Friday, June 22, 2018

आजको रात तिमीलाई






दिउला उपहार आजको रात तिमीलाई,
जुनी जुनी नछुटिने अजम्बरी साथ तिमीलाई

 संसारका सारा खुसी दिन्छु भन्दिन,
तर सधै सुख दुखमा मेरो हात तिमीलाई

जोगाएर अनि संसारदेखि सम्हालेर राखेको
बैशको यो मात तिमीलाई

कहिल्यौ निरास हुने छैनौ तिमी,
मिठा मिठा पिरतीका बात तिमीलाई

म अब म हुने छैन तिमी मेरो सबै
मेरो सोच धर्म अनि जात तिमीलाई

यदि रुन परे मै मात्र रुने छ खुसी नै खुसीको खात तिमीलाई





No comments:

Post a Comment