Monday, July 25, 2022

तिम्रो मेरो छुट्टाई

 छुट्टा छुट्टै भयो

तिम्रो मेरो छुट्टाई

यसरी पनि कोही छुटिन्छ

कोही हास्ँदै कोही रुदै

मेरो खुसी हासो तिमी तिरै छुटे

तिम्रो याद र साथ मसँग छुटे


यस्तो आधा छुट्याई कहाँ हुन्छ

अधुरो अनि अपुरो छुट्टाई

हिसाब नमिलेको छुट्टाई

निसाब नमिलेको छुट्टाई

छुट्टिने नै हो भने मलाई

म फिर्ता गरिदेउ

तिमी मिसीएको म बाट

तिमी पनि लैजाउ




मलाई पनि लास बन्नुछ

 मलाई पनि लास बन्नुछ

त्यो लाश जुन शान्त छ

सबैको प्यारो छ

मर्नु पर्छ मात्र त्यही अफठयारो छ

मलाई पनि लास बन्नु छ


न छ कोही बिउझाउने

मस्त निन्द्रामा

छन काधहरु उठाउने

लास व्यस्त निन्द्रामा

छैन रिस राग कतै

शत्रुकै पनि रसाउने आखा


आगो नबलेरै मरेपनि

सबै दाउरा लिएर आउने


मसँग रिसाएका मेरा दाजुभाई

मेरो लाससँग त बोल्लान नि

लास नबोले पनि





मात्र एक पटक मर्नु जरुरी छ

 संसरमा सबैभन्दा असल

लास नै त हो

चाहे सत्रु होस या मित्र

चुपचाप छन

कुन सासलाई सबै

स्वर्गको कामना गर्छन

लासलाई सबै स्वर्ग

तिर धकेल्दै छन ।

चोर होस वा सिपाही

आखामा आसु लिई बिधाई

वाह क्या छ लासको थकाई


आनन्द नै आनन्द छ

शान्ति नै शान्ति छ

केबल मात्र एक पटक

मर्नु जरुरी छ 

मृत्युु पछिको त्यो सत्कार निस्चित छ

g t lht lg:rLt 5 g t xf/ lgl:rt 5

t/ d[To'' kl5sf] Tof] ;Tsf/ lgl:rt 5

 

of] o'4 ;w} dnfO{ cldnf] dfq nfUof],

l;kflxsf nf;af6 aGg] /fhg}lts crf/ lgl:rt 5

 

rfx] hlt cfz' r'xfP klg hfg} k5{ d,

ghfg' Tof] s7f]/e''lddf Kof/Lsf] larf/ lgl:rt 5

 

l;kfxL x't/ aGb's b]lv l/; dfq p7\5,

ahl/G5 h;dfyL p;sf] lrTsf/ lgl:rt 5

 

of] o'4sf] cGt csf]{ o'4sf] ;''?jft xf],

o'4} o'4df /'dlng] of] ;+;f/ lgl:rt 5

 



