Monday, July 25, 2022

लालुपाते तिम्रा ओठहरु सजाउँदा मख्ख छ

 फुुलबुुट्टे सारी तिमिले समाउदाँ मख्ख छ

गाजलु तिम्रो नयन वरपर रमाउँदा मख्ख छ


लाली निकै जिम्मेवारीका साथ टल्कीरहेछ,

लालुपाते तिम्रा ओठहरु सजाउँदा मख्ख छ


पाउजुको छिन छिन आज रोकिएकै छैन,

ति सुन्दर पाउँमा कसाउँदा मख्ख छ 


हार पनि हार गुहार गर्देथियो तिम्रो स्पर्शको

भाग्यले तिम्रो घाटीमा टपक्क हुन पाउदा मख्ख छ 


चन्द्रमा आज दिउसै खुलेको देखियो,

तिम्रो मुलायम शिरलाई छाँउदा मख्ख छ 




No comments:

Post a Comment