Monday, July 25, 2022

मलाई पनि लास बन्नुछ

 मलाई पनि लास बन्नुछ

त्यो लाश जुन शान्त छ

सबैको प्यारो छ

मर्नु पर्छ मात्र त्यही अफठयारो छ

मलाई पनि लास बन्नु छ


न छ कोही बिउझाउने

मस्त निन्द्रामा

छन काधहरु उठाउने

लास व्यस्त निन्द्रामा

छैन रिस राग कतै

शत्रुकै पनि रसाउने आखा


आगो नबलेरै मरेपनि

सबै दाउरा लिएर आउने


मसँग रिसाएका मेरा दाजुभाई

मेरो लाससँग त बोल्लान नि

लास नबोले पनि





No comments:

Post a Comment