लालुपाते तिम्रा ओठहरु सजाउँदा मख्ख छ

 फुुलबुुट्टे सारी तिमिले समाउदाँ मख्ख छ

गाजलु तिम्रो नयन वरपर रमाउँदा मख्ख छ


लाली निकै जिम्मेवारीका साथ टल्कीरहेछ,

लालुपाते तिम्रा ओठहरु सजाउँदा मख्ख छ


पाउजुको छिन छिन आज रोकिएकै छैन,

ति सुन्दर पाउँमा कसाउँदा मख्ख छ 


हार पनि हार गुहार गर्देथियो तिम्रो स्पर्शको

भाग्यले तिम्रो घाटीमा टपक्क हुन पाउदा मख्ख छ 


चन्द्रमा आज दिउसै खुलेको देखियो,

तिम्रो मुलायम शिरलाई छाँउदा मख्ख छ 




Monday, July 18, 2022

गाँउको तितो सत्य सहरले पचाउन सकेन

 गाँउको तितो सत्य सहरले पचाउन सकेन

ज्वरोले तात्यो गाँउ सिटामोल पनि पठाउन सकेन


खै म कसलाई दोष दिएस बा को मृत्युुको 

डाक्टर आउन सकेन्न धामीले बचाउन सकेन


हामीले त हाम्रो बाचा पुुरा गरेकै थियो भेट दिएर,

जिते ल्याउछुु भनी नेताले बाटो ल्याउन सकेन





जलाई घर खरानी बेच्छन

 प्यास बेच्छन कोही यहाँ कोही पानी बेच्छन

बिक्री हुुन्छ र पो यहाँ आशुुको कहानी बेच्छन


रातभरी एक पटक पनि उसका भएन्न आखाँ बन्द,

बजारम उसैले मस्त पर्छ निन्द्रा भन्दै सिरानी बेच्छन


मन दरो गरी खल्ती भरी गरी निस्किए रातमा

थाहा पाएर आको हुु सुने यता कता जवानी बेच्छन


व्यापारीको लत पनि जुवाको लत भन्दा कम रैनछ,

चाहियो मात्र भन्नुहाोस बजारमा जलाई घर खरानी बेच्छन


जे छैन त्यसैको मोल हुुने रैछ बढि यहाँ

घिउ किन्नकै लागि कतिले ठेकी मदानी बेच्छन





घाउ यहाँ कस्ले बुुझछ

 भित्री चोटको घाउ यहाँ कस्ले बुुझछ

यो हुुनसक्छ मृत्युको दाउ कस्ले बुुझछ 


सबैलाई तानिरहेको छ सहरले हतारमा

एक्लीएको सुुन्दर गाउँ कस्ले बुुझछ


हिजो सम्म धर्तिमै थियो आज आकाश छुुने

उनको र सुुनको भाउ कस्ले बुुझछ





यो यौवन

 यो यौवन यस्तै हुुन्छ

हावा जस्तै सबलाई छुुन्छ

सपना जस्तो यो जादुु कस्तो

छिटो छिटो धडकन यो धडकन

काउकुुति र सोचमै डुुब्नुुछ पलपल


यो यौबन यस्तै हुुन्छ

लुुकी लुुकी पनि देखिन्छ

पछयौरी त ढाकेर पनि 

कहाँ छेकिन्छ


आँखा बाटै निस्क्नछ

स्वास स्वास्मै मिसीन्छ

रातहरु झन लामो बनउछ

यो यौवन यस्तै हुुुन्छ


लागिरहोस लाग्ने रोग जस्तो

नमेटिन न अघाइन भोक जस्तो

चलचल चञ्चल हर अंग भइदिन्छ

यो यौवन यस्तै हुुन्छ





हो यस्तो पनि हुुन सक्छ

 नपत्याउने खोलाले

बगाउन पनि सक्छ

जति पिए पनी पानी

समुुन्द्र नअघाउन सक्छ

हो यस्तो पनि हुुन सक्छ



दुखले होइन सुुखले

पनि रुवाउन सक्छ

ढुुङ्गाले नै कहिलेकाही

डुुवाउन सकछ

हो यस्तो पनि हुुन सक्छ


अज्यालोले बाटो बिर्षेको हुन सक्छ

अन्धकार गन्तव्यमा पुुन सक्छ

पिजडा कहिले सम्म हो 

चरीले छिटै आकाश छुन सक्छ

हो यस्तो पनि हुुन सक्छ










मलमको खोजीमा हेर्दै रित्तो गोजीमा

 खाल्डा खुुल्डी

धुुवा    धुुलो

दैडिरहेछन 

बाल्न चुुलो

यस्तै छ जिबन


घाउहरु चोटभरी

बल्झीछन  घरीघरी

मलमको खोजीमा

हेर्दै रित्तो गोजीमा

यस्तै छ जिबन


भीड भाड

लुुट  पाट

जोगाउ सम्पति धन

बाच्छ बलियो मृत निर्धन

यस्तै छ जिबन





म फुुलको लागि लेख्न चाहान्थे

 म फुुलको लागि लेख्न चाहान्थे

तर फुलका शर्तहरु अनौठा थिए

फुुल चाहान्थयो म काडाँ पनि लेखुु

मलाई कोप्ने उसलाई जोगाउने

फुल मालीलाई पनि लेखिदेउ भन्थ्यो

मलाई माली लाई गाली गरु मात्र लाग्थ्यो

फुल चहान्थ्यो म सुुबास पनि लेखुु

लेखुु तर सुुबासलाई पहिला म देखुु त लेखुु

फुल पात लाई छुुटाउन चाहन्थ्यो

ति पातहरुमा कसैको ध्यान जान्नथ्यो

ज्वरो आयो जब जराको बारेमा पनि लेख्नु प¥र्यो

फुल यसै फुुल कहाँ हुुदो रहेछ 






उसलाई पिसीन मन लाग्यो

 जिन्दगीभर उ पिसिई नै रह्यो

भेलमा बगरमा अनि भान्छामा

