Friday, June 22, 2018

बेहुली

बिन्ती यार मलाई सम्झाउने बुझाउने कोसिस नगर्नु मैले अमृतलाई भने किनकी डर लाग्छ कतै मलाई सम्झाउदै गर्दा म झन झन उसैलाई सम्झीन्छु कि भन्ने उ मेरो कुरा सुनेर केही बोल्न सकेन उ मलाई हेरी रह्यो मलिन अनुहार बनाएर साच्चै निकै मायाले भरीएको थियो त्यो हेराई । दूइ, तिन दिन भयो साथीहरुको आवतजावत मेरो कोठामा निकै बढेको छ, समाजिक सञ्जालमा पनि म्यासेजका संख्याहरु धेरै नै छन । सायद म दुखी छु भन्ने लागेर साथीको भुमिका निभाएका हुन । हिजो पनि रुपेश आएको थियो दिनभर कोठामै गफ गरेर बस्यौ । सधै हसि मजाकका कुरा गर्ने उ निकै गम्भीर तरिकाले कुरा गरिरहेको थियो, म उसलाई मेलगोट भनी सम्बोधन गर्थे अनी उ भन्थयो हु त त जस्तो खसी हु र उ केही घुमाउरो पारामा भन्थ्यो नामले मात्र हो सुवास पुरै गनाको , पापी । प्रत्येक घटनामा डबल अर्थ लगाउने उ कसरी आफनो बास्तविक पनलाई लुकाएको थियो म अचम्म थिए । अबको एक हप्तामा उसको बीहे हुदैछ । हो उसैको जसलाई मैले धेरै माया गरे, जो सग धेरै सपनाहरु जोडिएका थिए , सायद । अचानक उसले बिहे गर्ने निर्णय कसरी र किन गरिन मैले बुझन सकिन । धेरै कोशिस गरे उसलाई भेट्न तर मोवाइल फेसबुक सबै बन्द । नम्रता यति कठिन बन्न कसरी सकेको यति सजीलै यति छिटो । सुनिता दिदि पनि बेला बेलामा फोनगरी मलाई सम्झाएर, विर्साउन खोज्दै हुनुहुन्थ्यो त्यो, सुन्दर विगत तर म चाहेर पनि भुल्न सक्दनि ती पल, ती हासो ती सपनाहरु, जुन सपनाका साना साना सिन्काहरु सगालेर बनाएको एउटा सुन्दर गुड, एउटा हावा आयो अनी उडाई लग्यो अनि छीरलियो कस्तो हावा चल्यो मेरो जिन्दगीमा । अझै पनि आखाँमा नमेटनिे तस्वीर सरी बसेको छ त्यो पहिलो भेट कलेजमा, केही ढिलो कक्षामा आएको उनी, जब ढोका खोलनि त्यो ढोकाको चुइ चुइ आवज पनि निकै मिठो लाग्यो । आज मलाई के भयो कुनै रोमान्टकि फिल्म जस्तै तर कुनै गितार बजेको थिएन, न कुनै घण्टी न त मुटुको धड्कन नै छिटो छिटो धड्की रहेको थियो । तर उसलाई देख्ने बित्तीकै उनलाई एउटा सुन्दर बेहुली जस्तो लाग्यो रातो सारीमा सजिएकी एक बेहुली । शृङ्गगारमा सजिएकी, गरगहनाले भरीएकी एक बेहुली । याद छ त्यो दिन निलो कुर्था, अग्लो हिलमा केही ढिलो क्लासमा आएकी अनि उनका ति ठुला आखा कुनै बघीनकिो जस्तो खोजीरहेथे यताउता कुनै खाली सिट । अघिल्लो दिनका केही धर्मका कारणले हो की ढीलो आएको कारणले हो उनी मेरो छेउको सिटमा उसको नगर गयो । फेरी त्यति बेला पनि खुसी लाग्यो लास्ट बेन्चर भएकोमा । अनि सुने पहिलो बोली कति पढाउनु भयो, मैले मुस्कुराउदै जवाफ दिए धेरै । सायद मेरो जवाफ उनलाई अनौठो लागेछ सायद १० मिनेट भन्नु पर्ने थियो कि । त्यसपछिका दिनहरुमा