Friday, June 22, 2018

जाम छ आज

शहरको व्यस्त चोकमा निकै ठुलो जाम छ आज,
 धुवाँ धुलो प्रदुषण त सबैको लागि आम छ आज

 सबैजना निकै हतारमा देखिन्छन,
जिन्दगीमा हाँसो रमाइलो भन्दा पनि ठुलो काम छ आज

 हातमा नाम्लो लिई बसेका बाजे पनि त्यहाँ
उहाँको चिन्ता मात्र बिहान बेलुका के खाम छ आज

 कालो सिसा भएको गाडिमा एउटी महिला हर्न बजाउँदै,
उनको भने निकै ठुलो तामझाम छ आज

 मुखमा प्लाष्टिक अनि हातमा बोरा लिएका भाईहरु,
 उनिहरुलाई न त जाडो न त घाम छ आज

 व्यस्त चोकको आकशे पुलमा हात समाउदै एक जोडी,
उनीहरुको इच्छा चाही खुलेर माया लाम छ आज

No comments:

Post a Comment