मान्छे फेरिए भान्छे फेरिए

उ पिसिदै भयो खिइदै गयो

उसको चोट थियो सबैलाई स्वादिलो

जिब्रो पडकाउदै गरे उ पडकीदै गयो

घोट्दै गरे उ घोटिदै गयो

न पिरो भन्यो न नुुनिलो भन्यो

छाडिएको स्वाद सधै स्वादिलो भन्यो

समय बित्दै गयो उसलाई लुुकाउदै गए

उ लुुकिदै गयो


आज कुनामा मिल्की रह्यो

डाहा गरी रह्यो र हेरिरह्यो

मिस्चरलाई

कुुरिरह्यो दिन , उसलाई पिसीन मन लाग्यो

पालो कुुरिरह्यो

जाओस कुुनै दिन बत्ती प्रार्थना गरी रह्यो



मेरी आमा स्वार्थी थिइन्न

 जब रात निदाउथ्यो अनि बल्ल आमा निदाउथीन

हर बिहान घामलाई आमा नै उठाउथीन

मलाई मिठो चिया पिलाउथिन

घामलाई न्यानो दिनको आशा दिलाउथिन

सबैको ख्याल गर्थिन मेरी आमा स्वार्थी थिइन्न


बनका स्यउलाहरुलाई उकाली ओराली डुुलाउथिन

खोलाको पधेरीलाई बिहानी आमा पानी पिलाउथिन

मेलापाल घाँसदाउरामा गित सुनाउथिन

पटुुकामा मेरो लागि एकमुुठी माया लुुकाउथिन

मेरी आमा महान थिइन, सबैलाई बाडथिन


गाई भैसी बाख्रा उनी म सबैलाई कराउथिन

जब सबै कराउथ्यौ सबैलाई खाना खुुवाउथिन

आमाको व्यस्थता देखिन्थ्यो, जिम्मेवारी देखिन्थ्यो

तर थकानहरु भने सबै लुुकाउथिन

आमा कमजोर थिएन्न, आमा कठोर थिइन्न

म निदाउनुु अघि आमा भान्छामै हुुन्थीन

म उठ्नुु अघि आमा भान्छामै हुुन्थनि


तपाई यो के भन्दैहुुनुहुन्छ डाक्टर साब

अब आमा उठने छैनन्  ।





जिन्दगीमा पनि रप्फुु गर्नु छ

 च्यातिएका अर्दिएको फाटेको कपडा

अब फेरी नयाँ जस्तै त नहोला

रङ्ग पनि बिस्तारै हराउदै जाला

आउला नयाँ नयाँ डिजाइनहरु

जुन प्वाल थियो नि 

केही समयको लागि चुुपचाप भए

अचानक अदृश्य भए

फेरी उस्तै देखियो, कसम

दुुरुस्तै देखियो

अब जिन्दगीमा पनि रप्फुु गर्नु छ

 फाटेको मन भर्नु छुु  





तेजावी

 मुुस्कुुराउन ओठ मात्र होइन

ओठको रङ गुुुलाबी हुुनुु पर्ने रहेछ

नत्र त 

म मुुस्कुुराउदा अरुहरुको

मुस्कान किन अचानक रोकिन्छ


हेर्नको लागि मात्र होइन

आखाँका परेली पनि चाहिदो रहेछ

नत्र त

मेरो हेराईले किन

अरुहरुको हेराई नै फेरिन्छ


हात मिलाउन हात मात्रै अपुुग रहेछ

नत्र त 

किन मेरा हातहरु

मैसँग मात्र हात मिलाउछन


यहाँ बाटो  असुुरक्षित छन

नत्र त

म पनि गुुलाबी रहन्थे

तेजावी होइन


नत्र त 

आफैले आफैलाई ढाक्दा ढाक्दै

समाजपनि

ढाकछोप गर्न लागि पर्दै रहेछ





कहिले जित्ने आशामा दौडियो

 कहिले जित्ने आशामा दौडियो

त कहिले हार्ने डरमा दौडियो

कहिले सहरकालाई दौडियो

त कहिले रहरको लागि दौडियो

खानाको लागी त दौडियो

त कहिले पचाउन पनि दौीडयो


आमा बा राम्रोसँग बोलन नजान्दै

कलमले खरायो लेख्दै

गाईलाई ढोग्दै घोडाको पछि दौडियो

ए फर एप्पल वि फर बल भन्दै

क्याट म्याउ भन्दै डगको पछाडि दौडियो

कहिले जित्ने आशामा दौडियो 

त कहिले हार्ने डरमा दौडियो


नदेखीएका तर देखाईएका

ठुुला सपनाहरु बिशाल

ती सपनाका पछाडि

ननिदाई ननिदाई दौडियो

कहिले रहरकाका लागि दौडियो

त कहिले सहरका लागि दौडियो


कोसिस पनि ग¥र्यो घाटी

निचोडन आफना

कहिले सपनाहरु बचाउन दौडियो

खाली पैताला आफैलाई सताउन दौडियो


आज उसको दौडको अन्तय भएको छ

उस्ले जित्यो उसको पछि पछि मलामी दौीडयो





आजको भेट


 आजको भेटले पहिलेको भेटलाई भेट गरायो

आजको जस्तै थियो त्यो भेट पनि ।

यही पार्क अनि अचानक भेट

यही चौतारीमा बसेका कयौ घण्टा

यही रुख साची छ । 

मनका कथाहरु पोको यही त थियो फुुकालेका


आज पनि ठ्याक्कै त्यस्तै दिन छ

 उही बगैचा उही पार्क

त्यही अकस्मात भेटा

त्यही चौतारी मनका व्यथाहरु


उही दिन

उही चौतारी

अकस्मात यि समानताका

बिच असमान हाम्रो अन्तिम भेट


subash bhandari