Monday, July 18, 2022

उसलाई पिसीन मन लाग्यो

 जिन्दगीभर उ पिसिई नै रह्यो

भेलमा बगरमा अनि भान्छामा

मान्छे फेरिए भान्छे फेरिए

उ पिसिदै भयो खिइदै गयो

उसको चोट थियो सबैलाई स्वादिलो

जिब्रो पडकाउदै गरे उ पडकीदै गयो

घोट्दै गरे उ घोटिदै गयो

न पिरो भन्यो न नुुनिलो भन्यो

छाडिएको स्वाद सधै स्वादिलो भन्यो

समय बित्दै गयो उसलाई लुुकाउदै गए

उ लुुकिदै गयो


आज कुनामा मिल्की रह्यो

डाहा गरी रह्यो र हेरिरह्यो

मिस्चरलाई

कुुरिरह्यो दिन , उसलाई पिसीन मन लाग्यो

पालो कुुरिरह्यो

जाओस कुुनै दिन बत्ती प्रार्थना गरी रह्यो



No comments:

Post a Comment