरु त गर्दैनन् तर नाई नास्ति भन्ने उनिहरुकाे Dictionary मा हुदैन"
यस्तै यस्तै त अर्काे एक साथि पनि थ्याे उसले लवगुरुकाे उपमा पनि समालेकाे थ्याे "रिदम"
नाम पनि बाहुनले त जानेरै राखेका रहेछन्, जे केही पनि गर्ने दम राख्थ्याे केटाे, उसकाे वाणी:
हेर सुरुमै केटापना नदेखा, कतै सुनसान रमणिय ठाउ घुम्न लैजानुपर्छ,जहाँ एक अर्कासङ खुलेर कुरा गर्न मिलेस,काेहि कसैकाे डर नहाेस,Oversmart र Nervousness दुबै घरमै दराजमा पाेकाे पारेर निस्कनु जरुरि छ बाहिर जस्ताे छस् त्यस्तै Behave देखाउनु छ Blaw blaw......
फाेनमा बाेलेजस्ताे नहुदाे रहेछ, भेट भन्ने कुराे के कस्ताे हुने हाे, पहिलाे कुराे त कहाँ भेट्ने अझ प्रहरी जाँच पनि अाउछन भन्ने डर
एकछिन त झसङ्ग नै भएनि कतै प्रहरीले लगेर चौकिमा जाकदिने हाे, कसलाई के मुख देखाउनु





बनकाे बाघले खाअाेस नखाअाेस मनकाे बाघले निलिसकेथ्याे तर रमाइलाे पनि उत्तिकै लागिराथ्याे। उ भन्थि दुई तीन दिनमा फाेन गर्छु।
परीक्षा सकिएकाे भाेलिबिहान JustTheWayYouAre बाेलकाे Ringtone बज्याे हेरेकाे उसैकाे रहेछ।
Calling....
Subey Xya


एकछिन गित गुनगुनाए फाेन नउठाइकन, साेच्न बाध्य भए एकछिन त Bruno Mars गित लेख्दा उसलाई देखेकाे हुनुपर्ने




उ: कति गार्हाे हाे फाेन उठाउन नि

म: गरुङ्गाे छ के


उ: है?

म: तिमिलाई नै सम्झदै थिए

उ: खुब बाडुल्कि लागेन के रे मलाई

म: कान्छि, समझेर बाडुलकि लाग्ने भए तिमिलाई त सास फेर्न पनि गार्हाे हुन्थ्याे


उ: भाेलि घुम्न जाउ


म: कहाँ जाने हाे?

उ: केटा मान्छे ले सब Manage गर्ने जता लगेनि लैजानु म त Ready

(लौ फसाद के भनु केही साेच्नै सकिन,)
म: (फुत्त मुखबाट निस्कियाे ) फिलिम जाम

उ: हुन्छ, भाेलि २-५ काे शाे मलाई घरमा लिन अाउनु।


म: अ अाउछ नि घर

उ: हबस्।।।।
सिनेमा हल
फिल्म त जाने भनियो तर फिल्म हल सङ खासै राम्रो सम्बन्ध थिएन, अर्को कुरो कुन कुन फिल्म लागिराखेछ त्याे पनि अत्तो पत्तो थिएन। पहिलो भेट हल थुप्रै नै थिए तर QFX बाहेक अरु मन मा राखेको थिएन। फिल्ममा खासै कुनै चाख थिएन मात्र २,२.५ घन्टा उ सङ समय काट्न पाईन्थ्याे त्यति हाे डर र रमाइलो अाधि अाधि ठाउँ अाेगटेका थिए। बाहिर कतै त जाे काेहि अादरणिय भेट हुनहुन्थ्याे , हल मा अाए साथि भाइ अाउलान तिनिहरुले देखे खासै केही हुदैन, अझ तिनिहरु नि couple नै त हाेलान अाए नि, तै चुप मै चुप हिसाब बराबर




बुबा( कता पुगेर अाईस्, ठिक छैन है चालामाला केटि लिएर हिड्छस रे, पढाइ सकेर अलि राम्राे तलब नभई केटिकाे चक्करमा लाग्ने हाेईन भन्देछु, अाइन्दामात्र केही सुने घर नअाएपनि हुन्छ अाफ्नै सुर कसे हुन्छ के ठिक लाग्छ



" बाबू अहिलेकाे जमाना ठिक छैन, कसैकाे भर गर्नुहुदैन, सबै हामिजस्ता हुन्नन् नि के के छल कपट गरिराखेका हुन्छन् कस्काे मनमा काे पस्न सक्छ र





" केटि कस्क्ति छ, जात भात पनि हेर्नू खै फाेटाे देखा त हेर्छु कस्ति रहिछन्" अामाकाे मन पग्लिएछ। " त्यस्ताे केही हाेईन मिल्ने साथि मात्र हाे" भन्दै त्यहा बाट निस्किए।(कल्पेकाे)
बेलुका खाना खाएपछि उसलाई सम्पर्क गर्न खाेजे, घरमा खासै फाेनमा बाेल्थिन Message गरे।
म: के गर्दै छाै, भुँडी भरेउ?
उ: कस्ताे भुँडी भरेउ हाे र, खाना खाएउ भने हुन्छ भाे