हाम्रो बोलीचाली बढ्दै गयो । म बेला बेलामा उसलाई सम्झाउथेकी उसका आखा निकै सुन्दर लाग्छ । साच्ची बेहुली हुदा झन कति सजीने होला यी आखा । उनलाई नजिक पाउदा निकै खुसी महसुस गर्थे, एउटा खुसी अचम्मको, अनौठो अनि प्यारो । नम्रता निकै अच्चमको सम्श्रिण । कहिले निकै भावुक लाग्थ्यो कहीले निकै रिसाहा, कहिले निकै रोमान्टकि उनी कहीले निकै बोरिङ्ग । उनका काण्ड सुन्न निकै रमाइलो लाग्थ्यो घरी उनी बुबाको चुरोट लुकाएर त्यसको स्वाद लिएको, चाडपर्वमा लुकेर पीएको अनी एकजना ज्योतिष हु भन्ने एक जना महिलालाई लखेटेरै गाँउबाट निकालेको । साच्ची उसका कुरा निकै अनौठा थिए । रमाइला । म बारम्बार भनिरहन्थे मेरा मनका कुरा म भन्थे I really miss u उनको जवाफ हुन्थ्यो,don't miss me । म बारम्बार भन्ने गर्थे तिमीलाई बेहुलीको रुपमा हेर्ने ठुलो इच्छा छ । रातो सारी, गरगहनामा झलमल बलेकी म भनिरहन्थे । उ भन्थिन तिमी चै के लगाउछौ नि ? लुरे केही लगाएनी सुहाउने हैन । म दुब्लो भएको उनी बेला बेलामा जानकारी गराउथिन । म भन्थे नसुहाए केही नलगाई आउला नि तिमीलाई लिन । छि मातेको , म हास्थे उनी पनि हासो लुकाउन खोज्दा खोज्दा फुत्कन्थ्यो कता कता बाट उनी पनि मुस्कुराउथिन । तिमीले माया गरेर खुवाएपछि लाइहाल्छ नि ज्यान भन्ने कुरा, लायो खुवै नाम खुम्चाउदै उनको जवाफ हुन्थ्यो । हेरनु न तिमीले मलाई मोटो नबनाएपनि म भने पक्कै मोटो बनाउने छु । जे पनि भन्ने काले उनी रिसाउथिन । विश्वास लाग्दैन म थपिथपाउ गर्थे । कस्तो होला है , तिमी भान्छामा खाना बनाउदै गर्दा, पछाडिबाट च्याप्प अगालोमा बेरेर घुमाउदा उनी भन्थीन के हुनु डाडु डाडुले बजाउथे होला नी । हा हा हा अनि नजर गयो कोठाको डाडुमा बाल्टीमा डुवेको पनि ३ दिन भैसकेको रहेछ । कोठा लथालिङ्ग भाडाकुडा सबै जुठा । मोवाइल बज्यो लग्जा गले के फीर ए हसिन रात हो ना हो
रिङ्गीन टोन उनकै प्यारो गित उसले नै राखिदिएको त्यसपछि टोन नै चेन्ज गरेकै थिइन । अनिताको फोन आएको रहेछ अनिता जी एक प्यारो साथी , साथी भन्दा केही माथि । जससँग मनका सबै कुरा खुलेर भन्न सक्थे अनी उनका कुरा सुन्न पनि सक्थे । उहाँ भन्नु हुन्थ्यो यु गेट बेष्ट च्वाइस , नम्रता इज गुड गल । सुवास जि ३,४ दिनको लागि कतै घुम्न जाउ रुपेश, सुनिता,समि,अमृत पनि जाने भनेका छन । सायद मेरो एक्लोपनलाई कम गर्नै सोच थियो साथीहरुको । मलाई उसलाई बेहुलीको रुपमा देख्नु थियो कता बाट बोली निस्कियो पर्सि बिहेका जानु छ । उनी केही बोल्न सकिन्न अनि भने पर्सी सबै बिहेमा भेटौला सबैलाई भन्नु । म जानु उचित होला कि नाई, हैन म जान्न किन जानु, कसरी जानु जसलाई यति धेरै विश्वास गरे उसैले विश्वास गरेन । कसरी हेरु