जब रात निदाउथ्यो अनि बल्ल आमा निदाउथीन
हर बिहान घामलाई आमा नै उठाउथीन
मलाई मिठो चिया पिलाउथिन
घामलाई न्यानो दिनको आशा दिलाउथिन
सबैको ख्याल गर्थिन मेरी आमा स्वार्थी थिइन्न
बनका स्यउलाहरुलाई उकाली ओराली डुुलाउथिन
खोलाको पधेरीलाई बिहानी आमा पानी पिलाउथिन
मेलापाल घाँसदाउरामा गित सुनाउथिन
पटुुकामा मेरो लागि एकमुुठी माया लुुकाउथिन
मेरी आमा महान थिइन, सबैलाई बाडथिन
गाई भैसी बाख्रा उनी म सबैलाई कराउथिन
जब सबै कराउथ्यौ सबैलाई खाना खुुवाउथिन
आमाको व्यस्थता देखिन्थ्यो, जिम्मेवारी देखिन्थ्यो
तर थकानहरु भने सबै लुुकाउथिन
आमा कमजोर थिएन्न, आमा कठोर थिइन्न
म निदाउनुु अघि आमा भान्छामै हुुन्थीन
म उठ्नुु अघि आमा भान्छामै हुुन्थनि
तपाई यो के भन्दैहुुनुहुन्छ डाक्टर साब
अब आमा उठने छैनन् ।
No comments:
Post a Comment