कहिले जित्ने आशामा दौडियो
त कहिले हार्ने डरमा दौडियो
कहिले सहरकालाई दौडियो
त कहिले रहरको लागि दौडियो
खानाको लागी त दौडियो
त कहिले पचाउन पनि दौीडयो
आमा बा राम्रोसँग बोलन नजान्दै
कलमले खरायो लेख्दै
गाईलाई ढोग्दै घोडाको पछि दौडियो
ए फर एप्पल वि फर बल भन्दै
क्याट म्याउ भन्दै डगको पछाडि दौडियो
कहिले जित्ने आशामा दौडियो
त कहिले हार्ने डरमा दौडियो
नदेखीएका तर देखाईएका
ठुुला सपनाहरु बिशाल
ती सपनाका पछाडि
ननिदाई ननिदाई दौडियो
कहिले रहरकाका लागि दौडियो
त कहिले सहरका लागि दौडियो
कोसिस पनि ग¥र्यो घाटी
निचोडन आफना
कहिले सपनाहरु बचाउन दौडियो
खाली पैताला आफैलाई सताउन दौडियो
आज उसको दौडको अन्तय भएको छ
उस्ले जित्यो उसको पछि पछि मलामी दौीडयो
No comments:
Post a Comment