म:कस्तो भुँडी हुन्छ र! म जिस्किए


उ: नेपाली मा "Classic" र English मा " Fifty Shades of Gray" चलेछ ।
("Love me like you do" भन्ने गित बेला मौका गुन्गुनाइन्थ्याे Trailer पनि अलि 18+ नै थियाे क्या मैले त्यहि कुरा समाय)
म: "Fifty shades of Gray" जाम


उ: त्यस्तो हेर्न काे जान्छ र

म: कस्ताे छ र, हेरिसकेकाे हाे र


उ: अलि छाडा छ, Trailer देखेरै थाहा हुन्छ भाे, गित राम्राे हाे त्याे माेबाइलमै छ

म: जाम जाम अलि अलि English पनि बुझिन्छ



उ: जय नेपाल, Classic हेर्न जाने

म: शास्त्रीय भन शुद्ध नेपाली



उ:



म: सपनामा अाउ एसै Sweet हुन्छ ।
उ: कति जान्नु भा छ है, Huss!!
भाेलि बिहान खाना खाइयाे, खाना अलि ढिलै हुन्छ हाम्राे घर उ पनि यसै भन्थि। खाना खाएपछि एकछिन हाम्रै Chat Conversation पढ्दै हास्दै बसिराखेकाे थिए अामाले देख्नुभएछ "काे सङ्ग बाेल्दै छस् खुब मुस्कुराछस् त" भन्नुभयाे ए झसङ्ग भए र केही हाेईन माेबाईल मात्र चलाउदै हाे। नुहाईधुवाई गरे अनि तयार भएर निस्कन लागेकाे भन्दै उसलाई Call गरे, उ पनि तयार र हतारमा रहिछ। १:३० बजिसकेकाे रहेछ, टिकट पहिले नै Booking गरिसकेकाे थिए D-07 र D-08 , मनमनै कुरा खेलाए अझ एउटामात्र सिटमा दुई बस्न मिल्न पाउन पर्ने हाे, उसलाई अाफ्नाे काखमा लिएर २ घण्टा बस्नु स्वर्गीय अान्नदै हुन्थ्याे हाेला



१:५० मा हलमा प्रबेस गरियो, खोइ पहिलो शो त रहेनछ क्या धेरैनै भएछ क्या फिलिम लागेकाे नि दर्सकको मास खासै ठुलाे देखिराकाे थिईन। मन अात्तिराखेकाे थियाे यत्तिकै तर उ बिन्दास थि, साह्रै फतौरि बाेलिछ बाेलिछ



"के हाे नबाेल्ने व्रत छ क्या हाे" उसले भनी।
" हाेईन, के बाेलु खै बाेलिनै फुटेन kryptonite काे काम गरेउ अाज त अाज"
"घरकाे अाफ्नाे काम त नभ्याई अाएकाे, काे हाे त्याे krytonite" उ जिस्कि
" तिम्राे टाउकाे हाे

फिल्म सुरु हुने तर्खर थ्याे विभिन्न कम्पनी का Ad अाउदै थियाे । यतिकै नाम नाम दिन सुरु गर्याे
Aryan Sigdel
Namrata Shrestha...........
म उस्काे सुग्न्धका मग्न थिए, उ तालि पड्काई अाैधि रुचाउदि रहिछ क्या अार्यनलाई। "तिमिलाईनि खुब रुचाउछ रे त्यसले" बल्लतल्ल बाेल्ने साहस अायाे, माेबाईलमा त खुबै बाेलिन्थ्याे खै भेटमा त नुन खाकाे कुखुराे। " है? तपाईंलाई जलन हुदैन



" के गर्नु अाफ्नै त्यस्तै परेपछि के काे खरुलाई डस्नु"



उ हास्दै मलाई हचकाई म मा उस्काे स्पर्शले एउटा मिठाे अाभाष दिएकाे थियाे, Screen मा त खाेई बिरलै अाखां गयाे हाेला, फिल्म भन्दा उ कति हाे कति राम्रि, Compare गर्न पनि मिल्दैन थ्याे, लाग्थ्याे उसलाई नै Morning,Day,Evening, Night शाे हेर्न पाए त १०० अाैं दिन मनाइदिन्थे हाेला। खै के सुर चल्याे र उसकाे हात समात्न पुगेछु, उ हासिं बिना अापत्ति





खै कति चाडाे Interval भएछ थाहा पत्ताे नै भएन, लाग्याे कि एक महिना सम्म नसकिएनि हुने नि याे चलचित्र



ल जाम बाहिर चिसाे खाजा खाने हाेला Washroom पनि जानू छ, खाजा त अर्डर गर्न पाईने तर एक नम्बर गर्न त अाफै जानू पर्नै



No comments:
Post a Comment