Monday, July 18, 2022

जलाई घर खरानी बेच्छन

 प्यास बेच्छन कोही यहाँ कोही पानी बेच्छन

बिक्री हुुन्छ र पो यहाँ आशुुको कहानी बेच्छन


रातभरी एक पटक पनि उसका भएन्न आखाँ बन्द,

बजारम उसैले मस्त पर्छ निन्द्रा भन्दै सिरानी बेच्छन


मन दरो गरी खल्ती भरी गरी निस्किए रातमा

थाहा पाएर आको हुु सुने यता कता जवानी बेच्छन


व्यापारीको लत पनि जुवाको लत भन्दा कम रैनछ,

चाहियो मात्र भन्नुहाोस बजारमा जलाई घर खरानी बेच्छन


जे छैन त्यसैको मोल हुुने रैछ बढि यहाँ

घिउ किन्नकै लागि कतिले ठेकी मदानी बेच्छन





No comments:

Post a Comment