कान्छो भन्छ मलाई निकास र ठुलो बाटो चाहियो रे
सबै छोरा समान हुन समान लाउ भाग भन्छन साइलो,
सबैलाई बराबर बारिखेत, डोको नाम्लो अनि जातो चाहियो रे माहिलो

भन्छन म पाल्छु मेरा हुन बाबु आमा,
तर टारीखेत बा आमा पालेको साटो चाहियो रे
नाति नातिना दिउसभरी हेरी दिए खुसी हुने बुहारी,
उनकै शासनमा बस्ने सासुससुरा अलि लाटो चाहियो रे
हामी पनि उनै बा आमाका सन्तान हौउ भन्छन छोरी,
छोरा भन्छन पर्देन छोरी भन्छन हामीलाई नि पुखौली माटो चाहियो रे
No comments:
Post a Comment