छुट्टा छुट्टै भयो
तिम्रो मेरो छुट्टाई
यसरी पनि कोही छुटिन्छ
कोही हास्ँदै कोही रुदै
मेरो खुसी हासो तिमी तिरै छुटे
तिम्रो याद र साथ मसँग छुटे
यस्तो आधा छुट्याई कहाँ हुन्छ
अधुरो अनि अपुरो छुट्टाई
हिसाब नमिलेको छुट्टाई
निसाब नमिलेको छुट्टाई
छुट्टिने नै हो भने मलाई
म फिर्ता गरिदेउ
तिमी मिसीएको म बाट
तिमी पनि लैजाउ
No comments:
Post a Comment