उसको अनुहार अनि ति आखामा हेर्दा मनमा खुसि ल्याथ्यो त्यही आखाले रुवायो भने । उ खुसी छ भने म किन रुने । हैन, म जानै पर्छ बेहुलीको रुपमा मेरी नम्रता कसैकी । कसरी रुन सक्छन र मेरा आखा उनका ती प्यारा आखालाई हेरेर । अनी सम्झे उसले भनेको के लगाउछौ लुरे । रातभरी अनेक कुरा खेले जाउ कि नजाउ आखिर जाने निर्णय गरे बिहान अर्जुनलाई फोन गरे उतै भेट्ने कुरा गरे । सबै आउने भए रञ्जीताको काम छ रे । रञ्जीता जी सधै विजि मनमनै सोचे । समय निकै अनौठो आफनै चालमा चल्ने त्यस दिन समय निकै ढिलो चलेको आभास भयो तर त्यही समय उनको साथमा हुदा कति छिटो बितेजस्तो लाग्थ्यो, लाग्थ्यो यो दिन नसकियोस तर आज लागिरहेछ सकियोस , वितोस अनि विहान होस एकै पलमा । तर मेरो कुरा के नै सुन्थ्यो र समयले बगिरह्यो आफनै तरिकाले । घडी हेरे १० बज्यो अनि म लागे विवहामा जहाँ न कुनै निम्तो थियो न त केही साइनो नै , न त विश्वास मात्र केही यादहरुको भरमा लम्कीए मेरा पाइलाहरु । पार्टी प्यालेस निकै सजिएको थिए फुलहरुले चारैतिर तर मलाई ती प्रत्येक फुलका थुगाँहरुले कापिरहेको थिए , काडासरी । कुनै लामो म्याराथुनमा दौडिए जस्तो मुटु निकै छिटो छिटो चले जस्तो भयो जब उनलाई बेहुलीको रुपमा देखे पहिले दिन देख्दा जस्तो महसुस भकोथियो त्यही प्रकारको भाव भयो । नम्रता साच्ची निकै सुन्दर देखिएकी थिइन । एकोहोरो हेरीमात्र रहे निरन्तर । उसले मलाई देखेर नि नदेखेको झै गरे जस्तो लाग्यो, आखिर किन । म एउटा छेउमा उभिएर हेरिरहे । सबै अपरिचित अनुहार , परिचित अनुहार अपरिचित व्यवहार । अमृत र रुपेसलाई खानाको लाइनमा देखे, विहान देखी मुखमा पानी पनि परेको छ कि छैन मलाई थाहा भएन न भोक न प्यास आजको दिन यो के भको । केही समयमा आउलान भनी बाहीरै बसे कुरेर, मोवाइल पनि ल्याउन विर्सेको रहेछु कति फोन गरेको थिए होलान । हेरिरहे उसैलाई त्यो रातो सारीमा, साची निकै सुन्दर अनि शान्त उनी, सधै छाडने कपाल पनि उनले पछाडी लगेर मिलाएको । उनका आखा,उनको प्यारो मुहार । आखिर किन आएन उसलाई मेरो याद सोचिरहे । अमृत र रुपेश बाहीर निस्किए र नम्रतासँग बिदामागेर हतार हतार जान लागे मैले हात हल्लाएको देखेन्न । म पनि पछि पछि लागे गेटमा अरु सबै साथी आएका सुनिता, अनिता, अर्जुन, समी, सुनिता । केही समय सबै चुपचाप लागे रुपेश के भयो ? सबै रुन लागे । मैले सोधे के भयो सबै किन रोएको मेरो कुराको कसैलाई मतलब थिएन । केही समयपछि अनिताको बोली निस्कीयो सुबासले त्यस्तो नगर्नु पर्ने थियो, बेहुलीको रुपमा नम्रतालाई नहेरी सधैको लागी हामीलाई छाडेर गएछ । सबै रुुन लागे , हैन म यही छु मलाइ केही भको छैन, म चिचाए कराए कोही मलाई सुनिराको थिएन ।

1 comment: