Monday, July 18, 2022

तेजावी

 मुुस्कुुराउन ओठ मात्र होइन

ओठको रङ गुुुलाबी हुुनुु पर्ने रहेछ

नत्र त 

म मुुस्कुुराउदा अरुहरुको

मुस्कान किन अचानक रोकिन्छ


हेर्नको लागि मात्र होइन

आखाँका परेली पनि चाहिदो रहेछ

नत्र त

मेरो हेराईले किन

अरुहरुको हेराई नै फेरिन्छ


हात मिलाउन हात मात्रै अपुुग रहेछ

नत्र त 

किन मेरा हातहरु

मैसँग मात्र हात मिलाउछन


यहाँ बाटो  असुुरक्षित छन

नत्र त

म पनि गुुलाबी रहन्थे

तेजावी होइन


नत्र त 

आफैले आफैलाई ढाक्दा ढाक्दै

समाजपनि

ढाकछोप गर्न लागि पर्दै रहेछ





No comments:

Post a Comment